समाचार

लालबन्दीबाट पाँच महिनामा त्रियासी करोडको तरकारी निकासी

सर्लाही। लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालू आर्थिक वर्ष २०७९/८० मा रु ८३ करोड ५० लाख ८४ हजार ७५ को तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले विसं २०७९ साउन १ देखि २०७९ मङ्सिर मसान्तसम्ममा १६ करोड ५७ लाख छ हजार सात सय ७३ किलो तरकारी […]

कुटानी– पिसानी गर्न पानी घट्टकै भर

कालीकोट। कालीकोट नरहरिनाथ गाउँपालिकाका बासिन्दा कुटानी–पिसानीका लागि पानी घट्टको प्रयोग गर्ने गरेका छन् । रहगाड खोलामा परम्परागत पानी घट्ट रहेका छन् । विद्युत्को सुविधा नभएको गाउँपालिकामा कुटानी–पिसानीका लागि आधुनिक मिल अहिलेसम्म छैन । नरहरिनाथ–८ खुलालुदेखि वडा नं ९ लालु, ५ को रुप्सा र ७ को उच्छवसम्म पानी घट्ट छन् । नरहरिनाथ –९ लालुमा स्थित श्री […]

उत्कृष्ट कृषि उत्पादन गर्ने २४ कृषक पुरस्कृत

चन्द्रौटा। कपिलवस्तु व्यापार सङ्घले आयोजना गरेको सातौँ चन्द्रौटा महोत्सवमा कृषि सामग्री प्रदर्शन गर्ने २४ कृषक पुरस्कृत भएका छन् । शिवराज नगरपालिका कृषि विकास शाखाले जारी गरेको सूचनाबमोजिम कृषकले उत्पादन गरेका सामग्री महोत्सवमा प्रदर्शनसहित प्रतिस्पर्धा गराइएको थियो । खाद्यान्न, दलहन, तेलहन, फलफूल, तरकारी, प्रविधि, मत्स्य समूह गरी सातवटा विधामा उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको शिवराज नगरपालिका कृषि […]

डेरी व्यवसायीले गरे दूधको मूल्यवृद्धि फिर्ता

ललितपुर। दूधको मूल्य समायोजनबारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि डेरी व्यवसायीले बढाइएको दूधको मूल्य मंगलबारदेखि फिर्ता लिएका छन्। डेरी उद्योगीले पुस १६ गतेदेखि दूधको मूल्य प्रतिलिटर रु. १६ सम्म बढाएका थिए। लगत्तै पुस १७ गते दुग्ध विकास बोर्डले मूल्यवृद्धि स्थगन गर्न व्यवसायीलाई निर्देशन दिएको थियो तर व्यवसायी मूल्यवृद्धि फिर्ता नहुने बताइरहेका थिए। मंगलबार कृषि […]

हल गोरु पाल्ने किसानलाई १० हजार अनुदान

चौतारा। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो । नगरपालिकाभित्र हल गोरु पाल्ने किसानको तथ्याङक सङ्कलन गर्ने काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि पन्थीले बताए । नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टरलगायत सामग्रीसमेत प्रदान […]

विदेशबाट फर्किएर पशुपालन, मासिक ५० हजार बचत

दमौली। मनग्य आम्दानी हुन थालेपछि तनहुँका किसान पशुपालनतर्फ आकर्षित हुन थालेका छन् । विदेशमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै बसेर काम गर्दा विदेशकै जति नै आम्दानी हुने भएपछि पशुपालनतर्फ आकर्षित भएका हुन् । सोह्रवर्ष वैदेशिक रोजगारीमा रहनुभएका म्याग्दे गाउँपालिका–४ सिस्नेरी निवासी बमबहादुर थापाले स्वदेश फर्किएर बङ्गुरपालन गरिरहनुभएको छ । कुवेत छँदा आम्दानीको स्रोत राम्रै रहेपनि नेपालमै […]

रिट्ठा खेतीबाट राम्रो आम्दानी

उदयपुर। उदयपुर जिल्लाको मध्य तथा उत्तरी र पूर्वी पहाडी क्षेत्रमा रिट्ठा खेतीमा विस्तार र उत्पादनमा वृद्धिसँगै अहिले कृषकहरुले राम्रै आर्थिक आम्दानी गर्न थालेका छन् । अहिले आएर जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिका, रौतामाई गाउँपालिकासहित पूर्वी पहाडी क्षेत्रको चौदण्डी गढी नगरपालिकाको सावा सिद्धिपुर बेलकाको बबला क्षेत्रहरुमा बर्सेनि व्यावसायिक रुपमा रिट्ठाखेतीको वृद्धि हुँदै गएको छ […]

एउटै फार्मबाट दैनिक १५ हजार अण्डा उत्पादन

म्याग्दे। गाँउपालिका–६ धैरेनीमा नौ वर्षअघि देखि अमृत थापा र गुरुप्रसाद पौडेलद्वारा सञ्चालित लेयर्स पोल्टी फार्मबाट दैनिक १५ हजार अण्डा उत्पादन हुने गरेको छ । थापा र पौडेलले रु छ करोड बढीको लगानी त्रिदेव पोल्टी फार्म सञ्चालनमा ल्याएको हो । यस फार्मका १९ हजार लेयर्स कुखुराबाट उक्त परिमाणको अण्डा उत्पादन हुँदै आएको थापाले जानकारी दिए । […]

आफ्ना लागि आफैँ उत्पादनमा

डुम्रे। देशका अधिकांश वृद्धाश्रमको सञ्चालन दाता वा सहयोगी निकायहरुको सहयोगबाट हुने गरेकामा तनहुँको ज्येष्ठ नागरिक चौतारी ९बृद्धाश्रम० तरकारी तथा दूधमा आत्मनिर्भर रहेको छ । व्यास नगरपालिका–५ बेनीपाटनस्थित राष्ट्रिय परोपकार महासङ्घ नेपालद्वारा सञ्चालित यस वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकले आफैँ तरकारी र दूध उत्पादन गर्दै आएका छन् । विगतमा घरमा रहँदाको सिकाइ र भोगाइलाई यहाँ पनि उपयोग […]

तोरीको व्यावसायिक खेती गर्ने कृषकलाई गाउँपालिकाको अनुदान सहयोग

खोटाङ। केपिलासगढी गाउँपालिकाले व्यावसायिकरूपमा तोरी खेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउने भएको छ । गाउँसभाबाट स्वीकृत आर्थिक वर्ष २०७९/८० को कृषि विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले व्यावसायिकरूपमा तोरीखेती गर्ने किसानलाई खेती गरेको जग्गाको क्षेत्रफल र उत्पादन भएको तोरीको मात्राका आधारमा अनुदान उपलब्ध गराउने भएको हो । व्यावसायिक तोरीखेतीका माध्यमबाट किसानलाई स्वरोजगार बनाउँदै आयातित खाने तेललाई विस्थापित गर्ने […]