समाचार

पैंचो पसलद्वारा उत्पादित नेपाली ब्राण्डका वस्तु संयुक्त राज्य अमेरिकाको बजारमा

ललितपुर। नेपालको ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएको ‘पैचो पसल’ प्रालिद्वारा उत्पादित खाद्यवस्तु अमेरिकी बजारमा उपलब्ध गराइने भएको छ । नेपाली उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पु¥याउने उद्देश्यले अमेरिका निर्यात सुरु गरेको कम्पनीले त्यहाँका विभिन्न राज्यमा नेपाली उत्पादन उपलब्ध गराउने भएको हो । पैचो पसलले उत्पादन गरेका खाद्य सामग्रीलाई अमेरिकी […]

माछापालनबाट मनग्य आम्दानी

बेलबारी। मोरङको बेलबारी–२ मा न्यू एभरेष्ट माछा फार्मका सञ्चालक मोहन राई प्रदेश नं १ कै स्थापित माछापालन तथा भुरा बिक्री वितरण गर्ने कृषकका रूपमा परिचित छन्। भुरा बिक्री वितरण तथा माछापालन व्यवसायमा रमाइरहनुभएका राई विगत २५ वर्षदेखि निरन्तररूपमा यो पेसालाई अँगालेर स्वदेशमै मनग्य आम्दानी गर्न सफल भएका छन्। व्यावसायिक किसिमले विभिन्न जातका माछाका भुरा तथा […]

भेडीगोठमै बित्छ लालवीरको जीवन

बेनी। हरियाली लेकाली खर्क । आँखै अगाडि ठोकिने हिमाल । हिमाली बुकीका फाँटमा ससाना त्रिपाल टाँगेका गोठ । डाँडा र हिमालले घेरिएको बुकी र फाँटका चरन क्षेत्रमा सेताम्मे देखिन्छन् भेडाका बथान । अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरखोला क्षेत्रमा देखिने यो दृश्य निकै रमाइलो र लोभलाग्दो देखिन्छ । खोप्रा–खयर पदमार्गअन्तर्गत पर्यटक आश्रय लिएर बस्ने खयरखोला क्षेत्रमा व्यावसायिक […]

कृषि सामग्रीद्वारा १९ करोडको रासायनिक मल बिक्री

ललितपुर। कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामले आर्थिक वर्ष २०७८/७९ मा रु १९ करोड १२ लाख मूल्य बराबरको रासायनिक मलखाद बिक्री गरेको छ । यस आवमा रु १२ करोड १३ लाखको डिएपी, रु छ करोड ५२ लाखको युरिया र रु ४६ लाखको पोटास बिक्री गरेको कार्यालय प्रमुख बेचन साहले जानकारी दिए । आव २०७८/७९ मा पाँच […]

माछाले धानिएको वेगनासको पिप्लेगाउँ

कास्की। वेगनास तालको उत्तरी छेउमा छ पिप्लेगाउँ । त्यहाँ ४२ परिवारको बसोबास छ । ती परिवारमध्ये ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य छन् । बाउ बाजेको पालादेखि माछा मार्ने काम गर्दै आएको ती परिवारको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो । वेगनासको पिप्लेमा पुगेर त्यो समुदायले तालमा माछा […]

धानका गाँज मर्न थाले, किसानलाई चिन्ता

बलेवा। बागलुङ नगरपालिका–१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन् । जेठताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकभन्दा कम भएको पीडा व्यहोरेका पौडेल धानका गाँज मर्न थालेपछि चिन्तित छन् । उनले यसअघि खेतमा मकै र धानका बिरुवा मरेको देखेका थिएनन् । सिँचाइ नभएको ठाउँमा मात्रै होइन, प्रशस्त सिँचाइ भएको खेतमा […]

सिरहा र सप्तरीमा सिञ्चित क्षेत्र बढ्दै

सिरहा। सिँचाइकै आभावमा गतवर्ष राम्ररी धानखेती गर्न नसकेर निराश बनेका सिरहाका किसान यसवर्ष खुशी छन् । आफ्ना अधिकांश जग्गामा रोपाइँ सम्पन्न भएपछि उनीहरु रमाएका हुन् । धनगढीमाई नगरपालिका– १२ का किसान सुबोध महतोले भन्नुभयो,“ सिँचाइको माध्यमबाट भएपनि समयमै रोपाइँ सम्पन्न भयो ।” तर यसवर्ष वैकल्पिक सिँचाइका लागि भूमिगत जलस्रोत र सिँचाइ विकास डिभिजन कार्यालय लहानले […]

निगुरो बेचेर घरखर्च धान्दै

इटहरी। सुनसरीको इटहरी–१० की शर्मिला चौधरी दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्छिन्। उनले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेरै आफ्नो ६ जनाको परिवारको खर्च चलाउँदै आएकी छन्। दैनिक ४०० देखि ६०० सम्म आम्दानी हुने चौधरी बताउँछिन्। शर्मिलाजस्तै कमला चौधरी पनि परिवार पाल्न र छोराछोरीको पढाइ खर्च जुटाउन निगुरो टिप्ने गरेको बताउँछिन्। पूर्वी मोरङको पथरीशनिश्चरे, कानेपोखरी, लेटाङ, […]

प्रविधिको प्रयोग गरी तरकारी खेती

कञ्चनपुर। बेलडाँडी गाउँपालिका-३ बैवाहका रामलाल चौधरी व्यावसायिक तरकारी खेती गरी गतिलो आम्दानी गर्ने किसानका रुपमा परिचित छन् । गतवर्ष चौधरीले १८ कठ्ठा जग्गामै दुई सय २५ क्वीन्टल तरकारी फलाएर रु १२ लाख पचास हजार आम्दानी हात पारेका छन् । काउली, बन्दा, गोलभेँडा,घ्यू सिमी, बोडीलगायत बारीमा रोपेर आम्दानी भएको उनले बताए । ‘बेमौसमी वर्षाले १० कठ्ठामा […]

बाख्रापालनबाट मनग्य आम्दानी

सुन्दरहरैँचा। मोरङको सुन्दरहरैंचा–१ कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । धनकुटाबाट बसाइ सरेर सुन्दरहरैंचा आएका बुढाथोकी तनमन लगाएर बाख्रापालनमा लागेका छन् । पाँच वर्षदेखि बुढाथोकीले कृषि फार्म सञ्चालन गरेर यसमै लागेका छन् । “बाख्रापालनबाट वार्षिक रु १५ लाख आम्दानी गर्न सफल भए”, उनले भने । उनको फार्ममा उन्नतजातका बयर, जमुनावारि र […]