समाचार

कफी सहकारीद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण

सिन्धुपालचोक। कृषकलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादनमा वृद्धि गर्ने ध्येयले पाखरदोभान कफी सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई कृषि सामग्री वितरण गरेको छ । कफी उत्पादनको पकेट क्षेत्ररुपमा परिचित रहेको उक्त सहकारीले आइतबार विभिन्न किसिमका सामग्री हस्तान्तरण गरेको हो । किसानलाई ५० प्रतिशत अनुदानमा ३५ थान मिनिटिलर, सिँचाइका लागि सात थान पानीट्याङ्की, ५० थान ब्याट्री स्पेयर […]

पाल्पाका किसानलाई धानको बीउ वितरण

रामपुर। उत्पादन बढाउन पाल्पा रामपुरका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकारको सशर्त अनुदानबमोजिम उन्नत जातमा अनुदान दिने कार्यक्रमअनुसार किसानको मागका आधारमा सावित्री र साँवा मन्सुली जातको बीउ वितरण गरिएको हो । नगरभित्र २० टन सावित्री, साढे चार टन साँवा मन्सुली, बहुगुडी २ र केही सुनौलो सुगन्ध गरी […]

‘मल पनि छैन सिँचाइ पनि छैन’

टीकापुर।  मल नपाएर दिक्क भएका कैलालीको टीकापुर क्षेत्रका किसान सिँचाइ सुविधाका लागि कुलाको मुहानमा बाँध लगाउने कार्यमा जुटेका छन् । धान खेती गर्ने समयमा सिँचाइ कुलामा पर्याप्त पानी नआएपछि यहाँका एक हजार ५०० किसान रानी कुलाको मुहानमा श्रमदानमा जुटेका छन् । अहिले उनीहरु दैनिक रुपमा जानकी गाउँपालिका–३ मालझुलस्थित रानी कुलाको बाँध लगाउन व्यस्त छन् । […]

रासायनिक मल अभावमा उत्पादन घट्दै

रामपुर। यहाँका बालीनालीमा समयमा नै रासायनिक मल दिन नसक्दा सप्रन सकेको छैन । विशेषगरी मकै बालीको समय रहेको हुँदा यतिबेला खेतबारीमा मकै छरेको समयदेखि नै युरिया मलको अभावले बाली सप्रन नपाएको कृषक दुर्गा आचार्य बताउँछन् । “कालोबजारीमा बिक्री भएको युरिया मल महँगो मूल्यमा (प्रतिकिलो रु. ४२) किनेर एकपटक मकैमा प्रयोग गरियो, दोस्रोपटक पुनःमल दिन नपाउँदा […]

असार ३ र ४ गते बुटवलमा नेपाली चियाको प्रर्दशनी हुने

ललितपुर। आउँदो असार ३ र ४ गते बुटवलमा नेपाली चियाको प्रर्दशनी हुने भएको छ । नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चिया क्षेत्रमा क्रियाशील बिभिन्न संघरसंस्थाहरु, एसोसिएसन लगायतको सहकार्यमा प्रर्दशनी हुन लागेको हो । सिद्दार्थ कटेज, बुटवलमा हुने राष्ट्रिय प्रदशनी तथा नेपालमा उत्पादित बिभिन्न ब्राण्डका […]

स्याङ्जाको चापाकोट आँप र लिची जोन

वालिङ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याङ्जाको चापाकोट नगरपालिकालाई ‘आँप र लिची जोन’ निर्धारण गरी परियोजना सञ्चालन गरिएको छ । विसं २०७८/७९ मा चापाकोटका १० वडा र गल्याङ नगरका केही वडालाई समेटेर आँपरलिची जोन निर्धारण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाका प्राविधिक इन्द्र सुवेदीले जानकारी दिए । कालीगण्डकी नदीको किनारमा रहेको समथर भूभाग आँप र लिची […]

किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक धानको बीउ

उदयपुर। त्रियुगा नगरपालिका क्षेत्रमा अधिक धान उत्पादन गरेर किसानलाई आत्मनिर्भर बनाउन नगरपालिकाले जेठको दोस्रो हप्तादेखि आधुनिक धानको बीउ अनुदानमा वितरण गर्दै आएको छ । नगरपालिकाको कृषि विकास शाखाले विभिन्न वडाका धान उत्पादक किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक धानको बीउ उपलब्ध गराएको हो । शाखाका प्रमुख माधव राउतका अनुसार अहिलेसम्म झण्डै आठ टन धानको बीउ वितरण […]

मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

ललितपुर। देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । प्रदेश नं १, मधेस , बागमती र गण्डकी प्रदेशका भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले […]

हावाहुरीले कैलालीको सयौँ बिघा केराखेती नष्ट

कैलाली। कैलालीमा शनिवार बेलुका आएको हावाहुरीले क्षति गरेको छ । हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ । हावाहुरीका कारण टीकापुर–१ विशालनगरका भरत विकको तीनकोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ । त्यस्तै टीकापुर–४ का भल्लुराम चौधरीको दुईकोठे कच्ची घर र भान्सामा रुख ढलेर क्षति भएको छ । हावाहुरीका कारण यहाँ […]

बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु

लमजुङ। पहाडी जिल्ला लमजुङमा बर्खा नलाग्दै बर्खे धान रोपाइँ सुरु भएको छ । जिल्लामा मकै बाली भित्र्याएसँगै केही दिन अघिबाट उच्चपहाडी क्षेत्र एक हजार ६०० मिटर उचाइमा धान रोप्न सुरु गरिएको हो । चाँडै मकै पाकेका ठाउँ र पानी पर्याप्त भइसकेको ठाउँहरुमा धान रोप्न सुरु भइसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीले बताए । […]