बोटसँगै मकै विक्री हुँदा झापाका किसान उत्साहित
झापा। ग्रामीण क्षेत्रका मकै किसान यतिबेला उत्साहित छन् । उनीहरुले लगाएको मकैमा दाना लाग्न शुरु भएसँगै खेतबाटै बोटैसँगै मकै विक्री हुन थालेपछि उनीहरु उत्साहीत भएका हुन् । जिल्लाका ठूला गाईफार्म सञ्चालकले किसानका खेतमा गएर साइलेज बनाउनका लागि मकै खरीद गर्न थालेका छन् । किसानहरु पनि बोटैमै मकै नपाकी राम्रो मूल्य पाउन थालेपछि सन्तुष्ट छन् । […]