समाचार

चार डेरी उद्योगमाथि कारबाही

धादिङ। जिल्लाका चार डेरी उद्योगमा अनुगमन गरी कारवाही समेत गरिइएको छ । जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयले संयुक्तरुपमा आज विभिन्न चार डेरीको अनुगमन गरी कारबाही गर्दा रु. ४५ हजार राजस्व सङ्कलन समेत भएको छ । अनुगमन टोलीले पशुपति डेरीलाई रु. १० हजार, एन के डेरीलाई रु. १५ महांकाल डेरीलाई रु. १० हजार र खनाल […]

देशभर २७.१२ % धान रोपाइँ सम्पन्न

ललितपुर। धान रोपाईं हुने क्षेत्रफलमध्ये देशभर २७ प्रतिशतमा वर्षे धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार असार १५ गते सम्ममा देशभर २७ दशमलव १२ प्रतिशत क्षेत्रफलमा वर्षे धान रोपाइँ सम्पन्न भएको हो । सात प्रदेशमध्ये हालसम्म कर्णाली प्रदेशमा सबैभन्दा बढी धान रोपाइँ भएको केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले […]

राष्ट्रिय धान दिवस : मानो रोपेर मूरी उब्जाउने दिन

ललितपुर। आज असार १५ । विसं २०६१ को सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ । आज मुलुकभर नै रोपाइँ उत्सव गरेर दिवस मनाउने गरिन्छ । दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मनाउने चलन परम्परादेखिनै छ । धान मानिसको जन्म अघिदेखि […]

किबी झर्न थालेपछि कृषक चिन्तित

सोलुखुम्बु। हिमाली जिल्ला सोलुखुम्बुमा किबी खेतको राम्रो सम्भावना देखिएपछि केही वर्षयता अधिकांश कृषकको ध्यान यसतर्फ आकर्षित भएको छ । सरकारले दिने अनुदान तथा उत्पादनपछिको फाइदा बुझेपछि किबी खेतीमा लागेका कृषकलाई आजभोलि भने निरन्तरको वर्षाले चिन्तित बनाएको छ । वर्षात्का कारण बारीमा लगाएको किबी फल धमाधम झर्न थालेपछि कृषकहरु चिन्तित बनेका हुन् । भर्खर फल हुर्कदै […]

गोदावरी र पाँचखालमा ७०० गुर्जो रोपण

ललितपुर। गोदावरी नगरपालिकाको दशघरलगायत नगर क्षेत्रका विभिन्न स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने वनस्पति गुर्जोका ५०० बिरुवा रोपिएको छ । गोदावरी सरोकार समाजको नेतृत्वमा फुलचोकी आमा समूहलगायत संस्थाको सहभागितामा गुर्जो रोपिएको हो । ती स्थानमा तेजपात र कोइरालालगायतका औषधिजन्य वनस्पति पनि रोपिएको छ । देशव्यापीरूपमा गुर्जोका बिरुवा रोप्ने अभियानमा लागेका अभियानकर्मी कमलबहादुर […]

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’

ललितपुर। प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन्। यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ। खेतीपाती बाहेक अन्य […]

उत्पादनमा कमी आउँदा आँपको मूल्य आकाशियो

उदयपुर। उदयपुरको स्थानीय बजारमा आँपको मूल्य आकाशिएको छ । उत्पादनमा कमी आउँदा यो वर्ष उदयपुरमा आँप महँगिएको हो । बजारमा आँपको मूल्यमा वृद्धि भए पनि किसानले त्यसअनुसारको बजार मूल्य पाउन सकेको छैनन् । आँप दाना लागेको समयमा आएको पटक पटकको हावाहुरीले गर्दा आँप उत्पादनमा यसपटक कमी आएको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरले जानकारी दिएको छ […]

गाउँपालिकाद्वारा ९० जना किसानलाई बंगुरका पाठापाठी वितरण

कैलाली। कैलालीको जानकी गाउँपालिकाले ९० जना किसानलाई बंगुरका पाठापाठी वितरण गरेको छ । गाउँपालिकाले पालिकाभित्र व्यावसायिक रूपमा बंगुर पालन गरिरहेका किसानलाई ३७० ओटा पाठापाठी वितरण गरेको हो । बंगुरका साना व्यवसायी कृषि उत्पादन केन्द्र (पकेट विकास कार्यक्रम) अन्तर्गत गाउँपालिकाले कृषकलाई निःशुल्क बंगुरका पाठापाठी वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले व्यावसायिक बंगुरपालक किसानको आयआर्जनमा […]

कोभिडका कारण साङ्केतिक रूपमा धान दिवस तथा रोपाइँ महोत्सव मनाइने

ललितपुर। कोभिड–१९ सङ्क्रमणका कारण यही असार १५ गते मुलुकभर साङ्केतिक रूपमा १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाइने भएको छ । सकेसम्म सरकारी फार्म भित्रै सिमित गरेर दिवस मनाइने तयारी गरिएको छ । जिल्लास्तरका कार्यक्रमसमेत सरकारी फार्ममा मनाउन निर्देशन गरिएको कृषि विभागले जनाएको छ । ‘धान उत्पादनमा वृद्धि स् खाद्य सुरक्षा आत्मनिर्भरता […]

खेक्सी (Spine Gourd) खेती प्रविधि

“नेपालमा धेरै उत्पादन हुने र राम्रो बजार मुल्य भएको साथै स्वास्थ्यको लागि राम्रो तर धेरै मानिसहरुले यसको व्यावासायिक खेति नगरेको तरकारी मध्य Spine Gourd एक हो ।” Fig. Spine Gourd सामान्य हेरचाह र थोरै लगानीमा राम्रो उत्पादन गर्न सकिने, स्वास्थ्यको लागि धेरै फाइदाजनक, धेरै मानिसले रुचाउने एक बहुवर्षिय लहरा जाने तरकारी हो । यसको फललाई […]