समाचार

किसान सुलभ कर्जा अनुदानबाट बञ्चित

रुकुमपूर्व। रुकुमपूर्वका किसान प्रक्रिया पु¥याउन नसक्दा प्रदेश सरकारले व्यवस्था गरेको सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमबाट बञ्चित हुन पुगेका छन् । कृषकलाई प्रोत्साहन गर्नका लागि प्रदेश सरकारले यो कार्यक्रम सुरुआत गरे पनि जिल्लाका कृषकले त्यसको लाभ लिन सकेका छैनन् । प्रदेश सरकारले किसान र बैंकबीच पुलको काम गरिदिने भन्दै कृषिका कर्मचारीले किसानको बारी र […]

साढे १३ वर्षमा २८९ गैँडा मरे

रत्ननगर। चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो साढे १३ वर्षको अवधिमा २८९ वटा गैँडा मरेका छन् । मरेका गैँडामध्ये धेरै कालगतिले मरेका छन् भने केही गैँडा चोरी शिकारीका कारण, केही गैँडा जुधेर तथा केही गैँडा बाढी र बाघको आक्रमणबाट मरेका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सू्चना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले […]

९० प्रतिशतले घट्यो मह उत्पादन, कृषक चिन्तित

जाजरकोट। भारी मात्रामा मह उत्पादन गिरावट आएपछि यहाँका मौरीपालक कृषक घाटामा गएका छन् । अघिल्लो वर्षभन्दा यस वर्ष ९० प्रतिशत मह उत्पादनमा गिरावट आएपछि कृषक निराश भएका हुन् । नलगाड नगरपालिका–१ कल्पतका हरिबहादुर बुढाले गत वर्ष ८७५ किलोग्राम मह बिक्रीबाट रु पाँच लाख बढी आम्दानी गरेका थिए । तर यसपालि मह उत्पादन नभएपछि उनी निराश […]

सुन्तलामा रोग लागेपछि, उत्पादन घट्यो

लमजुङ। लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा पकेट क्षेत्रमा सूचिकृत स्याउत गाउँमा केही वर्षदेखि बोट मात्रै बाँकी रहन थालेकोे छ । सुन्तला बिक्रीबाट मात्रै वार्षिक रू पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएका बेँसीशहर नगरपालिका– ११ साविक चिती–२ स्याउत गाउँका रमेशराज पन्तको सुन्तला बचैँचाबाट विगतमा वार्षिक रु. चार लाखभन्दा बढी आम्दानी हुन्थ्यो […]

डिजिटल कृषि परामर्श सेवा केन्द्र सञ्चालन

पाल्पा। तानसेन नगरपालिकाले ‘डिजिटल कृषि परामर्श सेवा केन्द्र‘ (इ चौतारी) सञ्चालनमा ल्याएको छ । सो केन्द्रले ग्रामीण आर्थिक विकास सङ्घ पाल्पा र जीइ किसानको सहयोगमा किसानलाई पशु तथा कृषि क्षेत्रमा उत्पादन, बजारीकरण तथा बीउबिजनसम्बन्धी सेवा पुर्याउने जनाइएको छ । पहिलो चरणमा तानसेन –६ मा सो सेवा दिइएको छ । यसबाट कृषि तथा पशुपालनका क्षेत्रमा उत्पादन […]

आलुको बीउ बिक्री नहुँदा किसान मर्कामा

मङ्गलबारे। इलामका लेकाली क्षेत्रका किसानको प्रमुख आयस्रोतको रुपमा रहेको आलुको बीउ बिक्री नहुँदा किसान मर्कामा परेका छन् । माथिल्लो क्षेत्रमा उत्पादित आलुको बीउ राम्रो र धेरै फल्ने भएकाले जिल्ला तथा जिल्ला बाहिरका किसानले खरिद नगरेपछि किसान मर्कामा परेका हुन् । आलु बीउको मूल्य अत्यन्त महँगो भएपछि यहाँका स्थानीय बजारमा पसलैपिच्छे फरक फरक मूल्य भएका कारण […]

व्यास नगरपालिकाले प्रथम तनहुँ कृषि तथा पशुपन्छी मेलाको आयोजना गर्ने

तनहुँ। उत्पादक र उपभोक्ताबीच सीधा सम्पर्क गराउने र उत्पादनको अवस्थाबारे जानकारी दिन तनहुँको सदरमुकाम दमौलीमा प्रथम तनहुँ कृषि तथा पशुपन्छी मेला हुने भएको छ । व्यास नगरपालिकाको आयोजना, कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बीउ व्यवसायी सङ्घको सहकार्यमा पुस ३० गतेदेखि माघ २ गतेसम्म कृषि तथा पशुपन्छी मेला हुन लागेको हो […]

रित्तिए हुम्लाका खाद्य डिपो, बजारको महँगो चामल खरीद गर्न बाध्य स्थानीय

हुम्ला। खाद्यान्न आपूर्तिमा ढिलाइ हुँदा हुम्लाका खाद्य डिपोहरू रित्तिएका छन् । हुम्लाको सर्केगार्ड, श्रीनगर, ताजाकोट चंगेली, याङचु र याल्वाङमा पनि चामल छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेका ग्रामीण क्षेत्रका खाद्य डिपोहरूमा चामल नहुँदा स्थानीयवासीलाई महँगोमा चामल किन्नुपर्ने बाध्यता भएको छ । गाउँका खाद्य डिपो खाली भएपछि बजारको महँगो चामल खरीद गरी उपभोग गर्नुपरेको स्थानीयवासीको […]

चिनी उद्योग गाउँमै खुलेपछि उखु किसान तनाव मुक्त

महेन्द्रनगर। एक दशकअघिसम्म भारतीय व्यापारीलाई उखु बिक्री गरे पनि रकम नपाएको पीडा सहेकी कञ्चनपुरको बेलौरी नगरपालिका–७ की उर्मिला चौधरी हिजोआज भने त्यो तनावबाट मुक्त छन् । “पन्ध्र कट्ठामा लगाएको उखु सीमावर्ती भारतीय बजारका व्यापारीलाई बिक्री गरेँ, तर एक रुपैयाँ पनि नदिएर व्यापारी सम्पर्कविहीन बने”, चौधरीले भनिन्, “विगतकोभन्दा यहाँका उखु किसान अहिले ढुक्क भएर मुनाफा आर्जन […]

खाँटी कृषकले पाउँदैनन् अनुदान, कागज मिलाउने मालामाल !

ललितपुर।  संसदीय समितिमा खाँटी किसानले होइन, कागज मिलाउने टाठाबाठाले मात्र लाभ प्राप्त गरिरहेको भनी ‘कृषि अनुदान’ मा पुनर्विचार गर्न पर्ने आवाज उठेको छ । कृषकको नाममा व्यक्ति विशेषलाई लाभ दिने नियतले राज्यको ढुकुटीबाट दिइँदै आएको अनुदान स्थगित गर्न सांसदले सुझाव दिएका छन् । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको शुक्रबारको बैठकमा समिति सदस्य हरिराम चौधरीले […]