समाचार

बर्दिवासमा भूमाफियाको जगजगी

महोत्तरी। महोत्तरीको बर्दिवास नगर क्षेत्रमा सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासी जग्गा व्यवस्थित गर्न थालेसँगै भूमाफियाहरुको जगजगी बढेको छ । सरकारले बर्दिवास नगरपालिकासँगको सहकार्यमा वर्षौँदेखि पर्ति र ऐलानी जग्गामा घर बनाएर बसेका सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरेर जग्गाधनी प्रमाणपुर्जा दिने तयारी थालेसँगै यहाँ भूमाफियाको जगजगी ह्वात्तै बढेको हो । नगरका वडा बस्तीमा सुकुम्बासी र […]

बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

ललितपुर। नेपाल र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो । मल खरीदको जिम्मा पाएको कृषि सामग्री कम्पनीका अनुसार कोलकातामा ल्याइएको २२ हजार ५०० टन रासायनिक मलमध्येमा आज […]

पहिलोपटक चीनबाट युरिया मल आयात

ललितपुर। साल्ट ट्रेडिङ कर्पोरेसनले पहिलोपटक चीनबाट झिकाएको २० टन युरिया मल तातोपानी नाकाबाट आईतबार नेपाल भित्रिएको छ । सिल्क मार्केट प्रालिले ढुवानी गरी ल्याएको दुई कन्टेनरबाट ४०० बोरा अर्थात् २० टन युरिया मल भन्सार यार्डमा भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताए। नेपाल सरकारको अनुमतिबाट चीनबाट चार हजार मेट्रिकटन युरिया मल खरीद गर्न […]

झापालाई ‘चिया जोन’ घोषणा गर्न माग

झापा। नगदे बालीका रुपमा रहेको चियालाई प्रवद्र्धन गर्न झापालाई ‘चिया जोन’का रुपमा विकास गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय झापाले चिया सरोकार पक्षसँग आज आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले झापा चियाको राजधानी भएको हुँदा चिया जोन बनाउनका लागि बोर्डले सरकारसँग पहल गर्नुपर्ने धारणा व्यक्त […]

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

ललितपुर। पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । ठूलो पानी पर्ने सम्भावना भने नरहेको तथा मङ्गलबारदेखि मौसम […]

च्याउको बीउ बेचेर मासिक एक लाख आम्दानी

सर्लाही। यहाँका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गर्नुभएको छ वाग्मती नगरपालिका– १० का ध्रुवप्रसाद चौलागाईं वैदेशिक रोजगारबाट फर्केपछि च्याउको बीउ बेचेर मनग्य आम्दानी गर्नुभएको हो । पाँचपटक वैदेशिक रोजगारीमा गएर फर्किनुभएका वाग्मती नगरपालिका–१० शङ्करपुरका उहाँले कन्ने च्याउको बीउ बिक्रीबाट सम्पूर्ण खर्च कटाएर मासिक रु एक लाख आम्दानी गर्दै आएको जानकारी दिनुभयो । तीन […]

पहिला कुमालगाउँ, आजभोलि तरकारी नमूना गाउँ

दुल्लू। दैलेखको आठबीस नगरपालिका– ३ कुमालखाडीवासी तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै गएका छन् । गुजाराका लागि मात्र तरकारी फलाउँदै आएका किसान व्यावसायिक तरकारी खेती गर्न थालेपछि आत्मनिर्भर बनेका हुन् । तरकारी उत्पादन गर्नथालेपछि आम्दानीका साथै कुमालखाडा गाउँको नामसमेत बदिलएको स्थानीय बासिन्दा पवित्रा माझीले बताउनुभयो । “पहिला गाउँलाई कुमालगाउँ भन्थ्यौं, आजभोलि तरकारी नमूना गाउँ भनेर चिनिएको छ, […]

गलत औषधिले लाखौँ मूल्यको माछा म¥यो

सिरहा। एग्रोभेटले दिएको गलत औषधिका कारण पोखरीमा भएको लाखौँ मूल्यको माछा मरेको भन्दै माछापालक किसानले क्षतिपूर्ति माग गरेका छन् । सिरहाको मिर्चैया नगरपालिका–५ थानाचौकस्थित स्वस्तिका इन्टरप्राइजेजले दिएको गलत औषधिका कारण सिरहाकै कल्याणपुर नगरपालिका–१ बनिनियाँमा रहेको पोखरीको माछा मरेको भन्दै माछापालक किसान अमरप्रसाद यादवले क्षतिपूर्तिका लागि प्रहरीमा उजुरी दिएका छन् । फिस चुना लिन गएकामा इन्टरप्राइजेजका […]

सातै प्रदेशमा सञ्चालन हुने किसान सूचीकरण प्रणाली सुरु

ललितपुर। अनलाइन बाटै किसानको सूचिकरण गर्ने कार्य सुरु भएको छ । सनिबार एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीमार्फत् किसान आफैले वा गाउँ पालिका वा स्वयं सेवकले सूचिकरण गर्न सक्ने व्यवस्था गरिएको छ । सूचिकरण भएका किसानलाई […]

जागीरबाट अवकाश लिएपछि कागती खेतीतर्फ

तनहुँ। भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र तनहुँबाट पशु विकास अधिकृत पदबाट अवकाश लिएपछि रामबहादुर अधिकारी कागती खेती लगाउन थालेका छन् । जिल्लाको बन्दीपुर गाउँपालिका–१ बानियाटार निवासी अधिकारीले व्यावसायिकरुपमा सुन जातको कागती लगाएका हुन् । करीब ३० रोपनी क्षेत्रफलमा ४०० कागतीको बोट लगाइसकेको र ६०० बोट लगाउन ७० रोपनी क्षेत्रफलमा खाडल खन्ने काम भइरहेको उनले […]