समाचार

बन्द हुने अवस्थामा प्रदेश नं १ को जैविक मल उद्योग

पथरी। पछिल्लो पाँच वर्षदेखि सञ्चालनमा आएको प्रदेश नं. १ को उचित जैविक मल उद्योग बन्द हुने अवस्थामा पुगेको छ । विसं २०७४ मा मोरङको पथरीशनिश्चरे–२ मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको प्रदेश नं. १ को एक मात्र जैविक मल उद्योग सञ्चालनमा आए देखिनै घाटामा चल्दै आएको छ । रु. तीन करोड ५० लाखको लगानीमा […]

गोरु पाल्न छाडेपछि दाइँ लगाउने चलन हराउँदै

गलेश्वर। म्याग्दीका ग्रामीण क्षेत्रमा परम्परादेखि चलेको दाइँ लगाउने चलन लोपोन्मुख अवस्थामा पुगेको छ । कृषि यन्त्रको प्रयोग गरेर धान झार्ने र स्याहार्ने क्रम बढेपछि दाइँ लगाउने चलन लोप हुने अवस्थामा पुगेको छ । दाइँ लगाउने गोरु पाल्ने किसानको संख्या पनि घट्दो छ । पछिल्लो १० वर्षयता धान स्याहार्न हाते ट्याक्टर, ट्याक्टर र थ्रेसरको प्रयोग बढेको […]

धानमा लागेन दाना, किसान चिन्तित

वालिङ। पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो । स्थानीय बजारका एग्रोभेट पसलबाट ‘युएस ३१२’ जातको हाइब्रिड धानको बीउ लगेर रोपेको स्थानीय कृषक टेकप्रसाद डुम्रेले बताए । विगत दुई तीन वर्षदेखि यही जातको धान लगाउँदै आए पनि अरु बेला उत्पादन […]

उम्मेदवारलाई भोट माग्न हतारो, किसानलाई बाली स्याहार्ने चटारो

ढोरपाटन। आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले गाउँ सहरमा राजनीतिक सरमर्गी बढाएको छ । राजनीतिक दलका नेता र उम्मेदवार यतिबेला मतदाता रिझाउँदै गाउँ–गाउँ, बस्तीबस्ती र कृषकका बारीबारीमा पुगिरहेका छन् । बागलुङका किसानलाई भने धान बाली भित्र्याउने चटारो छ । वर्षा भयो भने धान नोक्सान हुने दिने डरले उनीहरु आकाश हेर्दै धमाधम धान […]

घरको छतमा ड्रागन खेती

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का धनसिंह धामीले घरको छतमा ड्रागन फलको व्यावसायिक खेती गरेका छन् । तीन वर्ष अगाडिदेखि घरको छतमा ड्रागन फलको खेतीमा लागेका उनले अहिले फल बेचेर मनग्य आम्दानी गरिरहेका छन् । “तीन वर्ष अगाडि ड्रागन फलका बारेमा सुनेको थिएँ, मलाई पनि खेती गर्ने इच्छा जाग्यो, त्यसका लागि सुरुमा कौसीमै खेती गर्ने योजना […]

दुनाटपरी बनाएर आत्मनिर्भर बन्दै नवलपरासीका महिला

कावासोती। पूर्वी नवलपरासीको देवचुलीस्थित अमरज्योति सामुदायिक वनले महिला उपभोक्तालाई आत्मनिर्भर बनाउन दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको छ । वनजङ्गलमा खेर जाने सालको पातबाट दुनाटपरी बनाएर बजारमा बेच्न सुरु गरेपछि यहाँका महिला हर्षित छन् । सामुदायिक वनले वैकल्पिक आम्दानीको स्रोत पहिचान गर्दै खेर गइरहेको वन पैदावरको सदुपयोग गरी दुना टपरीको उद्योग सञ्चालन गरेको हो । यसले विपन्न […]

डोटीमा बढ्दै व्यावसायिक सुन्तलाखेती

दिपायल। दिपायल र डोटीमा कृषकले व्यावसायिक सुन्तलाखेती बढाएका छन् । थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले अन्य पेसा–व्यवसायमा संलग्न व्यक्ति पनि व्यावसायिक सुन्तला खेतीमा सहभागी भएका छन् । यहाँका किसानले परम्परागतरुपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यवसायीकरण गर्न थालेका छन् । डोटीको बडीकेदार गाउँपालिका–२ का तारा मटेलीले व्यावसायिकरुपमा सुन्तला खेती गर्दै आएका छन् […]

जीवन धान्न नौ महिना चौँरी खर्कको बास

चौतारा। सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको बास वर्ष दिनमा नौ महिना उच्च हिमाली भेगमा बित्छ । घर खर्च चलाउनका लागि चौँरी स्याहार्दै जङ्गली जनावरको समेत सामना गर्दै उनी बाँकी तीन महिनाका लागि मानव बस्तीमा झर्छन् । हरेक वर्ष पुसदेखि कात्तिकसम्म शेर्पाले विकट हिमाली भेगमा रहेको चौँरी खर्कमा बिताउने गरेका छन् । यो समयमा उनको […]

ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउने चटारो

फुङ्लिङ। ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ छ । तिहार र छठ पर्व सकिएसँगै अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् ।असोजदेखि मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो । ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा अलैची खेती गर्दै आएको छ । बेंसी क्षेत्रमा साउन महिनादेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैँची टिपाइ हुन्छ । अहिले अलैँची […]

मूल्य निर्धारण नहुँदा सस्तोमा धान बेच्दै किसान

टीकापुर। कैलालीका किसान आजभोलि धानबाली भित्र्याइरहेका छन् । धेरै किसान भित्र्याउने काम सकेर आफूलाई आवश्यक धान खाद्यान्नका लागि भण्डारण गर्ने र बाँकी बेच्न थालेका छन् । तर यस वर्ष धानको बिक्री समर्थन मूल्य निर्धारण नहुँदा सस्तोमा धान बेच्न किसान बाध्य छन् । कैलालीका किसान यस वर्ष न्यून मूल्यमा धान बेच्न बाध्य भएका हुन् । सरकारले […]