समाचार

कृषि सहकारीको ८० लाख बढी रकम लिएर अध्यक्ष खनाल बेपत्ता

दमक। झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ । दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको रु ८० लाख बढी ऋण रकम लिएर फरार हुनुभएको खुलासा बाहिरिएको हो । उनी गत मङ्सिर २९ […]

चितवनमा यसवर्ष आलुको उत्पादन घट्ने

चितवन। चितवनमा यसवर्ष आलुको उत्पादन घट्ने भएको छ । बेमौसममा परेको पानीका कारण आलु उत्पादनमा कमी आउने कृषि ज्ञानकेन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनका अनुसार जिल्लाको एक हजार ९५९ हेक्टर क्षेत्रफलमा आलु लगाइएकामा ३५ हजार ७३२ मेट्रिकटन आलु उत्पादन हुने अनुमान गरिएको छ । गतवर्ष सोही क्षेत्रफलको जमिनमा ३७ हजार ६१३ मेट्रिकटन […]

हिमपातले कलमी गरेका लाखौं सुन्तलाका बिरुवा नष्ट

जाजरकोट। लगातार दुई दिनसम्म परेको भारी हिमपातले यहाँ कलमी गरेका लाखौं सुन्तलाका बिरुवा नष्ट गरेको छ । प्लाष्टिक टनेलभित्र ग्राफटिङ गरिएका लाखौं सुन्तला, ओखर, कागतीलगायत बिभिन्न जातका बिरुवा भारी हिमपातले थचारिएर नष्ट गरेको हो । दुई दिनसम्म परेको भारी हिमपातले कुशे गाउँपालिका–५ दम्दालामा रहेका व्यावसायिक फलफूल नर्सरीमा लाखौं सुन्तलाका बिरुवा नष्ट भएको जेवी कृषि फार्म […]

शून्य लागतमा पशुधन बिमा, ४० लाख रूपैयाँ विनियोजन

तनहुँ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले किसानको शून्य लागतमा पशुधन बिमा गरिदिएको छ । सङ्घीय सरकारले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत रकम ब्यहोर्ने गरी पशुधनको बिमा गरिएको हो । पशु बिमाको प्रिमियमका लागि ४० लाख रूपैयाँ विनियोजन गरिएको सो कार्यालयले जनाएको छ । व्यावसायिक रुपमा पशु फार्म सञ्चालन गरेका किसानको २ […]

रसुवाको चिलिमेमा अवस्थित तातोपानी मूल सुक्यो

रसुवा। उत्तरी रसुवाको चिलिमेस्थित गोङ्गाङ माथिको तातोपानी मूल पुनः सुकेको छ । गानुगोला, टाउको दुख्ने, शरीर चिलाउने र दमजस्ता रोगको समस्या भएका व्यक्तिले औषधिका रूपमा प्रयोग गर्दै आएको पानीमूल सुकेपछि नुहाउन तथा लामो समय डुबेर बस्ने आधारविहीन भएको हो । विसं २०७२ को भूकम्पसँगै विलय भएको तातोपानीको मूल पाँच वर्षपछि गत भदौमा यथास्थानमै फर्किए पनि […]

म्याग्दीको ५१ पशुपंक्षी फार्मलाई अनुदान

म्याग्दी। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७८/७९ मा तीन वटा कार्यक्रम मार्फत ५१ वटा पशुपंक्षी फार्मलाई अनुदान उपलब्ध गराउने भएको छ । साना पशुपंक्षी तथा मत्स्य व्यवसाय फार्म विस्तार तथा स्थापना गर्न ४०, नयाँ मत्स्य पोखरी निर्माणका लागि ७ र माछा मासु तथा डेरी पसल निर्माण सुधारका लागि चार […]

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

ललितपुर। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी […]

पाडीबाच्छी हुर्काउने किसानलाई अनुदान

तनहुँ। पशुपालनलाई व्यवसायीकरणतर्फ उन्मुख बनाउनका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले किसानलाई प्रेरित गर्ने कार्यक्रम अघि सारेको छ । तनहुँलाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाई गाईभैंसीको आयात प्रतिस्थापन गर्ने उद्देश्यसहित केन्द्रले पाडीबाच्छी हुर्काउने किसानलाई प्रेरित गर्ने कार्यक्रम अघि सारेको हो । “यो कार्यक्रमअन्तर्गत एक वर्षदेखि दुई वर्षसम्मको पाडीबाच्छी हुर्काए वापत किसानलाई रु. १० […]

प्रतिकूल मौसमका कारण मह उत्पादनमा कमी

देउखुरी। दाङमा यस वर्ष मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको बताइएको छ । गत वर्षको तुलनामा यो वर्ष एक सय ६० टन मह उत्पादनमा कमी आएको माहुरी जोन परियोजना दाङले […]

केरामा खपटे र आलुमा ढडुवा रोग देखियो

गलेश्वर। म्याग्दीमा गरिएको व्यावसायिक केरा र आलुखेतीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । केरामा खपटे घुन र गवाँरो रोगको प्रकोपका कारण बोट र पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ भने आलुमा ढडुवा रोगका कारण बोट सुक्न थालेका छन् । जिल्लाको बेनी नगरपालिका– २ बगरफाँट,खबराका साथै मङ्गला र रघुगङ्गा गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको […]