समाचार

‘सक्कल एग्रो एण्ड सीड ट्रेडर्स’ को नयाँ शाखा लगनखेलमा

ललितपुर। ललितपुरको लगनखेलमा ‘सक्कल एग्रो एण्ड सीड ट्रेडर्स’ले नयाँ शाखा विस्तार गरेको छ । वरिष्ठ कृषि वैज्ञानिक डा. केदार बुढाथोकीले मंगलबार उक्त शाखाको उद्घाटन गरेका हुन्। सबै कृषि सामाग्री एकै ठाउँमा उपलब्ध गराउने उदेश्यले शाखा विस्तार गरिएको संचालक सक्कल थापाले बताए । नख्खुबाट किसानलाई परामर्श र कृषि सामग्री उपलब्ध गराउँदैं आएको सक्कल एग्रो एण्ड सीड […]

जडीबुटी खेतीतर्फ म्याग्देली किसानको आकर्षण बढ्दै

गलेश्वर। म्याग्दीमा पछिल्लो समय जडीबुटी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । किसानले व्यावसायिकरुपमा जडीबुटी खेती थालेका हुन् । जिल्लाका विभिन्न ठाउँमा जडीबुटी खेती विस्तार गर्ने क्रम बढ्दै गएको छ । धवलागिरि गाउँपालिका–१ गुर्जामा हिमाली कृषि सहकारीअन्तर्गत रहेको कृषक समूहले सामूहिक रुपमा जडीबुटी खेती थालेको छ । उक्त समूहले गत वर्षदेखि नै जडीबुटी खेतीको शुरुआत […]

कृषक प्रोत्साहन अनुदान कार्यक्रम सुरु

मकवानपुर। मकवानपुरगढी गाउँपालिकाले कृषि विकास कार्यक्रम अन्तर्गत तरकारी तथा फलफूल बजारीकरण गर्न ‘ कृषक प्रोत्साहन अनुदान कार्यक्रम’ सुरुआत गरेको छ । गाउँपालिकाले गाँफपालिकास्थित सहकारीमार्फत बजारीकरणको सुरु गरेको हो । गाउँपालिका अध्यक्ष विदुर हुँमागाईंले किसानबाट सङ्कलित गोलभेँडा खरिद गरी सो कार्यको शुभारम्भ गरे । अनुदानले स्थानीय किसानको कुषि उपज बजारिकरणमा सहजता हुने उनको भनाइ छ । […]

कृषि विकास बैंकद्वारा किसानलाई क्रेडिट कार्ड वितरण

लुम्बिनी। कृषि विकास बैंक लिमिटेड शाखा भैरहवाले किसानका लागि क्रेडिट कार्ड-एप्स तथा एमपिओस वितरण गरेको छ । बैंकले सोमबार एक कार्यक्रम आयोजना गरी ४६ किसानलाई कार्ड वितरण गरेको हो । बैंकले जिल्लाको मायादेवी गाउँपालिका–६ स्थित बेलामाई सहकारी संस्था लिमिटेडका सदस्य किसानलाई एमपिओस वितरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एउटै क्रेडिट कार्डमार्फत […]

व्यावसायिक बाख्रापालनमा तानसेनका महिला

पाल्पा। तानसेन नगरपालिकाभित्रका विपन्न महिला व्यावसायिक बाख्रापालनप्रति आकर्षित भएका छन् । यसका लागि नगरपालिका, हेफर परियोजना, ग्रामीण आर्थिक विकास संघले कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तर्गत खोर व्यवस्थापन, प्राविधिक सहयोग र अनुदान प्रदान गरिएको छ । महिलालाई समूहमा आबद्ध गरी दुईदेखि पाँचसम्म बाख्रा उपहारस्वरुप वितरण गरिएको छ । तानसेन–५ अर्चलेका कविता गैरे रावलले बाख्रापालन […]

मकै पाक्ने याम शुरु, भालु भगाउन रातभर जाग्राम

खलङ्गा। मकै पाक्ने याम सुरु भएसँगै जुम्लाका किसान यतिबेला भालु भगाउन रातभर जाग्राम बस्न थालेका छन् । बारीमा लगाएको मकैबाली जोगाउन रातभर जाग्राम बस्ने गरेका हुन् । यहाँको तिला गाउँपालिकाका किसान बारीमा पाक्न लागेको मकै सुरक्षित गर्न रातभर बारीमै जाग्राम बस्ने गरेको बताउँछन् । सो गाउँपालिका–६ का स्थानीयवासी नरिमान रावतले भने, “भालुले मकै सखाप पार्न […]

उखु किसानले अझै पाएनन् अनुदान

सर्लाही। सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष विक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् । सरकारले गत वर्ष उखुको मूल्य निर्धारण गर्दा उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो । उद्योगीबाट समयमै भुक्तानी नपाएर हैरान भएका जिल्लाका उखु उत्पादक किसानलाई सरकारले समेत अनुदान रकम भुक्तानीमा आलटाल गरिरहेको […]

सङ्कटमा ठेकी बनाउने व्यवसाय

बलेवा। कोरोना महामारीको त्रास नहुँदो हो त बागलुङ नगरपालिका–१२ अमलाचौरका पूर्णबहादुर चुँदार यति बेला गिठेदारको ठेकी बनाउँदै गरेका अवस्थामा हुनुहुन्थ्योे । बाउबाजेले सिकाएको पुख्र्यौली ठेका बनाउने कलामा उहाँ अब्बल हुनुहुन्छ । उहाँजस्तै गाउँकै टेकबहादुर चुँदार पनि ठेकीको व्यवसाय गर्नुहुन्थ्यो तर दुई वर्ष भयो न उहाँहरुले नयाँ ठेकी बनाउन पाउनुभएको छ न व्यापारका लागि घुम्नडुल्न नै […]

सहुलियत मूल्य पसल सञ्चालन

ललितपुर। सरकारले दशैँ, तिहार र छठ पर्वको अवसरमा सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तुमा सहुलियत दिन आजदेखि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । मुलुकका ३९ जिल्लाका ४३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार चामल, क्वाटी, दाल, फापर र पिठोमा प्रतिकिलो रु पाँच, भटमासको तेलमा प्रतिलिटर रु १० तथा […]

दूध बेचेरै किसानले कमाए पाँच करोड

गलकोट। सहकारीमार्फत दूधको बजारीकरण गरी बागलुङका दुई पालिकाका किसानले एक वर्षमा रु पाँच करोड रकम भित्र्याएका छन् । बागलुङ नगरपलिका र काठेखोला गाउँपालिकाका १४ दुग्ध सहकारीमा आवद्ध किसानले आर्थिक वर्ष २०७७/७८ मा दूध बिक्री गरेर रु पाँच करोड १२ लाख २७ हजार आम्दानी गर्न सफल भएका छन् । सहकारीमार्फत सङ्कलन, प्रशोधन र बजारीकरण गर्दा यहाँका […]