
तनहुँ। भेटेरिनरी अस्पतालत तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष ०७९/०८० मा पशुधन सुरक्षाअन्तर्गत पशुपन्छी बीमा कार्यक्रमलाई प्रोत्साहन दिएको छ।
कार्यालयले एक लाख ३५ हजार छ सय ६४ पशुपन्छीको २० प्रतिशत प्रिमियमका दरले ४५ लाख ४८ हजार अनुदान दिएको हो। जिल्लामा कुखुरा एक लाख २८ हजार आठ सय २२, गाई एक हजार छ सय ९७, भैंसी एक हजार दुई सय ६२, बाख्रा दुई हजार चार सय ६८ र बङ्गुर एक हजार चार सय १४ रहेका छन्।
तनहुँमा ५२ हजार छ सय १५ परिवार पशुपालनमा संलग्न हुँदै आएको कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। केन्द्रले पशुपन्छी पालन किसानका लागि बीमांक ४५ करोड ४८ लाख बराबरको बीमा गरिदिएको छ। ‘पशुपालन किसानमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बीमा कार्यक्रमलाई प्रोत्साहन गरिएको हो’, उनले भने, ‘बीमाका साथसाथै अनुदानका कार्यक्रम पनि ल्याइएको छ।’
त्यसैगरी, जिल्लाका १११ वटा दुग्ध सहकारीमार्फत् अनुदानमा आधारित कार्यक्रमअन्तर्गत ४१ लाख ४१ हजार तीन सय ६५ अनुदान वितरण गरेको छ।
कार्यालयका अनुसार दुई लाख ३४ हजार छ सय ३६ लिटर दूध उत्पादनमा किसानलाई वितरण गरिएको हो। व्यासमा छ, शुक्लागण्डकीमा दुई बन्दीपुर, भानुमा र म्याग्देमा एकरएक वटा सहकारीमार्फत् उक्त अनुदान रकम प्रदान गरेको हो।
कार्यालयले किसानलाई पाडी बाच्छी हुर्काउन प्रोत्साहन कार्यक्रम ल्याएको छ। प्रतिपाडी बाच्छीका लागि दश हजारका दरले अनुदान वितरण गरिएको कार्यालयले जनाएको छ।रासस