समाचार

तीन सयमा सिकेको सीपबाट वार्षिक १० लाख कमाइ

गलकोट। विसं २०४५ मा बागलुङ जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका मोहराज शर्माले रु तीन सय तिरेर काठमाडौंमा मौरीपालन तालिम लिँदा सोच्नुभएको थिएन कि मौरीपालनमै आफ्नो जीवन बित्छ भनेर । वैदेशिक रोजगारीमा पुगेर मनग्य पैसा कमाउने सोचमा काठमाडौँ पुग्नुभएका उहाँको विदेश जाने सपना त पूरा नभए पनि मनग्य आम्दानी गर्ने सपना भने पूरा भएको छ । […]

प्रविधियुक्त सुन्तला बगैँचा व्यवस्थापनले किसानमा उत्साह

गण्डकी। पोखरा महानगरपालिका–२१ फेदीपाटन डाँडाखर्कका कृषक प्रकाश पौडेल यतिखेर निकै खुसी हुनुहुन्छ । घर वरपर लटरम्म पहेंलपुर सुन्तलाले ढाकिएको दृश्यले उत्साहित उहाँ विगतमा मुस्किलले २० मुरी धान फल्ने क्षेत्रमा उत्पादित सुन्तला बेचेरै यस वर्ष ११ लाख रुपैयाँ आम्दानी गर्दा दङ्ग पर्नुभएको छ । “भिरालो पाखोमा धेरै दुःख गर्दा वर्षमा जेनतेन २० मुरी धान फल्थ्यो”, उहाँले […]

पर्वतमा करोडौँको लगानीमा बनेका चिस्यानगृह प्रयोगविहीन

पर्वत। पर्वत जिल्लामा करोडौँ रकम लगानीमा निर्माण भएका चिस्यानगृह प्रयोगविहीन बनेका छन् । प्रयोग भएका चिस्यानगृह पनि आंशिकरुपमा मात्रै सञ्चालन भएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा निर्माण भएका चिस्यानगृहमा किसानले उत्पादन गरेका तरकारी तथा फलफूल तथा अनाज भण्डारण नगरी सिधै व्यापारीलाई ठेक्कामा बिक्री गर्दा प्रयोगविहीन बनेका हुन् । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार, हाल जिल्लाभित्र […]

माघे सङ्क्रान्तिमा यस वर्ष २८ हल गोरु जुधाइने

त्रिशूली। नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको ‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले किसानलाई यही पुस २३ गतेसम्म दर्ता गर्न […]

मह बेचेर वार्षिक ३५ लाख आम्दानी

पर्वत। घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो । परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण उहाँले देखाउनुभएको छ । विगत दुई दशकदेखि व्यावसायिकरूपमा मौरीपालन […]

राष्ट्रिय कृषि गणनाको परिणाम अन्तिम चरणमा

ललितपुर। मुलुकमा सङ्घीय संरचना सुरुआत भएपछि पहिलो पटक गरिएको राष्ट्रिय कृषि गणनाको परिणाम अन्तिम चरणमा पुगेको छ । उक्त गणनाअन्तर्गत देशभरमा उत्पादन हुने विभिन्न बालीनालीको अवस्था, कृषि क्षेत्रको विवरण, कृषि उत्पादनमा समेटिएको क्षेत्रफल, पशुपक्षीको सङ्ख्या, सिँचाइ, कृषि सामग्रीको प्रयोग, माछापालनलगायत विवरण सङ्कलन, प्रशोधन तथा प्रकाशन गर्ने कार्य अन्तिम अवस्थामा पुगेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ […]

माछामा आत्मनिर्भर बन्दै पूर्वी नवलपरासी

कावासोती। माछापालनमा किसान आकर्षित हुँदै गएपछि पूर्वी नवलपरासी माछामा आत्मनिर्भर हुँदै जान लागेको छ । जिल्लामा दुई हजार आठ सय ४५ रोपनी क्षेत्रफलमा रहेका एक हजार पाँच सय बढी साना ठूला पोखरीबाट यस वर्ष अघिल्लोभन्दा २५ प्रतिशत धेरै माछा उत्पादन हुने प्रक्षेपण गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पूर्वी नवलपरासीका मत्स्य विकास अधिकृत सन्दीप […]

रुकुम (पूर्व) मा ३५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन

रुकुम (पूर्व)। रुकुम (पूर्व) मा यस वर्ष सुन्तला उत्पादन बढेको छ । विगतका केही वर्षमा क्रमिकरुपले घट्दै गएको सुन्तला उत्पादन यस वर्ष भने बढेको हो । गत वर्षको तुलना गर्ने हो भने जिल्लाभर यस वर्ष ३५ प्रतिशतले सुन्तला उत्पादन बढेको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम९पूर्व०का अनुसार गत वर्ष ६३३ दशमलव ७५ […]

व्यावसायिक बेसार खेतीले कृषकको आर्थिक सुधार

उदयपुर। जिल्लाका पश्चिमी र पूर्वी पहाडी क्षेत्रका कृषकले केही वर्षदेखि परम्परागत बेसार खेतीलाई व्यावसायिकरुप दिइ अर्थोपार्जन गर्दै आएका छन् । जिल्लाको चौदण्डी गढी नगरपालिकाको सावा सिद्धीपुर, रौतामाई गाउँपालिकाको रौता, आपटार, त्रियुगा नगरपालिकाको साउने, खाँबु तथा उदयपुरगढी गाउँपालिकाको भलयाडाँडा र डुम्रेजस्ता पहाडी क्षेत्रमा अहिले व्यावसायिकरुपले बेसार खेती विस्तार हुँदै गएको हो । जिल्लाको पश्चिमी पहाडी क्षेत्रको […]

रातो च्याउ र गोल्डेन स्याउले फेरिँदै गुर्जाली

गलेश्वर। म्याग्दीको सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा पछिल्लो समय पर्यटन र जडीबुटीमार्फत देशविदेशमा परिचित हुन थालेको छ । केही वर्षअघिसम्म ‘जीवित मानव सङ्ग्रहालय’ भनेर व्यङ्ग्य गरिने गुर्जा अहिले भने प्राकृतिक स्रोत, जडीबुटी अनि इटालियन गोल्डेन स्याउका कारण चर्चामा छ । यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवा र अन्य जडीबुटी मात्रै होइन […]