समाचार

बर्दियाका किसानलाई धान भित्र्याउन चटारो

बर्दिया। बर्दियाको बबई र कर्णाली नदीमा आएको बाढीले क्षति पु¥याएको धान भित्र्याउन राजापुर नगरपालिका–२ का ५८ वर्षीय सन्तोष थारूलाई एक छिन फुर्सद छैन । तिहार सकिएलगत्तै उनलाई अहिले पाकेको धान भित्र्याउने चटारो भएको हो । यस्तै गेरुवा गाउँपालिका–५ गिदरपुरकी भूमिसरा चलाउने पनि परिवारसहित दसैंको बेला आएको वर्षाले ढलेको र भिजेको धान काटन व्यस्त छन् । […]

खेती र फार्म सञ्चालनमा मजदुर पाइन छाडे

म्याग्दी। देशभरका कृषकलाई बाली भित्र्याउने चटारो छ । दसैं, तिहार मनाएपछि पहाडी क्षेत्रका कृषकले धान र कोदो भित्र्याउन थालेका छन् । खेतीबाली लगाउने र भित्र्याउने तथा पशुपक्षी फार्म सञ्चालन गर्न मजदुर अभाव मुख्य चुनौती बनेको छ । खेती लगाउने, भित्र्याउने तथा गाईभैँसी, भेडाबाख्रा फार्म सञ्चालन गर्न मजदुर पाइन छाडेका मङ्गला गाउँपालिका–२ सिमका दीपक केसीले बताए […]

‘जग्गा बेच्दै धान किनेर खाने बढे’

टिकापुर। कैलालीको टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ । छलफल कार्यक्रममा सहभागीले आर्थिक गतिविधि बढेमा विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यानपर्ने बताए । छलफलमा भाग लिँदै सामाजिक अभियन्ता भीमराम चपाईँले पहिला धान बेचेर जग्गा किन्थे, अहिले जग्गा बेचेर धान किनेर खाने गर्नाले समस्या भएको बताए । उनले टीकापुरमा सुरुको गुरुयोजना, त्यसपछिको […]

विदेशी फलफूलको प्रभाव बढ्दै

ललितपुर। यतिबेला फलफूल व्यवसायीहरुले तिहारलाई लक्षित गरी स्याउ, केरा, सुन्तला, मौसम, नरिबल आदि फलफूल स्वदेश तथा विदेशबाट उपत्यका भित्र्याउने गर्छन् । कालिमाटी, कुलेश्वर, बल्खु, जडीबुटी, एकान्तकुना, जोरपाटी, धुमवराहीलगायत काठमाडौं उपत्यकाको ठाउँठाउँमा फलफूलका थोक बजार छन् । काठमाडौं उपत्यकामा भित्रिने कुल फलफूलको ८० देखि ९० प्रतिशत कालिमाटी र कुलेश्वरको बजारमा जम्मा हुने गरेको सुनाउँछन् नेपाल फलफूल […]

बङ्गुरपालक किसानलाई बजार अभाव

कञ्चनपुर। कञ्चनपुरका बङ्गुरपालक किसानलाई बजारको अभाव भएको छ । बङ्गुरको बजारमा मागभन्दा उत्पादन बढी भएपछि बजार खोज्दै हिँडनुपर्ने अवस्था सिर्जना भएको छ । शुक्लाफाँटा नगरपालिका–१० झलारीमा एक दशकदेखि रिभर साइड पिक एण्ड एग्रो फार्म सञ्चालन गरी बङ्गुरपालन गर्दै आएकी कलावती भट्टले कोरोना सङ्क्रमण घटेसँगै बङ्गुरको बिक्रीमा कमी आएको बताइन्। रु तीन करोड लगानी गरी फार्ममा […]

किसानलाई अलैँची भित्र्याउने चटारो

फुङ्लिङ। नेपालीको महान चाड तिहारले गाउँघर झिलिमिली छ । घर, आँगनमा सयपत्री र मखमली फूलले ढकमक सझिएको छ । फक्ताङलुङ गाउँपालिका अलैँची किसानलाई देउसी भैलोमा नाचगान गरेर बस्ने समय छैन । चोकचोकमा देउसी र भैलो घन्किए पनि अलैँची किसानलाई भने पाकेको अलैँची घर भित्र्याउने चटाराले छोपेको छ । बुधबार फुङ्लिङ बजारमा दैउसी, भैलोको रौनक थियो […]

किवी र बिरूवा बेचेर लाखौं आम्दानी

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ६० वर्षीय दोर्जी शेर्पाले लगाउनुभएको किबीको बगानमा लटरम्म फलेर पाक्न लागेका करिब साढे आठ क्विन्टल किबीको फल छ । २०७३ सालबाट व्यवसायिक किबी खेती शुरु गरेका उनको दैनिकी अहिले त्यही किबीको हेरचाह तथा गोडमेलमा बित्दै आएको छ । भारतीय सेनाका पेन्सनर उनलाई ६३ वर्षीया श्रीमती मेनुकाले समेत सहयोग गर्दै […]

माटो परीक्षण गर्न कृषकको आनाकानी

पर्वत। कृषि कर्म गरिरहेका कृषकलाई मेहनत गरेअनुसार अन्नबाली उत्पादन भएको छ ? भनेर प्रश्न गर्ने हो भने अधिकांशको उत्तर आउँछ ‘कहाँको उत्पादन हुनु ? नगरी नभएर हो ।’ उनीहरूको जवाफ पनि सही हो । खेतबारीमा जति मेहेनत गरिएको हुन्छ, त्यसको तुलनामा अन्न उत्पादन नहुँदा धेरै कृषकले वैकल्पिक बाटो रोजेका छन् त कतिले व्यावसायिकरूपमा भन्दा आफूलाई […]

म्याग्दीका सुन्तलामा ‘स्केल’ रोग

म्याग्दी। म्याग्दीको प्रमुख निकासीयोग्य फलफूल सुन्तलामा नयाँ रोग देखिएको छ । दानाको बोक्रामा थोप्ला–थोप्ला दाग लागेर स्वरुप बिगार्ने ‘स्केल’ रोग देखिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले स्केलको दागले सुन्तलाका दानालाई विफर लागेको जस्तो स्वरुप बिगार्ने समस्या देखिएको बताए । “अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेको बगैँचामा पुगेर स्थलगत निरीक्षण र नियन्त्रणका उपायका विषयमा कृषकलाई परामर्श […]

उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुगेन

डोल्पा। प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पुर्याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ । तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिन युक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन । सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन नपाउने अवस्थाका कारण स्थानीयबासी मर्कामा पर्दै आएका छन् […]