समाचार

अब वनमा पनि फलफूल खेती

बागलुङ। मानव–वन्यजन्तु द्वन्द्व घटाउने र वनको बहुप्रयोग बढाउने उद्देश्यले यहाँका दुई सामुदायिक वनमा फलफूल रोपण गरिएको छ । डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा गलकोट नगरपालिका–७ मल्मस्थित लाम्दारा र काठेखोला गाउँपालिका–७ रेशको साँघुखोला रातोपहरा सामुदायिक वनमा फलफूल खेती शुरु गरिएको हो । फलफूल खेतीबाट वनको उत्पादकत्व र सौन्दर्य पनि बढ्ने विश्वास लिइएको छ । कार्यालयका वन […]

देशका केही स्थानमा भीषण वर्षाको सम्भावना, पहिरो र बाढीको जोखिम उच्च

ललितपुर। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भु-भागमा भीषण बर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। भीषण वर्षाका कारण ती प्रदेशको पहाडी भू-भागमा पहिरो र नदीनाला तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। मनसुनी वायुको […]

सल्यानमा रासायनिक मलको अभाव

सल्यान। सल्यानमा धमाधम रोपाइँ शुरु भइरहेका बेला रासायनिक मलको अभाव हुँदा किसान चिन्तित हुन थालेका छन् । धान र मकैमा मल हाल्ने बेला हुँदासमेत माग अनुसारको रासायनिक मल नपाउँदा समस्या भएको छत्रेश्वरी गाउपालिका–६ का किसान हेर्मलाल बोहराले बताए । अहिले चार पाँच जना किसानले एकबोरा मल बाँडेर लिनुपर्ने बाध्यता रहेको किसानले बताएका छन् । शारदा […]

सिस्नु मा सम्भावना खोज्ने की?

सिस्नु लाई अंग्रेजीमा common nettle / stinging nettle पनि भनिन्छ। Urticaceae परिवारमा पर्ने सिस्नुको वैज्ञानिक नाम Urtica dioica हो । झाडी समूहमा पर्ने सिस्नु बहुवर्षीय फूल फुल्ने बिरुवा हो। सिस्नु अहिले विश्वभरी नै पाइएता पनि युरोप एसिया र अफ्रिकाका केही ठाउँलाई सिस्नुको रैथाने ठाउँले पनि चिनिन्छ । विशेषगरी माथिल्लो तराई करिब ६०० देखि ७०० मिटर […]

४५ हजार मेट्रिकटन युरिया मल बंगलादेशबाट नेपाल आइपुग्यो

वीरगञ्ज। बंगलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो । जिटुजी सम्झौता अनुसार बंगलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये […]

देशका यी क्षेत्रमा हुँदैछ मेघगर्जन र चट्याङसहित भारी वर्षा

ललितपुर। देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा […]

अर्गानिक उत्पादनमा किसान जुट्दै

भोजपुर। भोजपुरका किसान अर्गानिक तरकारी उत्पादनमा लागेका छन् । विषादीरहित तरकारीको माग बढेसँगै कृषकले अर्गानिक तरकारी खेती गर्न थालेका हुन् । विषादीको प्रयोगले गर्भवती महिला, बालबालिकासँगै मानवीय स्वास्थ्यमा प्रतिकूल असर पार्ने स्वस्थ्यकर्मीले सुझाएपछि यहाँका किसान अर्गानिक तरकारी खेतीतर्फ उन्मुख भएका छन् । कृषि ज्ञान केन्द्र भोजपुरको आर्थिक तथा प्रविधिक सहयोगमा अरुण गाउँपालिकाका २१ परिवारले अर्गानिक […]

अघिल्लो वर्षभन्दा दोब्बर रोपाइँ

दुल्लु। अघिल्लो वर्ष असार १५ गतेसम्म न्यून रूपमा किसानले रोपाइँ गरेका भए पनि यस वर्ष दोब्बर रोपाइँ गरी भ्याएका छन् । दैलेखमा अधिकांश धानखेती गरिने जमीनमा सिँचाइको अभाव हुँदा गत वर्ष आकासेभरमा साउन अन्तिमसम्म रोपाइँ गर्नुपर्ने किसानलाई बाध्यता रहिआएको थियो । गत वर्ष दैलेखमा असार १५ गतेसम्म करीब ३५ प्रतिशतमात्र किसानले रोपाइँ गरे पनि यस […]

पाल्पामा ५० प्रतिशत रोपाइँ, हराउँदै रैथाने धान

तानसेन। पाल्पामा ५० प्रतिशत रोपाइँ सकिएको छ । कृषकको महत्वपूर्ण पर्वजस्तै मानिने असार १५ सम्म आइपुग्दा जिल्लाका फाँट क्षेत्रका खेतमा रोपाइँको चहलपहल बढेको छ । यस वर्ष मनसुन निकै छिटो भित्रिएको, मिनिट्रिलर, पावरट्रिलर, ट्र्याक्टरलगायतका यन्त्रका कारण तथा निषेधाज्ञाको समय शहर पसेका युवा गाउँमै हुँदा रोपाइँ छिटो भएको आकलन गरिएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव […]

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र इजरायली राजदूत गोडर धान खेतमा

पर्वत। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्मगाउँ पर्वतको मोदी गाउँपालिका–७ राम्जामा आज उनीसहित धान रोपाईँ भएको छ । राष्ट्रियसभाको अध्यक्ष भएपछि दुई दशकपछि तिमिल्सिनाले मल्काको आफ्नै खेतमा पुगेर हलो जोतेका छन् । असार १५ मा हिलोमा पस्नुपर्छ भन्ने नेपाली मान्यता छ । अध्यक्ष तिमिल्सिनाले हलो जोतिरहँदा इजरायली राजदूत हनान गोडर बाउसे बनेर साथ दिन पुगेका थिए […]