समाचार

हवाईजहाज यात्रुका लागि नेपाली दूध

ललितपुर। नेपाली एयरलाइन्सले स्वदेशमा नै उत्पादन भएको दूध तथा दुग्धजन्य पदार्थ–बटर, चीज, दहीलगायत उत्पादन उपयोग गर्ने भएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले नेपाल वायुसेवा निगमका महाप्रबन्धक रुद्रप्रसाद पौडेलसँगको छलफलपछि सो निर्णय गरिएको हो । नेपाल दुग्ध विकास संस्थानको कार्यक्रममा मन्त्री अर्यालले नेपाली किसानको हितलाई ध्यानमा राख्ने हो भने स्वदेशी उत्पादनको उपयोगको विकल्प […]

बायोचार: यसको उपयोगीता, बनाउने विधि तथा प्रयोग गर्ने तरिका

बायोचार अधिक मात्रामा कार्बन भएको अत्यधिक तापक्रम (४००–८०० डिग्री सेल्सियस) र अक्सिजन रहित अवस्थामा जलेर बनेको एक किसिमको अंगार हो । यसको प्रयोगले माटोको भौतिक, रासायनिक, जैविक तथा पर्यावरणीय सुधार गर्छ । उपयोगिता : बायोचार एक बहुउपयोगी पदार्थ हो । यसलाई धमिलो वा दूषित पानी प्रशोधन गर्न, कृषि भूमि उर्वर बनाउन, गाईवस्तु तथा कुखुरा बस्ने […]

राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा संकलनमा रोक

किमाथाङका। मकालु वरुण राष्ट्रिय निकुञ्जले बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनमा यस वर्ष रोक लगाएको छ । वर्षैपिच्छे संकलन गरिँदै आएको यार्सागुम्बा कोरोना भाइरस कोभिड–१९ को जोखिम बढेपछि संकलनमा रोक लगाइएको हो । कोरोना भाइरस जोमिख न्यूनीकरण तथा सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर रोक लगाइएको निकुञ्ज कार्यालय सङ्खुवासभाका प्रमुख रामदेव चौधरीले जानकारी दिए । निकुञ्जले विगत वर्षमा यार्सागुम्बा […]

एयरलाइन्समा नेपालमै उत्पादित दुग्धजन्य पदार्थ प्रयोग गर्ने व्यवस्था मिलाउन मन्त्री अर्यालको निर्देशन

ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले एअरलाइन्सहरुमा नेपालममै उत्पादिक बटर, चिज लगायतका दुग्धजन्य पदार्थ प्रयोग गर्ने व्यवस्था मालउन निर्देशन दिनुभएको छ । राष्ट्रिय दुग्ध संस्थानको बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । संस्थानका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा भएको बैठकमा बोल्दै मन्त्री अर्यालले नेपाल वायुसेवा निगमसँग छलफल गर्दा बटर, दही लगायतका दुग्धजन्य […]

सकियो गोदामको मौज्दात चामल

मार्तडी। कोरोना भाइरसको संक्रमण बढिरहेका बेला बाजुरा सदरमुकाममा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मौज्दात रहेको चामल सकिएको छ । महामारीको कहरमा निषेधाज्ञामा चामल बिक्रीदर दैनिकरुपमा बढ्दै गएपछि कम्पनीमा चामल सकिएको कम्पनीका पमुख मेघराज ओझाले बताए । कम्पनीमा रहेको चार हजार ८ सय क्विन्टल चामल बिक्री भइसकेको छ । निषेधाज्ञामा स्थानीयवासीले चामल बढी किनेर […]

निषेधाज्ञाका कारण कुखुरा व्यवसायी मारमा

ताप्लेजुङ। कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि भएको निषेधाज्ञाले यहाँका कुखुरा व्यवसायी मारमा परेका छन् । लामो समयदेखिको बन्दाबन्दीका कारण विक्रीका लागि तयारी अवस्थाका कुखुरा विक्री नहुँदा व्यवसायीलाई नोक्सानी भएको छ । बजार पसल बन्द भएसँगै कुखुराको व्यापार पनि ठप्पजस्तै बनेको छ । ‘कम्तीमा एक महीनादेखि तीन महीनासम्मका ७०० कुखुरा फार्ममा छन्, निषेधाज्ञा खुल्ने अत्तोपत्तो […]

जुम्लाका किसान ओखर खेतीमा आकर्षित

खलङ्गा। जुम्लाका किसान पछिल्लो समयमा ओखर खेतीप्रति आकर्षण बढ्दो छ । गाउँका स्थानीयवासी यतिबेला हूल बाँधेर हिमाली लेकमा मात्र पाउने अमूल्य जडीबुटी यार्सा टिप्ने चटारो भएको छ । यहाँको तातोपानी गाउँपालिका–७ का स्थानीयवासी सूर्य बुढालाई भने नर्सरीमा ग्राफ्टिङ गरिएका ओखर र स्याउको रेखदेख गर्न भ्याइनभ्याई छ । स्याउ र ओखर नर्सरी अहिले बुढाका लागि घरमै […]

निशेधाज्ञाको मारमा किसान

मकवानपुर। लकडाउन र निशेधाज्ञाको असर सबै क्षेत्रमा परिरहेको बेला यसको गम्भिर असर तरकारी उत्पादक किसानमा पनि परेको छ । जसका कारण यसबर्ष तरकारी उत्पादन राम्रो भएपनि विक्री भने ७० प्रतिशत घटेको किसानको गुनासो छ । लामो समयको मेहनत पश्चात उत्पादन गरेको तरकारी गत वर्ष जस्तो नष्ट गर्नु पर्ने अवस्थामा पुगेको भिम्फेदी -५ का किसान दिपक […]

दिगो कृषि : फाइदा र प्रकियाहरू

दिगो कृषि भनेको लामो समयसम्म मानिस र जमीनको स्वास्थ्यको लागि गरिने कृषि हो । यस अन्तर्गत वातावरण, स्वास्थ्य, मानव र पशुको कल्याण गर्ने खालका कृषि-प्रविधिहरूको प्रयोग गरेर खाद्यान्न र तरकारीको उत्पादन तथा पशुपालन पर्छ । दिगो कृषि प्रणाली प्रयोग गर्ने कृषकहरूले पौष्टिक खानाको लागि परिवार र समुदायको जरुरत पूरा गर्नुको साथै पानी, माटो र भविष्यको […]

हुँदा खाने र हुनेखानेबीचको खाडल बढाउँदै महामारी

ललितपुर। कोभिड–१९ को महामारीमा हुँदा खाने र हुनेखानेबीचको खाडल चुलिँदै गएको छ । निम्न वर्गले धेरै अभाव झेल्नु परेको छ भने हुनेखाने वर्गले महिनौंका लागि आवश्यक सामग्री सञ्चित गरेको छ । महामारीमा दैनिक ज्यालादारी गरेर खाने तथा समाजका तल्लो तहका वर्गले रोजगारी गुमाएका छन् । मजदुर, साना तथा खुद्रा व्यावसाय गर्ने, होटल रेष्टुराँमा काम गर्नेलाई […]