समाचार

तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री

भरतपुर। तिहार पर्वमा चितवनका एउटै किसानले रु सात लाखको सयपत्री फूल बेचेका छन् । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा रु. सात लाखको फूल बेचेका हुन् । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उनले यस वर्ष चार बिघामा फूल रोप्नुभएको थियो । सयपत्री फूलको माग […]

धान मासेर सुन्तला र कागती खेती

गलकोट।  चार वर्षअघि सम्म लहलह पहेँलपुर धान झुल्ने बागलुङ नगरपालिका–८ सिगानाको पाल्तेखेतमा अहिले हरियाली देख्न सकिन्छ । सिगानाका निर्वतमान वडाध्यक्ष तथा पूर्वभारतीय सेना ४६ वर्षीय राजन जिसीले धान फल्ने खेतमा व्यावसायिक सुन्तला र कागती खेती सुरु गरेको चार वर्ष भयो । अहिले उनको सुन्तला बगानमा एक सय ३८ सुन्तलाका बोटमा फल लाग्न सुरु भएको छ […]

बङ्गुरमा देखियो ‘अफ्रिकन स्वाइन फिवर’

वालिङ। स्याङ्जाको पुतलीबजारमा बङ्गुरमा ‘अफ्रिकन स्वाईन फिवर’ देखा परेको छ। बङ्गुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा घाँटीमा विभिन्न खालका दाग खटिरा देखिएपछि ल्याबपरीक्षण गर्दा ‘अफ्रिकन स्वाईन फिवर’ भएको पुष्टि भएको भेटेरिनरी तथा पशु विज्ञकेन्द्र स्याङ्जाका प्राविधिक प्रमुख गोपाल गिरीले जानकारी दिए। जिल्लाको पुतलीबजार नगरपालिकाको १४ लगायतका विभिन्न वडामा किसानले पालेका बङ्गुरमा रोग देखा […]

थोकबजार केन्द्र खुलेपछि कृषक उत्साही

पाल्पा। तानसेन नगरपालिका–१० तेल्घा सुनडाँडा गाउँमा तरकारी खेती गर्ने किसानका ५० घरपरिवार छन् । उनीहरूले दैनिक एक लाख रुपैयाँ बढीको तरकारी बिक्री गर्दै आएका छन् । तरकारी बिक्री गर्ने मुख्य थलो बुटवल र तानसेन बजार हो । सिद्धार्थ राजमार्गको जरेपिपलमा व्यापारीहरू भेटिन्छन् । पाल्पामा थोक बजार केन्द्र नहुँदा यो गाउँका सबैले व्यापारीकै मूल्यमा तरकारी बिक्री […]

किसानले गोरु पाल्न छाडे

मुसीकोट। मुसीकोट–७ का भीमबहादुर पाण्डेले गोरु पाल्न छाडिसके । केही वर्षअघि उनको गोठमा एक हल गोरु बाँधिएको हुन्थ्यो । उनको बाउबाजेले गोरुबाट नै खेतीपाती गर्दै आएका थिए । तर, उनका गाईवस्तु बाँध्ने भकारोमा अहिले गोरु देखिँदैनन् । उनले आधुनिक कृषि औजारको प्रयोग गर्न थालेपछि गोरु पाल्न छाडेका हुन् । उनीसँग जोत्नका लागि मिनीटिलर (हाते ट्र्याक्टर) […]

मूल्य नबढेपछि दूधको उत्पादन घटाउँदै किसान

बलेवा। गोठमा उन्नत जातका १० ओटा गाई छन् । बिहानबेलुका दानापानी र दिउँसोको समयमा पर्याप्त घाँस दिन सके माउ गाईले दिनमा दुई पटकको दरले ४ देखि ६ लिटर दूध दिन्छन् । सहकारीमार्फत दूध बिक्री हुने भएकाले बजारको समस्या त किसानलाई छैन तर मूल्य वृद्धिको मारले थिचेको छ । दुई वर्ष पहिले ४० लिटरसम्म दूध बेचेका […]

नाका नखुल्दा सतुवाको बजार शून्य

ललितपुर। लामो समयदेखि बन्द चीनको सीमावर्ती टिप्ता नाका नखुल्दा बहुमूल्य जडीबुटी सतुवाको बजार शून्य जस्तै भएको छ । विगत चार वर्षदेखि बन्द नाका नखुल्दा सतुवाको निर्यात हुन सकेको छैन । ताप्लेजुङमा सङ्कलन भएको सतुवा चीन निर्यात हुँदै आएको थियो । विगत ६ वर्षदेखि व्यावसायिकरुपमा सतुवाको खेती गर्दै आउनु भएका फुङ्लिङ नगरपालिका (१) का पूर्णहाङ लिम्बू […]

तीन महिनामै तीन अर्बभन्दा धेरैको फलफूल आयात

ललितपुर। नेपालको उत्तरी हिमाली क्षेत्रका विभिन्न स्थानमा स्याउ फल्छन् । हावापानी पनि रसिलो स्याउ फल्ने खालकै छ । मनाङ, मुस्ताङ, जुम्ला, मुगुलगायतका जिल्लाका किसानले उत्पादन गरेको स्याउले बजार पाउन सकेको छैन । बजार पुगेको भए पनि सस्तोमा बिक्री गर्न बाध्य छन् उत्पादक । देशभित्रै फलाउन सकिने र राम्रो बजार पाउने रसिलो, स्वादिलो स्याउ फलाउने जनशक्ति […]

चाउमिन बेचेरै मासिक साढे २ लाख कमाइ

सिन्धुपाल्चोक। सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिकाका कृष्णबहादुर तामाङको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ । एकाबिहानै मोटरसाइकलमार्फत् गाउँदेखि इन्द्रावतीको बजार हुँदै मेलम्चीसम्म चाउमिन पुर्याउनु हुनेछ । बिहानभरी चाउमिन पुर्याएपछि उनको दिन चाउमिन बनाउनमा बित्छ । केही समय जागिर र केही समय बेरोजगार भएका उनले श्रमका लागि विदेशको बाटो नरोजी स्वदेशमै स्वरोजगार हुने निर्णय लिए । सानो पुँजीमा […]

चितवनमा यस वर्ष धान उत्पादन बढ्ने

चितवन। चितवनमा यसवर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार गत वर्ष धानको औसत उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर रहेकोमा यस वर्ष सोभन्दा बढी हुने अनुमान गरिएको छ । केन्द्रका प्रमुख युवराज पाण्डेले यसबर्ष रोगव्यादीको प्रकोप कम भएको र पानीले पनि कम नोक्सान गरेका कारण उत्पादन बढ्ने अनुमान […]