समाचार

किसानको खर्च बढाउँदै शीतभण्डार

बलेवा। किसानको उत्पादन सुरक्षा र बजारीकरणका लागि आगामी आर्थिक वर्षमा पनि बागलुङका केही स्थानीय तहले शीतभण्डार निर्माणका लागि बजेटको व्यवस्था गरेका छन् । प्राय फलफूल उत्पादन हुने क्षेत्र र नगदेबाली उत्पादन हुने क्षेत्रमा शीतभण्डार निर्माणमा स्थानीय सरकारको चासो छ । सङ्घीय सरकार र प्रदेश सरकारले पनि किसानको सहायताका लागि शीतभण्डार निर्माण गर्न बेलाबेलामा त्यस्ता योजनामा […]

भोजपुरका कृषकको आम्दानीको स्रोत बन्दै अकबरे खुर्सानी

भोजपुर। व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भए पनि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिक रुपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । भोजपुर नगरपालिकाको बोखिम, दावाँ, भैंसीपङ्खा, पोखरे र रामप्रसाद राई गाउँपालिकाको दलगाउँ, भुल्के, टेम्केमैयुङ गाउँपालिकाको, खावा, कोट, गोगने लेखर्क, अन्नपूर्ण […]

पानी नपरेपछि आत्तिएका किसान झरीसंगै रोपाइँमा व्यस्त

कैलाली। कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी छन् । लामो समयपछि वर्षा हुन थालेपछि रामफल मात्रै नभई धान रोप्न नपाएका किसान खुसी भएका हुन् । शनिबारदेखि मनसुन सुरु भएपछि किसान खेतमा व्यस्त हुन थालेका छन् । लामो समयदेखि पानी नपरेपछि खेत रोप्नको लागि आत्तिएका किसान यतिबेला रोपाइँ व्यस्त हुन थालेका छन् । […]

मकै उत्पादनमा आत्मनिर्भर बन्दै म्याग्दी

गलेश्वर। म्याग्दीको फाँटैभरि यतिबेला मकैबाली झुलिरहेको छ । रासायनिक मल अभाव र फौजी किराको प्रकोप देखिएपछि उत्पादन राम्रो हुँदैन कि भनेर चिन्तित बनेका किसान समयमै पानी परेकाले मकैबाली सप्रिदा दङ्ग छन् । पाँच वर्षयता म्याग्दी मकै उत्पादनमा आत्मनिर्भर बन्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । दैनिक उपभोग गर्नेबाहेक बीउका लागि यहाँ फलेको मकै बाहिरी […]

‘नेपाल काठमा आत्मनिर्भर कहिले हुन्छ ? ’

ललितपुर।  राष्ट्रियसभाका सांसदहरुले नेपाल काठमा आत्मनिर्भर कहिले हुन्छ रु भन्दै वन तथा वातावरणमन्त्री समक्ष प्रश्न गरेका छन् । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुले नेपालमा काठको व्यवस्थापन हुन नसकेको भन्दै काठ आयातलाई कम गर्दै लैजानुपर्नेमा जोड दिए । सांसद डा. विमला राई पौड्यालले भने, “रुखले […]

चारपाङग्रे धान रोप्ने मेसिन भित्र्याइयो

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशमै पहिलोपटक चार पाङग्रे धान रोप्ने मेसिन भित्र्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कञ्चनपुरले रु. १९ लाख ८० हजारमा अत्याधुनिक मेसिन ल्याएको हो । डिकाम माइक्रो सिस्टम नामक कम्पनीबाट परियोजनाले बोलपत्र प्रक्रियामार्फत धान रोप्ने मेसिन खरिद गरेको छ । खरिद गरिएको मेसिनको सफलतापूर्वक परीक्षणको कार्यसमेत गरिएको परियोजनाका कार्यालय प्रमुख सञ्जु उपाध्याय रिमालले […]

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

ललितपुर। आइतबार बिहानैदेखि देशभर पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको हो। आज दिनभर पहाडी भूभागका धेरै तथा बाँकी भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। […]

किसानलाई रासायनिक मल पाउन सकस

ललितपुर। असार मानो रोपेर मुरी फलाउने समय हो। असार १५ गते रोपाइँ दिवस मनाइन्छ । उक्त दिवस आउन चार दिन बाँकी छँदा पनि अहिलेसम्म किसानले रासायनिक मल पाउन नसक्दा अहिले उनीहरुको चित्कार चुलिएको छ । समयमै रासायनिक मल उपलब्ध नभएपछि यस वर्ष धानको उत्पानमा गिरावट आउने देखिन्छ । अहिलेको जनसङ्ख्यालाई धान्न झन्डै ६३ लाख मेट्रिकटन […]

रासायनिक मलको विकल्पमा गड्यौला मल

भजनी। यतिबेला किसान रासायनिक मलको अभावमा मलबिनै धान रोप्न थालेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन् । केही किसानले भने गड्यौला मलको उत्पादन थालेका छन् । कैलालीको टीकापुर नगरपालिका–१ का ललित थापाले तीन वर्षदेखि गड्यौला मल उत्पादन गर्दै आएकाछन् । उनले […]

तल्लो मनाङका किसानलाई खेती भित्र्याउने चटारो

मनाङ। हिमाली जिल्ला मनाङका किसानले करु खेती भित्र्याउन थालेका छन् । तल्लो मनाङको नासो गाउँपालिका र चामे गाउँपालिकाका किसानले गहुँ र करुलगायतका बाली भित्र्याउन थालेका हुन् । जिल्लाको तल्लो मनाङका भेगमा चैतमा लगाइएको बाली वर्षायामसँगै गहुँ, करु काटेर अहिले भित्र्याउन लागेको नासो गाउँपालिका–८ ताचेका कृषक हुमजङ्ग गुरुङले बताए । उनी भन्छन्, “मनाङ हिमाली जिल्ला हो […]