समाचार

चिस्यान केन्द्र सञ्चालनमा ढिलाइ हुँदा किसान चिन्तामा

रामेछाप। प्रदेश सरकारबाट हस्तान्तरण नहुँदा रामेछापको मन्थलीमा निर्माण भएको चिस्यान केन्द्र सञ्चालन हुन ढिलाइ भएको छ। बागमती प्रदेश सरकारको रु. पाँच करोड र मन्थली नगरपालिकाको रु. दुई करोड लागतमा मन्थली नगरपालिका–१ स्थित सानीमदौमा निर्माण भएको सो केन्द्र सञ्चालनमा नआउँदा कृषक चिन्तामा परेका छन्। जिल्लामा उत्पादित कृषि उपजलाई भण्डारण गरी बेमौसममा बजारसम्म पुर्याउने उद्देश्यले चिस्यान केन्द्र […]

ड्रागनफ्रुटबाट वर्षमा करोड आम्दानी

मोरङ। गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन्– मोरङ सुनवर्सी नगरपालिका–१ का गणेश राई। बन्दाबन्दीको असरले निमार्ण व्यवसाय छाडी ड्रागनफ्रुट खेतीमा लागेका उनलाई यतिबेला भ्याइ–नभ्याइ छ। राईले दुई वर्षअघि ठूलो चुनौती मोलेर एक करोडको लगानीमा फार्म सञ्चालनमा गरेका थिए। विसं २०७७ मा तुर्छा ड्रागनफ्रुट तथा बहुउद्देश्यीय कृषि फार्ममार्फत ड्रागनफ्रुट खेती सुरु […]

पोखराको कोसेली आन्तरिक पर्यटकलाई टुसा

कास्की। पोखरा घुमेर फर्किने आन्तरिक पर्यटकले कोसेलीका रुपमा टुसा लैजान थालेका छन् । कास्कीका उच्च पहाडी भू–भागमा पाइने टुसा विशेषतःअसार, साउन र भदौमा पलाउने भए पनि बजारमा साउनको समयमा यसको उल्लेख्य रुपमा व्यापार हुने गरेको छ । विभिन्न औषधीय गुणसमेत पाइने टुसाको तरकारी विशेष रोजाइमा पर्ने गर्छ । अन्नपूर्ण आधार शिविर र मर्दी आदि क्षेत्रको […]

धानबालीमा पुर्‍याएको क्षतिको अझै राहत पाएनन् किसानले

झापा। झापाका किसानले बेमौसमी वर्षाबाट धानबालीमा पुगेको क्षतिको राहत अझै पाउन सकेका छैनन् । गत वर्ष विसं २०७८ असोजमा वर्षासहित आएको हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि सरकारले कृषकलाई राहत दिने घोषणा गरेको थियो । आफूहरूले हालसम्म सरकारबाट राहत नपाएको शिवसताक्षी–६ धौलेचोकका कृषक लक्ष्मीप्रसाद भण्डारीले बताए । विरल वर्षाका कारण झापामा ५१ हजार आठ सय ४५ किसानको […]

च्याउ खेती गरेर जीवनस्तर उकास्दै सिन्धुपाल्चोकका किसान

चौतारा। यस क्षेत्रका किसानले विभिन्न प्रजातिका व्यावसायिक च्याउ खेती गरेर आर्थिक आम्दानी बढाउन थालेका छन् । यसबाट उनीहरुको जीवनयापन सहज बन्दै गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका चोकटीको लाँगर्चेमा–१३ रोपनी जग्गा १० वर्षको लागि भाडामा लिएर बलराम राउतले च्याउ खेती गरेका छन् । यसबाट मनग्य आम्दानी गर्न उनी सफल भएका छन् । वार्षिक एक लाखमा जग्गा […]

भन्सार नाकामा छैन विषादी परीक्षण प्रयोगशाला

कञ्चनपुर। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ । भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो । विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी […]

जुम्लामा करिब पचास करोडको स्याउ उत्पादन

कर्णाली। स्याउ सुपरजोन भनेर चिनिएको जुम्लाले यस वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ। कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाका आठै स्थानीय तहले राम्रो स्याउ फलाएका छन्। धेरै किसानले स्याउ टिपेर पनि बिक्री राम्रै आम्दानी लगिसकेका छन् । स्याउ व्यापारीको हतारोका कारण केही कृषकले स्याउ गुलियो, पोटिलो र परिपक्व नहुँदै टिपेर बिक्री गर्दा त्यसको परिमाणमा […]

दुर्लभ घडियाल संरक्षणका लागि घडियाल उत्सव

कैलाली। दुर्लभ घडियाल गोही संरक्षणका लागि कैलालीको टीकापुर–७ बैदीस्थित ढुङ्गाना टोलमा प्रथम घडियाल उत्सव आयोजना गरिएको छ । दुर्लभ घडियाल गोहीको संरक्षणसम्बन्धी सचेतना फैलाउन, स्थानीय बासिन्दा र स्थानीय सरकारलाई जिम्मेवार बनाउन उत्सव आयोजना गरिएको हो । टीकापुर नगर प्रमुख रामलाल डगौरा थारूले महोत्सवको शुभारम्भ गर्दै डल्फिन तथा जलचर संरक्षणका लागि नगरपालिकाबाट सक्दो सहयोग रहने बताए […]

गवारो नियन्त्रण गर्न प्राविधिक परिचालन

नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिकाले नगरका विभिन्न स्थानका रोपोमा देखिएको गवारो किरा नियन्त्रणका लागि प्राविधिक टोली परिचालन गरेको छ । प्राविधिकको अध्ययनअनुसार गवारो किराले धानको गुवो खाएर हरियो रोपो पहेँलो हुन थालेसँगै विषादी प्रयोग गरेर नियन्त्रणमा लिन लागिएको कृषि शाखा प्रमुख दामोदार दाहालले जानकारी दिए । उनका अनुसार किरा फैलिएका क्षेत्रको पहिचान गरेर प्राकृतिक उपाय तथा […]

बीमा र ‘भैँसी सुत्केरी भत्ता’ले फस्टायो भैँसीपालन व्यवसाय

काभ्रेपलाञ्चोक। पनौती नगरपालिका–१२ का यज्ञ खत्रीकोे गोठमा हाल सात भैँसी छन् । केही वर्षअघि विभिन्न रोगको प्रकोप र दूधको उचित मूल्य नपाउँदा भैँसीपालन छाडेको खत्रीलाई नगरको ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमले जाँगर चलाएको हो । “विभिन्न रोगको समस्या र दूधको मूल्य नपाउँदा सधैँ घाटामा भैँसी पाल्न नसकिएपछि चार भैँसी मासुको मूल्यमा बेचेर छोडेको थिए, अहिले पुनःभैँसी […]