समाचार

अदुवा भन्दा पिँडालु महङ्गो

डोटी। दिपायलका किसानले निकै मिहिनेत गरेर उत्पालन गरेको अदुवाभन्दा पिँडालुले बजार पाउन थालेको छ ।​ कमै मात्रामा उत्पादन हुने र कुनै समय कौडीको भाउमा बिक्री हुने पिँडालु यतिबेला डोटीको स्थानीय बजार खड्यौली, बर्छैन । वीपी नगर र कैलालीको धनगढी, अत्तरियालगायतका बजारमा बिक्री भइरहेको छ । बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकामा धेरै मात्रामा […]

बागलुङमा धान उत्पादन घट्यो

ढोरपाटन। लगातारको वर्षाले भित्र्याउनै ठिक्क परेको धानमा क्षति पुगेका कारण यस वर्ष बागलुङमा धान उत्पादनमा कमी आएको छ । जिल्लामा यस वर्ष पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको हो । बागलुङ नगरपालिका–४ की स्थानीय तेजकुमारी केसी अघिल्ला वर्षहरुमा १२ मुरी धान उत्पादन भएकोमा यस वर्ष भित्र्याउने बेला परेको पानी क्षति पु¥याउँदा सात मुरी मात्रै स्यारेको […]

म्याग्दी र मुस्ताङमा फापरखेती फस्टाउँदै

गलेश्वर। म्याग्दी र मुस्ताङमा मानव स्वास्थ्यका लागि गुणकारी मानिने फापरको खेती फस्टाउँदै गएको छ । सिँचाइ आवश्यक नपर्ने सुक्खा खेत बारीमा समेत राम्रोसँग फल्ने फापरखेतीप्रति यहाँका किसान आकर्षित भएका छन् । विगत वर्षको तुलनामा यसपाली फापर फस्टाएपछि मुस्ताङ र म्याग्दीका फापर खेती गर्ने किसानको आम्दानी बढ्ने देखिएको छ । फापर छर्ने समय भदौ, असोज र […]

किसानसँग धान खरिद गर्दै सरकार

कञ्चनपुर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बिहीबारदेखि किसानसँग धान खरिद सुरु गरेको छ । यस वर्ष कम्पनीले ढिलोगरी धान खरिद सुरु गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका शाखा प्रमुख तपेन्द्रप्रसाद उपाध्यायले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि किसानबाट धान खरिद सुरु गरिएको बताए । कम्पनीले यस वर्ष कञ्चनपुरमा […]

हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान

तनहुँ। तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो । “गाउँपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले भने । गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टरलगायत सामग्रीसमेत प्रदान […]

बढ्न थाल्यो अण्डाको मूल्य

चितवन। लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु. तीन सय ६० तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले बिक्री मूल्य तय गरेको हो । यसअघि अण्डाको मूल्य प्रतिक्रेट रु. तीन सयमा बिक्री […]

कोदोखेती प्रबर्द्धनका लागि ‘इन्टरनेशनल इयर अफ मिलेट्स-२०२३’

ललितपुर। काठमाडौँस्थित भारतीय राजदूतावासले बिहीबार कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणको सहकार्यमा ‘इन्टरनेशनल इयर अफ मिलेट्स–२०२३’ को सुरुवाती कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा भारतीय कृषि अनुसन्धान परिषद् र नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले सहभागिता जनाएका थिए । भेलामा दूतावासका नियोग प्रमुख प्रसन्न श्रीवास्तवले विश्वमा खाद्य सुरक्षा […]

वास्तविक किसानको पहुँचमा पुग्दैन रासायनिक मल

लहान। सिरहाको लहान नगरपालिका वडा नं. २३ का देवनारायण यादव यतिबेला गहुँ छर्ने तयारीमा छन् । उनले धान थन्क्याएलगत्तै करिब एक बिघा क्षेत्रफलमा गहुँ छर्ने तयारी गर्नुभएको हो । तर गहुँ बालीका लागि खेत जोतेर तयार पारिसक्दासमेत सरकारले अनुदानमा उपलब्ध गराउने युरिया र डिएपीजस्ता रासायनिक मल किन्न पाउनुभएन । गहुँ खेतीको मौसम सकिन लाग्दासमेत सरकारले […]

गिद्धको सङ्ख्या घटेकामा चिन्ता

पाल्पा। पारिस्थितिकीय प्रणालीमा अह्म भूमिका खेल्ने लोपोन्मुख पक्षी गिद्धको संरक्षणमा सरोकारवालासँगै पशुपालकले पनि ध्यान दिन सुझाव दिइएको छ । पाल्पाको रामपुरमा बिहीबार सम्पन्न ‘भेटेरीनरी औषधिको प्रयोगमा निगरानी तथा गिद्ध संरक्षणसम्बन्धी क्षमता विकास तालिम’मा ‘प्रकृतिका कूचीकार’ उपनामले परिचित गिद्धको सङ्ख्या घटेकामा चिन्ता व्यक्त समेत गरियो । सो अवसरमा पक्षीविद् भुपाल नेपालीले मानव जातिलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा […]

बागलुङमा २४ करोड बढीको सुन्तला उत्पादन

ढोरपाटन। बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो । यस वर्ष बागलुङमा चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष यहाँ कुल तीन सय […]