समाचार

बैंकबाट ऋण नपाउँदा पुष्प व्यवसाय गर्न कठिन

ललितपुर। बैंकबाट सहजरुपमा ऋण प्रवाह हुन नसक्दा पुष्प व्यवसाय विस्तार गर्न समस्या भएको छ । लामो समय कोरोना महामारीको सामना गरी विस्तारै लय लिन लागेको उक्त व्यवसाय विस्तारका लागि वातावरण नबन्दा व्यवसायी मारमा परेका छन् । लामो समयदेखि कलङ्कीमा नर्सरी सञ्चालन गर्दै आउनुभएका श्याम उप्रेतीले व्यवसाय जेनतेन धाने पनि आर्थिक समस्याका कारण विस्तार गर्न नसकेको […]

असला माछा संरक्षण गर्न गाउँपालिकाले बनायो कार्यक्रम

जुम्ला। जुम्लाको सिञ्जा गाउँपालिकाले हिमा नदीका असला माछाका भुरा संरक्षण गर्ने भएको छ । गाउँपालिकाले नीति तथा कार्यक्रमबाटै असला जातका माछाका भुरा संरक्षण गर्ने कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । उक्त नदीको असला माछा लोकप्रिय रहेकाले भुरा संरक्षणमा पालिका लागिपरेको उनको भनाइ छ । अध्यक्ष धितालले भने, ‘नदी संरक्षणका लागि नदीमा विषादी […]

अझैसम्म युरिया मल अभाव

कञ्चनपुर। धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ । युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता भएको छ । कृष्णपुर नगरपालिका–५ का किसान जग्गु चौधरीले युरिया मल नपाइँदा रु. एक हजार ६०० बढी तिरेर भारतबाट अवैध रुपले ल्याइएको मल खेतबारीमा हाल्नुपरेको बताए । “अनुदानको […]

देवचुलीमा दूध सङ्कलन केन्द्र स्थापना

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा दूध सङ्कलन केन्द्र स्थापना भएको छ । देवचुली–७ सीताबासको युनिक कृषि तथा पशुपालन समूहले रु १६ लाखको लागतमा दूध सङ्कलन केन्द्र स्थापना गरेको हो । युनिक कृषि तथा पशुपालन समूहका अध्यक्ष डिल्लीराम काफ्लेका अनुसार दूध सङ्कलन केन्द्रमा फिस्टेल डेरीले रु. आठ लाख बराबरको दुई हजार लिटर क्षमताको ट्याङ्की, रु. एक […]

बाँदर धपाउन किसानलाई उपकरण

खोटाङ। खोटाङको खोटेहाङ गाउँपालिकाका किसानलाई बाँदर धपाउन उपकरण निःशुल्करुपमा वितरण गरिएको छ । बाँदरले अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि उनीहरुलाई उपकरण उपलब्ध गराइएको हो । किसानलाई लक्षित गर्दै वडा नं ४ बडकादिया र वडा नं ७ खोटाङबजारका किसानलाई युपिभिसी पाइपबाट निर्माण गरिएको उपकरण वितरण गरिएको हो । बडकादियाले र खोटाङबजारका दश÷दश किसानलाई बाँदर धपाउने […]

कृषिमा रमाउँदै युवा

रुकुमपूर्व। सानै उमेरमा विदेश गएर धेरै दुःख पाएका सिस्ने गाउँपालिका वडा नं ५ रुमालबाराका वसन्त मल्लले अहिले घरमा फर्केर भैँसीपालन व्यवसाय सुरुआत गरेका छन् । उनलाई विदेशमा गर्ने दुःखको आधा दुःखले पनि स्वदेशमै राम्रो पैसा कमाउन सकिँदोरहेछ भन्ने लागेको छ । उनीसँग अहिले आधा दर्जन भैँसी छन् । रुकुमकोटमा दूधको माग निकै बढेको छ । […]

लमजुङका किसानलाई कोदो रोप्ने चटारो

लमजुङ। यतिबेला यहाँका किसानलाई कोदो रोप्न चटारो छ । रोपाइँ सकेर फुर्सद पाएका किसानलाई उपयुक्त सयम हुन थालेसँगै हप्ता १० दिन अघिदेखि कोदो रोप्ने चटारो पर्न थालेको हो । कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी मदन रेग्मीका अनुसार केही समयदेखि जिल्लाभरि नै किसानले कोदो रोप्न थालेका छन् । उनले भने, “चिसो ठाउँ, मकै बारीभित्र र मकै टिपी […]

आजको मौसम : केही प्रदेशमा भारी वर्षाको सम्भावना

ललितपुर। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १ र मधेस प्रदेशमा भारी वर्षासंगै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पनि थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। आज प्रदेश नम्बर १, मधेस प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान ६ बजे तीन दिनसम्मको मौसम पूर्वानुमान बुलेटिनसँगै […]

बीमा दाबी भुक्तानी पाएपछि किसान खुसी

भजनी। गएको जेठ २८ र असार २ गतेको हावाहुरीका कारण कैलालीको टीकापुरका टेकेन्द्र धामीले लगाएको केरा खेतीमा ठूलो क्षति पुग्यो । पचपन्न बिघा जमिनमा लगाइएको अधिकांश केरामा क्षति पुगेपछि उनलाई निकै चिन्तित बनायो । उत्पादन दिनेबेला प्राकृतिक प्रकोपका कारण केरा नष्ट भएपछि काम गर्ने जागर नै म¥यो । टेकेन्द्रले केरा खेतीसँगै टिस्यु कल्चर प्रविधिबाट उत्पादन […]

कर्णालीमा बालीको उत्पादन ११.२४ प्रतिशतले घट्यो

कर्णाली। कर्णाली प्रदेशमा बालीको उत्पादन घटेको छ । आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म समग्र कृषि बालीको उत्पादन ११।२४ प्रतिशतले घटेको पाइएको छ । नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयद्वारा सार्वजनिक आव २०७८/७९ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार अघिल्लो आवको तुलनामा कृषि बालीले ढाकेको क्षेत्र र उत्पादन घटेको पाइएको छ । राष्ट्र बैंकको प्रादेशिक […]