मल खरिदमा भ्रष्टाचार : एक अर्बको बिगोसहित १० जनाविरुद्ध मुद्दा
ललितपुर। रासायनिक मल किन्दा भ्रष्टाचार गरेको आरोपमा कृषि सामाग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित कम्पनीकै विष्णुप्रसाद पोखरेल, दुर्गाप्रसाद पाण्डे र पुष्कर दीप बुढाविरुद्ध एक अर्ब त्रिपन्न लाख बाइस हजार चार सय रुपैयाँको बिगो जरिबाना र हदैसम्मको कैद […]





