समाचार

अविरल वर्षाले बालीमा डेढ करोड क्षति

मनाङ। हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा निरन्तरको वर्षाले बालीमा डेढ करोडको क्षति पुर्‍याएको छ । गत जेठ ३१ गतेदेखि परेको वर्षाका कारण गाउँपालिकाको पाँच वटै वडाको बालीमा क्षति पुर्‍याएको हो । निरन्तरको वर्षाले बालीमा डेढ करोड रकम बराबरको क्षति पुर्‍याएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ लामाले बताए । उनले भने, ‘गत जेठ ३१ गतेदेखि परेको […]

सेतीका माछा जोगाउन जलचर समूह गठन

बझाङ। रैथाने माछा जोगाउन विभिन्न ठाउँमा जलचर समूह गठन गरिइएको छ । पानी परियोजनाले लकडाउनका समयमा स्थानीयवासीले जाल, पासा र करेन्ट छाडेर माछा मार्न थालेपछि यसलाई अन्त्य गर्न समूह गठन गरी जलचरलाई संरक्षण गर्ने थालिएको हो । तलकोट गाउँपालिका र जयपृथ्वी नगरपालिकाका ८ ओटा वडामा कार्यरत सो परियोजनाले पाँच समूह गठन गरी माछापालन व्यवसायका किसानलाई […]

देशभर मनसुनी वायुको प्रभावः केही क्षेत्रमा भारी वर्षाको सम्भावना

ललितपुर। देशभर हाल मनसुनी वायुको प्रभावले प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, […]

म्याग्दीमा एक वर्षमा ७ सय ६२ व्यावसायिक फर्म थपिए

म्याग्दी। जिल्लामा पछिल्लो एक वर्षमा ७ सय ६२ उद्योग र व्यावसायिक फर्म थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा ५ सय उद्योग र २ सय ६२ वटा वाणिज्य फर्म दर्ता भएका हुन् । विसं २०७७ साउनदेखि २०७८ असार अन्तिम हप्तासम्म दर्ता भएका उद्योग र वाणिज्य फर्मबाट २६ लाख आठ हजार १ सय २३ राजस्व […]

महालक्ष्मी नगरपालिकाले किसानलाई दियो २४ लाख

ललितपुर। महालक्ष्मी नगरपालिकाले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ अन्तर्गत यहाँका किसानलाई रु २२ लाख सहयोग गरेको छ । नगरपालिकालाई कृषिको माध्यमबाट अघि बढाउने योजनाबमोजिम आज महालक्ष्मीले सो मूल्य बराबरको रकम किसानलाई सहयोग गरेको हो । महालक्ष्मीलाई तरकारीका साथै पशुपालन व्यवसायमा आत्मनिर्भर बनाउँदै अघि बढ्न २१ कृषकलाई रु. २२ लाख मूल्य बराबरको चेक हस्तान्तरण गरिएको नगरपालिकाका प्रमुख […]

विपन्न वर्गका कृषकहरुलाई उन्नत जातको राँगा निशुल्क वितरण

मच्छी। प्यूठानको झिमरुक गाउँपालिकाले गरिबीको समस्याबाट प्रभावित कृषक दलित पिछडिएको समुदाय तथा सुरक्षित बसोबास नभएको कृषक परिवारलाई उन्नत जातको राँगा वितरण गरेको छ । गरीब घरपरिवारको आर्थिक अबस्ता सुधार गर्न पालिकालाई दूधमा आत्मनिर्भर बनाउन भैंसी पालनमाथप सहयोग होस् भनी उन्नत जातका राँगा वितरण गरिएको पालिकाले जनाएको छ। पालिकाले किसानलाई उन्नत जातको राँगा निशुल्क अनुदानमा वितरण […]

देखिएनन् खेतमा हलो–जुवा र गोरु, सुनिएन कतै असारे गीत

गलेश्वर। असारको तेस्रो साता बितिसकेको छ । मानो खाएर मुरी उब्जाउने महिनाका रूपमा लिइने असारको शुरुआतदेखि नै किसान रोपाइँमा व्यस्त छन् । दर्के झरी र चर्को घामको पर्वाह नगरी म्याग्दीका ग्रामीण क्षेत्रमा किसानले रोपाइँ गरिरहेका छन् । कोरोना महामारी रोक्न गरिएको निषेधाज्ञाले किसानलाई छोएको छैन । रोगले भन्दा भोक मरिएला भन्दै मानो रोपेर मुरी उब्जाउने […]

मेसिनबाट धान रोपाइ

पर्सा । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना एकाइ कार्यालय वीरगञ्जले चक्लाबन्दी पकेट ब्लक जोन अन्तर्गत पश्चिमी पर्साको झुिलटारमा मेसिनद्वारा धान रोप्ने कार्यक्रम सम्पन्न गरेको छ । पर्सागढी नगरपालिका वडा नं ३ झुलिटार गाउँमा मेसिनबाट धान कसरी रोप्ने बारेमा सो प्रदर्शनी गरिएको थियो । स्थानीय सुनखरी कृषि सहकारी संस्थाको आयोजना, परियोजना एकाइ कार्यालय वीरगञ्जको सहयोग र कृषि […]

७४ हजार खसीबाख्रालाई पिपिआरको खोप

वीरगञ्ज। खसीबाख्रामा लाग्ने पिपिआर रोगबाट सुरक्षित राख्न पर्साका १४ स्थानीय तहमा ७४ हजार खसीबाख्रामा खोप लगाइएको छ । आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रमअनुसार सो रोगविरुद्धको खोप लगाइएको कार्यालयका निमित्त प्रमुख वीरबहादुर श्रेष्ठले बताए । उनले जनकपुर प्रयोगशालाबाट एक लाख ५० हजार डोज खोप मागेकामा ७४ हजार खोप डोज मात्र पठाइएको बताए । महामारीका रुपमा रहेको […]

बाँझो जमीन उपभोग गर्नेलाई अनुदान

चितवन। जिल्लामा रहेको बाँझो जमीन उपभोग गर्नेलाई अनुदान दिइने भएको छ । यहाँ रहेका दुई संस्था र एक जना व्यक्तिलाई बाँझो जमीन उपभोग गरेबापत अनुदान रकम उपलब्ध गराउन लागिएको हो । माडी नगरपालिकामा रहेका बेरोजगार दलित युवा समूह, माडीकै खेतीपाती कृषक समूह र खैरहनी नगरपालिकाका भोजराज खनालले बाँझो खेत उपयोग गरेबापत अनुदान पाउने भएका हुन् […]