समाचार

नेपालमा गैँडाको संख्या ७५२ पुग्यो, पाँच वर्षमा १०७ गैँडा बढे

ललितपुर। नेपालमा एक सिंगे गैँडाको सङ्ख्या ७५२ पुगेको छ। जसमध्ये चितवनमा मात्रै ६९४ गैँडा रहेका छन् । चैत ९ गते पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु गरिएको गैँडाको गणना चितवन राष्ट्रिय निकुञ्जमा सकिएपछि शनिवार नतिजा सार्वजनिक गरिएको हो। वन मन्त्रालयका सचिव विश्वनाथ ओली र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.दीपक खरालको उपस्थितिमा निकुञ्जले गैँडा गणनाको […]

दुई महिनादेखि पानीको हाहाकार

गण्डकी। “लामो समयको खडेरीले पँधेरामा पानी सुकेको छ, दुई महिनादेखि लिफ्टिङ पानीको मेसिनसमेत बिग्रिएपछि दैनिक घरमा अत्यावश्यक पानी कसरी पु¥याउने भन्ने चिन्ता छ”, पोखरा महानगरपालिका– ३३ बरमाझथरस्थित सलिना किराना पसलका सञ्चालक नरहरी पौडेलले भन्नुभयो । लामो समयदेखिको खडेरीले यतिखेर यहाँका स्थानीयवासी पानीको चरम समस्या झेल्दै आएका छन् । स्थानीयवासीको सक्रियतामा सञ्चालनमा ल्याइएको खुर्वादी हुडिकोट लिफ्टििङमार्फत […]

व्यावसायिक पशुपालनमा नराल दाजुभाई

तनहुँ। व्यास नगरपालिका–१३ स्थित पोखरीभञ्ज्याङ निवासी तरुण दल तनहुँका सचिव दयानिधि र पुस्तक व्यवसायी वीरेन्द्र नराल दुई दाजुभाई मिलेर व्यावसायिक पशुपालनमा लागेका छन् । नराल मल्टिपर्पोज प्रालीद्वारा सञ्चालित पशु तथा कृषि फार्म दर्ता गरेर गत साउन महीनादेखि पाडा, बाख्रा र लोकल कुखुरा पाल्न थालेका हुन् । विश्व नै आक्रान्त हुने गरी कोरोनाले लामो समय बेकामे […]

करेसाबारीमा प्रचण्ड (फोटो फिचर)

ललितपुर। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ करेसाबारीमा तरकारी रोपेका छन् । फुर्सदको समयमा करेसाबारीमा व्यस्त रहन मन पराउने प्रचण्डले शुक्रबार बिहान ‘सिजनल’ तरकारी रोपेका हुन् । फोटोहरु सबै सामाजिक संजाल फेसबुकबाट :

एकै वर्षमा पाँच किलोमिटर सिँचाइ कुलो निर्माण

बलेवा। जिल्लाको काठेखोला गाउँपालिका–७ रेशमा एकै वर्षमा पाँचवटा सिँचाइ आयोजना निर्माण भएका छन् । गण्डकी प्रदेश सरकार, काठेखोला र वडा कार्यालयले समेत बजेटको परिचालन गरेर पाँच किलोमिटर सिँचाइ कुलो निर्माण गरिएको हो । गत वर्ष शुरुआत भएका दुई आयोजना र चालु आर्थिक वर्षमा विनियोजन भएका तीन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । रेशको झण्डै […]

गैँडा गणना आज सकिने

चितवन। पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणना आज सकिने भएको छ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना थालिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार साँझसम्म गणना सम्पन्न गरेर शनिबार दिउँसो नतिजा सार्वजनिक गरिँदै छ । उनले भने, “ध्रुवे हात्तीले अवरोध […]

आलु बेचेरै २ लाख आम्दानी

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका– ६ ठाडाखानीकी हिमाली छन्त्यालले यो वर्ष आलु बिक्री गरेर मात्रै रु. दुई लाख कमाइन् । आलुको बीउ महँगो भएकाले थोरै किनेर हिउँदे आलु रोपेकी छन्त्यालले थोरै रोपे पनि आलुको राम्रो भाउ आएकाले उनलाई कुनै दुखेसो छैन । सधैँजस्तो आलु बेच्न बजार लानु पनि परेन । ग्राहकले घरमै आएर लगे । थोरै […]

ज्यामरुककोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित

गलेश्वर। म्याग्दीको ज्यामरुककोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित भएका छन् । अन्य बाली निर्वाहमुखीमात्र भएपछि बेनी नगरपालिका–२ ज्यामरुककोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । धान, मकै, गहुँलगायतका अन्नबाली उत्पादन हुने जग्गामा बेनी नगरपालिका– २ ज्यामरुककोटको खबरा र बगरफाँटका तीन दर्जन भन्दा बढी किसानले अन्नबाली हुने जमीन केरा र तरकारी उत्पादनमा उपयोग […]

सुध्रिएनन् मासु पसल : झिङ्गा भन्केको, मापदण्डविपरीत फोहर

भक्तपुर। भक्तपुरका अधिकांश मासु पसल झिङ्गा भन्केको, फोहर र मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । भक्तपुर नगरपालिकाले आज गरेको मासु पसल अनुगमनमा अधिकांश पसलमा झिङ्गा भन्किएका, फोहर र मापदण्डविपरीतका सञ्चालन भइरहेको पाइएको हो । भक्तपुर नगरपालिकाले यसअघि गरेको मासु पसल अनुगमनमा पनि यस्तै अवस्था देखिएको र पटक–पटक सुझाव दिँदा पनि अटेर गरेको भन्दै अनुगमन टोलीले […]

कृषि क्षेत्रबाटै मुलुक समृद्ध : मुख्यमन्त्री गुरुङ

लमजुङ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृषि क्षेत्रबाटै मुलुक समृद्ध हुने बताएका छन् । गृह जिल्ला लमजुङस्थित सुन्दरबजार नगरपालिका–४ दुराडाँडामा सञ्चालित तीन महिने तालीमको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले कृषि क्षेत्रबाटै मुलुक समृद्ध हुने र यसका लागि इजरायली प्रविधि विस्तार गर्न आवश्यक रहेकाले त्यसतर्फ प्रदेश सरकार लागेको बताए । इजरायली प्रविधिको प्रयोग गर्दै कृषिमा यान्त्रिकरण, […]