समाचार

मलबिनै धान रोपाइँ गरिँदै

महोत्तरी।  मध्य असारपूर्व नै लगातार पानी परिरहेपछि महोत्तरीमा किसान धान रोपाइँमा लागेका छन् । कैयौं दिन कुर्दा पनि नजिकका आफ्ना बजार र कृषि सहकारीमा खाद (रासायनिक मल) नपाएपछि किसान परेको पानी खेर जान नदिन भन्दै रोपाइँमा लागेका हुन् । पछिल्ला पाँच–छ दिनयता दिनहुँजसो पानी परिरहेपछि किसानको रोपाइँमा व्यस्तता बढेको हो । यसअघि माटो गाल्ने गरी […]

दहीच्युराको संस्कृतिलाई निरन्तरता दिने दिन असार १५

ललितपुर। प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक […]

२७ अर्बको चामल, १५ अर्बको धान र करिब १७ अर्बको मकै आयात

ललितपुर। असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सोही दिन सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ । मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो । हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ । मलिलो र बढी […]

किसानलाई भारतबाट मल ल्याउन सहज बनाउँदै प्रशासन

राँझा। खेतबारीमा प्रयोग गर्न भारतबाट मल खरिद गरेर ल्याउने वास्तविक किसानलाई सहज वातावरण बनाउन बाँके प्रशासनले पहल गरेको छ । नेपालमा मलको अभाव भएपछि मल ल्याउन किसानलाई सुरक्षाकर्मीले बाधा पुर्याएपछि आफ्नो खेतबारीमा प्रयोग गर्न भारतबाट मल ल्याउने किसानलाई बाधा नपुर्याउन सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई निर्देशन दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए। उनका […]

अकबरे खुर्सानीबाट छ करोडभन्दा बढी आम्दानी

भोजपुर। व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भएकाले खुसार्नी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । विषेश गरेर भोजपुरको पौवादुङमा गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेर कृषकलाई यसको खेतीमा प्रोत्साहन गरेको छ । गएको वर्ष यसै याममा यस […]

धानको बीमा गर्दै किसान

चितवन ।  जिल्लामा रहेका किसानले धान खेतीमा हरेक वर्ष विभिन्न किसिमका समस्या झेल्नु परेपछि बीमातर्फ केन्द्रित हुन थालेका छन् । स्थानीय पालिकाको सहकार्यमा बाली बीमा कार्यक्रममार्फत धान बालीको बीमा गर्न लागेका हुन् । पूर्वी चितवनका दुई सहकारीले आफ्नो कार्यक्षेत्र भित्रपर्ने किसानको धानको बीमा गर्न सुरु गरेका छन् । कुमरोज र बछौलीमा रहेका साना किसान कृषि […]

खाडीमा भन्दा बारीमै कमाईः तरकारीबाटै वार्षिक आठ लाख आम्दानी

गलेश्वर। जीवनको उर्वर समय मुग्लानमा पसिना बगाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लाग्नुभएका हरिलाल घिमिरेको जीवनमा बल्ल हरियाली छाउन थालेको छ । म्याग्दीको बेनी नगरपालिका–२ बञ्चरेढुङ्गाका ५१ वर्षीय उहाँको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बित्यो । तीन दशक अघि २० वर्षको उमेरमा गरिबीका कारण साहुसँग ऋण लिएर […]

आजदेखि तीन दिन मनसुन थप सक्रिय हुने, देशभर भारी वर्षाको सम्भावना

ललितपुर।  आजबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ। प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यस्तै आज राति देशभर सामान्य देखि […]

११ महिनामा १६ अर्बको फलफूल आयात

ललितपुर। देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवाजति खाडीमा । तिनै युवाले पठाएको विप्रेषणको पैसा खर्च गरेर विदेशबाट खाद्यान्नको आयात गर्नु परिरहेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आवका ११ महिनामा रु. १६ अर्ब बढीको कृषि तथा फलफूल आयात भएको पाइएको छ । […]

उन्नाइसौं राष्ट्रिय धान दिवश तथा रोपाइँ महोत्सव विभिन्न कार्यक्रम गरी मनाइने

ललितपुर। ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न कार्यक्रम गरी मनाईने भएको छ । कृषि विभागले आज पत्रकार सम्मेलन गर्दै उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, २०७९ मनाउन लागेको जानकारी दिएको छ । पत्रकार सम्मेलनका अवसरमा कृषि विभागका महानिर्देशक डा. रेवतीरमण […]