समाचार

कृषि प्रवद्र्धन गर्न रु १३ करोड लगानी

बनियानी। झापाका कृषि लक्षित करोडौँको कार्यक्रम सञ्चालनमा रहेका छन् । जिल्ला चालु आर्थिक वर्ष २०७९/८० मा रू. १३ करोड २३ लाख ७५ हजार बराबरको विभिन्न ३० शीर्षकमा कृषि लक्षित कार्यक्रम सञ्चालन रहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । तीमध्ये २७ कार्यक्रम प्रदेश नं. १ सरकार अन्तर्गत र तीन सङ्घीय सरकार अन्तर्गतका रहेका […]

विदेशबाट फर्किएर पशुपालन

बुद्धभूमि। कपिलवस्तु बाणगङ्गा नगरपालिका–७ मोतीपुरका जयलाल गिरीले पशुपालनबाट मासिक रु. साठी हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । व्यावसायिकरूपले बाख्रा, भैंसी र गाईपालन गर्दै आउनुभएका उहाँले २०७० सालदेखि कपिलवस्तु बाख्रापालन तथा कृषि फार्म दर्ता गरी व्यवसाय सुरु गर्नुभएको हो । सुरुआती चरणमा बाख्रा पालनबाट व्यवसाय सुरु गर्नुभएका गिरीले अहिले भैँसी, गाई र माछापालन गरी व्यवसायलाई […]

कोरोनाका कारण वैदेशिक रोजगार गुमाएका युवा कृषिमा जम्दै

पर्वत। पर्वत फलेवास-३ शङ्करपोखरीका मीनप्रसाद भुषालको एक दशक लामो उर्जाशिल समय विदेशी भूमिमा बित्यो । श्रमिकका रूपमा दश वर्ष विदेशी भूमिमा पसिना बगाइ कमाएको पैसा भने कहिल्यै चित्त बुझ्दो भएन । स्वदेशमा भने जस्तो जागिर नपाइने र वैदेशिक रोजगारी पनि छाड्न नसकिने अवस्थाका बीच उहाँ कहिले भारत त कहिले मलेसिया र साउदी अरबका विभिन्न कम्पनीमा […]

वन क्षेत्रको सिमसार संरक्षणमा जोड

नवलपुर। वन क्षेत्रका सिमसार नासिँदै गएकाले यसको संरक्षण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आयोजित चौथो नारायणी जलसंवाद तथा अन्तक्र्रिया कार्यक्रमका सहभागीले वन क्षेत्रका सिमसारको संरक्षण तथा खानेपानी संस्थाले पानी रिजार्चका लागि व्यवस्थापन गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन् । कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले सिमसार क्षेत्रले जैविक विविधता संरक्षण गर्ने […]

तरकारी खेतीबाट मनग्य आम्दानी

ढोरपाटन। बागलुङ नगरपालिका–३ बोक्सेका मोतिलाल सापकोटा ७४ वर्ष पुग्नुभयो । उमेरले बुढ्यौली लागे पनि उहाँमा काम गर्ने जोस, जाँगर र उत्साह भने युवाको भन्दा कम छैन । सापकोटाले व्यावसायिकरुपमा तरकारी खेती सुरु गरेको ३१ वर्ष भयो । उहाँको तरकारी खेतीप्रतिको लगाव उत्साहप्रद छ । तरकारी खेतीबाट सापकोटाले लाखौँ रुपैयाँको सम्पत्ति जोडिसक्नुभएको छ । उहाँले छ […]

तोरीखेतीमा कृषकको आकर्षण

झापा। बारीमा लट्टो परेर फलेको तोरी देखेर दङ्ग छन् मेचीनगर नगरपालिका–१४ दुहागढीका किसान विजय नेपाल । विदेश जानुको साटो स्वदेशमै व्यावसायिक कृषिमा लाग्ने उहाँको सोचमा फस्टाएको तोरी खेतीले उत्साह बढाइदिएको छ । चितवनपछि झापामा तोरी खेती प्रमुख तेहलन बालीका रुपमा विस्तार भइरहेको छ । मेचीनगरको दुहागढीमा तीन वर्षदेखि किसानहरु व्यावसायिक तोरी खेतीमा लागेको हुँदा स्थानीय […]

सुन्तला बिक्रीबाट मनग्य आम्दानी

गलेश्वर। म्याग्दीको बेनी नगरपालिका–३ मा पर्ने राखु र वडा नं. ४ को बास्कुना गाउँका कृषकहरुले यस वर्ष सुन्तला बिक्री गरेर यस वर्ष गाउँमा रु. साढे दुई करोड भित्र्याएका छन् । यहाँका गाउँलेहरुले पाखोबारी र धान फल्ने खेतमा सुन्तला खेती गरेपछि अहिले सोही गाउँका किसानहरुले आफ्नै गाउँमा बसेर वार्षिक करोडौँ रुपैयाँ कमाउन सफल भएका हुन् । […]

नारायणीमा डल्फिन भेटिएपछि संरक्षणकर्मी उत्साहित

नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन हुँदै बग्ने नारायणी नदीमा पटक–पटक डल्फिन देखिन थालेका छन् । डल्फिन देखिन थालेपछि यसक्षेत्रका संरक्षणकर्मी उत्साही बनेका छन् । “पछिल्लो एक महिनाको अवधिमा तीन पटक डल्फिन देखियो”, संरक्षणकर्मी टेक महतोले भन्नुभयो, “यसले हामीलाई निकै हौसला दिएको छ ।” महतोले गत मङ्सिर १४ गते, पुस १३ गते र पुस २६ गते […]

दोब्बर मूल्य पार्न सुन्तलाको भण्डारण

गलकोट। यस वर्ष सिगानाको विद्युतीय शीत भण्डारणमा १८ टन सुन्तला राखिएको छ । बागलुङ नगरपालिका–८ सिगानाका रामबहादुर खड्काले बेमौसममा सुन्तला बिक्रीका लागि शीत भण्डारण गृहमा १८ टन सुन्तला राख्नुभएको छ । सुन्तला गाउँका रुपमा परिचित सिगानामा यस वर्ष रु. तीन करोड सुन्तला उत्पादन भएको । सिगानामा उत्पादन भएको सुन्तलामध्ये १८ टन सुन्तला विद्युतीय शीत भण्डारण […]

महिलालाई आत्मनिर्भर बनाउँदै तिला गाउँपालिका

जुम्ला। जिल्लाको तिला गाउँपालिकाले पालिकाभित्रका महिलालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने अभियान थालेको छ । गाउँपालिका नौवटै वडाका महिलालाई च्याउखेती, खरायोको टोपी र सिलाइकटाइजस्ता सीपमूलक तालिम दिएको र अनुगमनलाई पनि विशेष जोड दिएको तिला गाउँपालिका अध्यक्ष रोकायाले बताउनुभयो । गत मङ्सिर २५ गतेदेखि सुरु भएको एकमहिने ढाका बुनाइसम्बन्धी पुनर्ताजकीय सीप विकास तालिम यहाँका महिलालाई दिएको […]