
रत्ननगर। नेपाल कृषि पत्रकार महासंघ वागमती प्रदेश समितिको अध्यक्षमा मनिष अधिकारी चयन भएका छन् । भरतपुर महानगरपालिका वडा नं २३ जगतपुरमा सम्पन्न भेलाले अधिकारीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ भने १ सदस्य थप गर्न बाँकी रहेको छ ।
अधिकारी चितवन प्रेसका सञ्चालक हुन । समितिको उपाध्यक्षमा कान्तिपुरका सिन्धुली सवांददाता राजकुमार कार्की, सचिवमा नागरिक दैनिकका मधुसुदन गुरागाई, सहसचिवमा चितवन पोष्ट दैनिकका संवाददाता रामशरण गैरे, कोषायक्षमा टिभी डुडेका चितवन संवाददाता दिलीप डल्लाकोटी चयन भएका छन् ।
सदस्यमा दोलखाबाट अविरल बस्नेत, ललीतपुरबाट सुभानु आचार्य, सिन्धुपाल्चोकबाट विदुर गिरी, रामेछापबाट सुर्दशन राय, चितवनबाट कमला भूषाल , कृष्ण प्रसाद खनाल र धादिङबाट राजाराम डंगोल सर्बसम्मत चयन भएका छन् । सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द्रीय अध्यक्ष बैकुण्ठ भण्डारी, महासचिव पवन श्रेष्ठ, सचिव गोपाल आले मगर र पत्रकार गोमा पाण्डेले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
भेलाको वागमती प्रदेशका कृषिमन्त्री बसुन्धरा हुमागाईले उद्घाटन गरेका थिए । कार्यक्रममा नेपालको कृषि र पशुपालनको विकासको लागि सञ्चार क्षेत्रको भूमिकाको विषयमा समेत छलफल गरिएको थियो ।