समाचार

बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु

लमजुङ। पहाडी जिल्ला लमजुङमा बर्खा नलाग्दै बर्खे धान रोपाइँ सुरु भएको छ । जिल्लामा मकै बाली भित्र्याएसँगै केही दिन अघिबाट उच्चपहाडी क्षेत्र एक हजार ६०० मिटर उचाइमा धान रोप्न सुरु गरिएको हो । चाँडै मकै पाकेका ठाउँ र पानी पर्याप्त भइसकेको ठाउँहरुमा धान रोप्न सुरु भइसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीले बताए । […]

बिर्तामोड नगरपालिकाद्वारा ग्रामीण कृषकको जीवनस्तर उकास्न बाख्रा वितरण

बनियानी। झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका कृषकलाई ५०० बाख्रा वितरण गरेको छ । कृषकलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले ‘मेयर पकेट बाख्रा साटासाट कार्यक्रम’ अन्तर्गत उक्त बाख्रा वितरण गरिएको नगरपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्राकुमारी दाहालले जानकारी दिए। “नगरवासीलाई पशुपालनमा प्रोत्साहन गर्न र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने योजनाअनुरुप बाख्रा वितरण गरिएको हो”, उनले भने, […]

अनुदानको धानको बीउ बिक्री गर्ने सहकारीले रकम फिर्ता गर्ने

पाल्पा। अनुदानको धानको बीउ खरिद गरी महङ्गो मूल्यमा बिक्री गरेको दर्छा हरियाली साना किसान कृषि सहकारी संस्था रामपुरले किसानलाई रकम फिर्ता दिने भएको छ । सहकारीले प्रतिकिलो रु. ३९ मा रामपुर नगरपालिकाबाट अनुदानमा खरिद गरी ल्याएको धानको बीउ रु. ४५ मा किसानलाई बिक्री गरेको थियो । ‘अनुदानको धानको बीउ महङ्गो मूल्यमा किसानलाई वितरण’ शीर्षक समाचार […]

मकै ब्लक कार्यक्रममार्फत पाल्पाका ४१४ किसान लाभान्वित

पाल्पा। परम्परागत रुपमा मकै खेती गर्दै आएका रामपुरका किसान नयाँ प्रविधिको प्रयोग गरी खेती गर्न पाउँदा दङ्ग छन् । पुरानै ढङ्गले मकै लगाउँदै आएका यहाँका किसान मकै ब्लक कार्यक्रम परेपछि नयाँ प्रविधि सिक्दै खेती गरिरहेका छन् । पाल्पा जिल्लामै एकमात्र रामपुर नगरपालिका–३ रजघरास्थित दर्छा हरियाली साना किसान कृषि सहकारीले उत्पादन बढाउन र नयाँ प्रविधि किसानलाई […]

लगातारको वर्षाले तरकारी किसान आजित

महोत्तरी। नयाँ वर्ष सुरु भएदेखि नै लगातार पर्दै आएको वर्षाले महोत्तरीका तरकारी किसान आजित भएका छन् । सातारदश दिन बिराएर पर्दै आएको वर्षाले नियमित गोडमेल र उपचार नपाउँदा तरकारी बाली पहेँलिदै गएपछि किसानको चिन्ता बढेको हो । गत वैशाखमा त कैयौँ पटकको हावाहुरीसहितको वर्षाले लहरे तरकारीका बेला ९लहरा० लतारेर सोतर बनाएको किसानको गुनासो छ । […]

अनुदानमा आएको धानको बीउ महँगो मूल्यमा किसानलाई वितरण

रामपुर। रामपुर नगरपालिकाले अनुदानमा उपलब्ध गराएको धानको बीउ यहाँको एक सहकारीले महँगो मूल्यमा किसानलाई बिक्री गरेको पाइएको छ । रामपुर–३ रजघरास्थित दर्छा हरियाली साना किसान कृषि सहकारी संस्थाले नगरपालिकाबाट अनुदानमा उपलब्ध भएको बीउ प्रतिकिलो रु. ६ मूल्य बढाएर किसानलाई वितरण गरेको हो । अनुदानमा आएको बीउ सहकारीले किसानलाई चर्को मूल्यमा बिक्री गरेको स्थानीय कृष्ण पराजुली […]

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चार जनाविरुद्ध मुद्दा

ललितपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको योग्यता नपुगेका आवेदकलाई नियुक्ति दिएको भन्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । बोर्डले २०७२ असोज २ गते गोरखापत्रमा प्रकाशित सूचना बमोजिम विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेकोमा कृषि प्राविधिक पदमा र लेखापाल पदमा शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरुलाई नियुक्ति दिएको भन्ने उजुरीका सम्बन्धमा […]

‘किसानलाई मल, विद्यार्थीलाई पुस्तक र पीडितलाई न्याय खोइ ?’

ललितपुर। “छोरीले जन्म लिनु नै पाप हो त दिनानुदिन सुनिनसक्नु, हेरिनसक्नु घटना बढिरहेका छन्”, महिला हिंसा, हत्या र बलात्कारका घटनाप्रति लक्ष्य गर्दै भावुक मुद्रामा सांसद आशाकुमारी विकले प्रश्न गरिन्, “हिजो मात्रै सुर्खेतमा सात वर्षीया बालिका गृश्म विक चार दिनपछि मृत फेला परेको र बाँकेको खजुरामा जन्मदिन मनाउन गएकाको सामूहिक बलात्कार जस्ता जघन्य अपराध गर्ने दोषीलाई […]

किसानको दुखेसो : समयमा कहिल्यै बाली लगाउन पाइएन

महोत्तरी। बीउ र मल अभावका कारण महोत्तरीका किसानलाई चिन्तित बनाएको छ । जेठ अन्तिम साता बित्नै लाग्दासमेत किसानले धानको ब्याड राख्न पाएका छैनन् । उनीहरुलाई समयमै बाली लाउन नपाइने हो की भन्ने चिन्ताले पिरोलेको छ । “असार १५ गतेसम्म बीउ रोपको मैजारो गर्नुपर्ने हो”, बर्दिबास नगरपालिका–७ का नीरचन्द्र पौडेल भन्छन्, “जेठ बित्न लाग्यो, ब्याडकै चाँजो […]

हल्कादेखि मध्यम वर्षाको सम्भावना

ललितपुर। देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणालीको प्र्रभावले प्रदेश नं. १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण […]