समाचार

कालीकोटमा २१ कृषक पुरस्कृत

कालीकोट। जिल्लाका २१ कृषक ‘मुख्यमन्त्री उत्कृष्ट कृषक’बाट पुरस्कृत भएका छन् । कृषि विकास कार्यालय कालीकोटले आर्थिक वर्ष २०७८/७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट उहाँहरुलाई पुरस्कृत गरेको हो । मुख्यमन्त्री उत्कृष्ट पुरस्कारअन्तर्गत प्रथम हुने कृषकलाई रु १० हजार, द्वितीयलाई रु सात हजार र तृतीयलाई रु पाँच हजार तथा प्रमाणपत्र प्रदान गरिएको छ […]

किसानको गुनासोः मल नपाउँदा रोपाइँ गर्न समस्या भयो

सर्लाही। असार महिना सकिन लाग्दा सर्लाहीमा ४५ प्रतिशत मात्र धान रोपाइँ सकिएको हो। कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले विगत वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यसवर्ष अलि छिटो भएको बताए। गतवर्ष यसबेलासम्म करिब ८० प्रतिशत बढी क्षेत्रफलमा किसानले धान रोपिसकेको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ। मल, सिँचाइ लगायतको समस्याका […]

किसानलाई प्रोत्साहन गर्न सुपारी उद्योगलाई अनुदान

झापा। सुपारीलाई व्यवसायीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले सुपारी प्रशोधन उद्योगको स्थापना गरिएको छ । उद्योग स्थापनासँगै कम लागत र थोरै जनशक्तिले धेरै उत्पादन गर्न सकिने किसानले बताएका छन् । विगतमा परम्परागत ढङ्गले सुपारी प्रशोधन गर्दा खर्च र जनशक्ति बढी लाग्ने र मुनाफा कम गरेका उनीहरुले उद्योग स्थापनासँगै आम्दानीसमेत बढ्ने बताएका छन् । प्रधानमन्त्री कृषि […]

व्यावसायिक प्रवद्र्धनका लागि स्याङ्जामा १० ‘ब्लक’

वालिङ। स्याङ्जामा १० वटा व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) सञ्चालनमा रहेका छन् । कृषि ज्ञान केन्द्र स्याङ्जाले कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान पु¥याउने गरी ब्लकमा समावेश गरिएका बाली÷वस्तुहरुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न, ‘ब्लक’ क्षेत्रमा कृषि यान्त्रिकीकरण, कृषि पूर्वाधार विकास तथा व्यावसायीकरण प्रवद्र्धन गर्ने उद्देश्यले ब्लक सञ्चालनमा ल्याएको हो । ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि […]

कोरियाको आम्दानीः कुखुरापालनमा लगानी

बागलुङ। सानै उमेरदेखि व्यावसायिक सोच बनाएका बागलुङ नगरपालिका–४ पाखाथरका जीवन जिसीलाई त्यसबेला लगानी अभाव भयो । व्यावसायमै राम्रो सम्भावना देखेको उनी आर्थिक अभावका कारण सन् २०१३ मा कोरिया गए । इपिएस भाषा अध्ययन गरेर कोरिया गएका जिसीले कोरियाबाट फर्केर व्यावसायिक कुखुरापालन गर्दै आएका छन् । उनले छ वर्ष कोरिया बसाइँ टुङ्ग््याएर नेपाल आएपछि ब्रोइलर कुखुरापालन […]

उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी।  समयमा राम्ररी खेती लाउन नपाएपछि महोत्तरीका किसान यसपालि धान उत्पादन घट्ने चिन्ताले पिरोलिएका छन् । बीउ, मलको अभाव र समयमा रोपाइँ सक्न नपाएपछि किसानलाई उत्पादन घट्ने चिन्ता परेको हो । जेठ २२ भित्र ब्याड राखी सकेर असारको अन्ततिर रोपाइँ सकिए अपेक्षित उत्पादन हुने किसान बताउँछन् । “जेठको तेस्रो साताभित्र ब्याड राख्न सकिएर त्यो बीउ […]

रुपन्देहीका सहकारीद्वारा १५ अर्बभन्दा बढी कृषिमा लगानी

रुपन्देहीका।  जिल्लास्थित सञ्चालनमा रहेका सहकारीहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् । सहकारीको लगानीबाट हजारौँ युवा स्वरोजगार बनेको जिल्ला सहकारी सङ्घ रुपन्देहीले जनाएको छ । सहकारीले जिल्लामा सबैभन्दा धैरै लगानी कृषि क्षेत्रमा गरेको देखिन्छ । यसबाहेक कृषिजन्य उद्योग, कुखुरा फार्म, गाईभैँसी फार्म, माछाफार्म, तरकारी खेती, किराना पसलमा सहकारीले लगानी गरेको सहकारीको वार्षिक लेखा परीक्षणले देखाएको आन्तरिक […]

कृषिमा बागमतीको योगदान सत्र प्रतिशत

हेटौँडा। मुलुकभरको कृषि उत्पादनमा बागमती प्रदेशको योगदान १७ प्रतिशतभन्दा बढी छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा ३६.९ प्रतिशत योगदान रहेको बागमती प्रदेशको कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा भने १७.१२ प्रतिशत योगदान रहेको बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो । बागमतीमा खेतीयोग्य जमिनको क्षेत्रफल तीन लाख २८ हजार २९७ हेक्टर रहेकामा दुई लाख […]

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

ललितपुर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज बिहान प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू-भागका केही स्थानहरुमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, […]

तरकारी जोन कार्यक्रमबाट नवलपुरका किसान लाभान्वित

कावासोती। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपरासीको नवलपुरपूर्वमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँका किसान लाभान्वित भएका छन् । नवलपुरका तीन स्थानीय तहका १६ वटा वडालाई समेटी उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ । कावासोती नगरपालिका–४, ९, १० १२, १५ , १६ र १७ , मध्यबिन्दु नगरपालिका–१, २, ३, ६, ९ र हुप्सेकोट गाउँपालिका– १, २ ,३ […]