समाचार

बारामा तेलहन खेती बढ्यो

कलैया। यस वर्ष बारामा तेलहन खेतीका क्षेत्रफल वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार ३० हेक्टर क्षेत्रफल अर्थात् किसानले १० हजार तीन सय हेक्टर क्षेत्रफलमा तेलहन खेती गरेका छन् । गत वर्ष १० हजार दुई सय ७० हेक्टरमा खेती गरिएको थियो । केन्द्रका प्रमुख जितेन्द्र यादवले तेलहन बालीको उपादकत्वमा विगतका केही वर्षदेखि प्रतिहेक्टर एक […]

अलैँचीमा ढुसीको प्रकोप, फल नलागेपछि कृषक चिन्तित

पर्वत। पर्वतको मोदी गाउँपालिका–४ क्याङको खुइजरीकी धनमाया पुर्जाको धेरै समय अलैँचीका बोटको सरसफाइमा बित्न थालेको छ । स्थानीय मजुवापाखा कबुलियती वनमा २०७४ सालमा लगाएका अलैँचीका बिरुवा अब फल्ने क्रममा छन् । तर अलैँची लगाएको क्षेत्रमा पुग्दा उनी सुस्केरा हाल्छिन् । कारण हो, दिनहुँ सुक्दै गएका अलैँचीका बिरुवा । मजुवापाखा कबुलियती वन तथा कृषक समूहमा आबद्ध […]

चितवनमा धान उत्पादनमा वृद्धि

चितवन। जिल्लामा यस वर्ष वर्षे धानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाभर यस वर्ष धान उत्पादन ११ हजार चार सय ८६ मेट्रिक टन वृद्धि भएको हो । यस वर्ष २२ हजार नौ सय ७२ हेक्टर क्षेत्रफलमा ९६ हजार चार सय ८२ मेट्रिक टन धान उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी मीनबहादुर […]

भरतपुरमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशन अनुदान

भरतपुर। भरतपुर महानगरपालिकाले व्यावसायिक रूपमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को स्वीकृत पशु सेवा विकास कार्यक्रमअन्तर्गत व्यावसायिक मत्स्य फर्मको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिन लागिएको हो । महानगरले आफ्नो नीति तथा कार्यक्रममा अनुदानले यहाँको कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको छ । विद्युत् […]

चिसो छल्न न्यानो ठाउँ खोज्दै बेसी झर्यो भेडीगोठ

रुकुमपूर्व। चिसो मौसम शुरु भएसँगै रुकुमपूर्वका भेडी गोठाला भेडाको बथानसहित बेसी झर्न थालेका छन् । जिल्लाको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेका भेडी गोठाला भेडाको बथानसहित न्यानो ठाउँ खोज्दै बेसीतिर झरेका हुन् । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुमपूर्वमा चिसो अत्यधिकमात्रामा बढेपछि न्यानो ठाउँ खोज्दै बेंसी झरेको जनाइएको छ । । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका […]

कृषि कार्यक्रम कार्यान्वयन एकाइको खर्च स्थिति कमजोर

भजनी। राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरीया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरको खर्चको अवस्था कमजोर देखिएको छ । चालु आर्थिक वर्षको तीन महिनाको प्रगति विवरणअनुसार कार्यान्वयन एकाइले कूल बजेटको दुई प्रतिशतमात्रै खर्च गर्न सकेको छ । आयोजनाले तीन महिनामा रु. दुई करोड २१ लाख बजेट खर्च गर्नुपर्नेमा रु. ३८ लाख ८० हजार मात्रै खर्च […]

मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

रुकुम पश्चिम। रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्छन् । आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उनले अन्य खेतीपाती गर्ने जग्गामा किवीको बिरुवा लगाएका हुन् । बिरुवा लगाइएको करिब दुई वर्षमै बारीमा किवी फल्न थालेपछि शाही निकै खुसी भएका छन् । किवी फले पनि जिल्लामै थोरै मात्रामा […]

‘सहकारीमा अनुदानको मल छैन ’

कञ्चनपुर। कञ्चनपुरमा अनुदानको रासायनिक मल आपूर्ति थोरै हुँदा किसानले चर्को मूल्य तिरेर भारतीय मलको प्रयोग गरी गहुँ छर्न थालेका छन् । जिल्लामा अहिले अनुदानको मलको चरम अभाव रहेको छ । बेदकोट नगरपालिकाको सामादैजीका किसान नत्थु रानाले अनुदानको मल नपाइँदा बजारबाट रु तीन हजारको डिएपी मल खरिद गरी गहुँ खेतमा प्रयोग गरेको बताउनुभयो । “ सहकारीमा […]

भेडाबाख्रा पाल्न चरन क्षेत्रको अभाव

टङ्कीसिनवारी। जमिनलाई टुक्रा–टुक्रा गरेर घडेरीमा बिक्री वितरण गर्ने चलन बढेपछि भेडाबाख्रा पालनका लागि चरन क्षेत्रको अभाव भएको छ । कृषियोग्य जमिन कम हुँदै गएपछि भेडा चराउने ठाउँको कमी भएको हो । चरन क्षेत्रको अभावका कारण भेडापालकलाई भेडा चराउन र भेडा बचाउन सकस पर्न थालेको छ । सुनसरीको हरिनगरा गाउँपालिका–४ का दयानन्द पाल, सदानन्द पाल र […]

विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप

रामपुर। आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ । कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै पाल्पाको रामपुरस्थित भूपू सैनिक राइजिङ इङ्लिस स्कुलले विद्यार्थीमा व्यवहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा चलनचल्तीका सीप सिकाउने कार्य […]