समाचार

संकटमा पोल्ट्री व्यवसाय : व्यवसायी भन्छन् ‘हाम्रा कुरा कसैले सुनेन’

चितवन। सानो खोर बनाएर पोल्ट्री व्यवसाय गर्ने साना किसान यो व्यवसायबाट विस्थापित भएका छन् । ठूलो लगानी गरेका व्यवसायी पनि बैंकको ऋणको भरमा छन् । उनीहरुलाई बैंकको किस्ता र ब्याज कसरी तिर्ने भन्ने पीर छ । बैंकको ऋण टिकाउनैका लागि कतिपयले कुखुरा पालिरहेका छन् । उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार नेपालमा अण्डा पार्ने […]

बाँझिएको जग्गामा टिमुर खेती

बलेवा। सुन्दर डोहेरी सुनसान छ । कान्छो धौलागिरिको काखमा रहेको सुन्दर डोहेरी गाउँमा अहिले मानिसको आवाजभन्दा चर्को चरीको चिरीबिरी सुन्न पाइन्छ । वन्यजन्तु र पन्छीले विस्तारै गाउँको माझसम्मै बासस्थानको विस्तार गर्दैछन् । काठेखोला गाउँपालिका–२ भीमापोखराको उच्च भागमा रहेको डोहेरी गाउँमा केही वर्षअघिसम्म खचाखच घर थिए । पाखो बारीमा सुनसरी आलु र भाँगोको खेती थियो । […]

बाख्राको दूधबाट बनेको चिजको माग उच्च

तनहुँ। राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरबाट उत्पादित बाख्राको चिज पर्यटकीय नगरी पोखरा र बन्दीपुरमा बिक्री हुँदै आएको छ । बाख्राको गुणस्तर वृद्धिको क्षेत्रमा अनुसन्धान गर्दै आएको कार्यक्रमले दूधको लागि प्रसिद्ध सानेन प्रजातिको बाख्राबाट चिज उत्पादन गर्दै आएको छ । पाँच वर्ष पहिले अमेरिकाबाट आउनुभएका डेरिगोट एसोसिएसनका अध्यक्ष डेनियल लेनिले बाख्रा फार्ममै तीन महिना बसेर दूधबाट […]

बरालको मौरीपालन : आफ्ना लागि आम्दानी, अरुका लागि प्रेरणा

गण्डकी। जीवनको साढे दुुई दशक मौरीपालन व्यवसायमा खर्चिनुभएका पोखरा महानगरपालिका–३३ बागमारामा किसान श्रीभद्र बराल यतिखेर अरुका लागि प्रेरणाको स्रोत बन्नुुभएको छ । लामो समयको मौरीपालन अनुभवले खारिनुभएका उहाँ मौरीपालनबाट राम्रो  आम्दानीसँगै अहिले विभिन्न ठाउँमा पुगेर तालिम  दिन थाल्नुभएको छ । साकुुरा एपियारी फार्मका सञ्चालक बराललाई यतिबेला पोखरा आसपासका क्षेत्रमा मौरीपालन तालिम दिन भ्याइनभ्याइ छ । […]

एउटै गाउँबाट झण्डै पाँच करोडको बीउ, तरकारी र दूध निर्यात

वालिङ।  स्याङ्जाको एउटै गाउँमा बीउ, तरकारी तथा दूध बिक्रीबाट वार्षिक झण्डै रु. पाँच करोड भित्रिने गरेको छ । गल्याङ नगरपालिका–११ जिमुहामा प्रमाणित तथा उन्नत किसिमका धान, मकै, गहुँ तथा आलुको बीउ, मौसमी तथा बेमौसमी तरकारी र दूध बिक्रीबाट वार्षिक अनुमानित चार करोड ६९ लाख ५० हजार भित्रिने गरेको आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था (आक्वा) का […]

भेडाच्याङ्ग्रा बेच्न जुम्लाबाट हिँडेर १७ दिनमा बेनी

म्याग्दी। कर्णाली प्रदेशको जुम्लाका कृषक भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन् । जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली दुई सय ७० भेडाच्याङ्ग्रा हिँडाएर १७औँ दिनमा आज म्याग्दीको सदरमुकाम बेनी आइपुगेको हो । “हामीले गाउँमा पालेकाबाहेक बझाङ र बाजुराबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार खोज्दै बेनी आइपुगेका हौँ”, उहँले भन्नुभयो, […]

गोरुको विकल्प बन्दै ‘मिनी टिलर’

टक्सार। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पका रुपमा मिनी टिलरको प्रयोग गर्न थालिएको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको व्यापरी बाजिम मगरले बताउनुभयो । “पहाडी जिल्लामासमेत कृषिमा आधुनिकीकरण भित्रिएपछि खेतीका लागि आधुनिक कृषि उपकरण तथा औजारको माग बढेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय मुलुकमा खेतीपाती गर्ने प्रणालीमा परिवर्तन हुन थालेसँगै आधुनिक कृषि […]

किवी खेतीतर्फ आकर्षित हुँदै बेझाङवासी

वालिङ। स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बेझाङका कृषक किवी खेतीतर्फ आकर्षित हुँदै गएका छन् । बेझाङमा नमूनाका रुपमा स्थानीय दीपक गुरुङले गरेको किवी खेतीबाट उत्पादन राम्रो भएपछि क्रमशः उक्त खेतीतर्फ स्थानीय आकर्षित हुँदै गएको हिले बेझाङ मझकटेरी टोल विकास समितिका अध्यक्ष अग्निप्रसाद ढकालले बताउनुभयो । गाउँमा किवी खेतीका लागि सम्भावना राम्रो देखिएपछि अहिले समूह तथा व्यक्तिगत रुपमा […]

जङ्गलमा उत्पादित अल्लोबाट रोजगारीसँगै आम्दानी

किमाथाङ्का। सङ्खुवासभामा उत्पादित अल्लोले रोजगारीसँगै आम्दानी पनि बढाएको छ । कोसेलीका रूपमा परिचित अल्लोको कपडाको माग देश–विदेशमा समेत बढेको छ । उनीहरूले गर्ने उद्यमको माग बजारमा दिनप्रतिदिन बढिरहेको छ । अल्लो व्यवसायले धेरैलाई रोजगारसमेत बनाएको छ । अल्लो उद्योगमा स्थानीयले रोजगारी प्राप्त गरेको सभा नेपालकी कृष्णकुमारी राईले जानकारी दिनुभयो । उहाँले आफ्नो उद्योगमा १० जना […]

वर्षाले धानबालीमा क्षति

भरतपुर। केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुर्याएको छ । पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन् । धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिनुभयो । “अहिले नै पानीले त्यति ठूलो […]