समाचार

चैते धान लगाउने घटे

दोधारा चाँदनी। कञ्चनपुरमा पछिल्लो समय चैते धानको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका अनुसार जिल्लामा ५० हेक्टरमा लगाउने लक्ष्य रहे पनि चैते धान लगाउने किसानको सङ्ख्या न्यून छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत सञ्जु उपाध्याय रिमालले अन्य धानभन्दा चैते धान बढी […]

बाहिरी जिल्लाका किसानले धानेको छ चन्द्रागिरिको तरकारी खेती

ललितपुर। काठमाडौँको चन्द्रागिरि नगरपालिका कृषिका लागि उर्वर क्षेत्र मानिन्छ । अहिले पनि काठमाडौँको कलङ्की-नागढुङ्गा रुटमा सडक यात्रा गर्दा तरकारी खेतीका लागि तयार टनेल देख्न सकिन्छ । खेतीका लागि उपयुक्त वातावरणका साथै यहाँबाट ढुवानी पनि सहज हुने भएपछि किसानहरुको खेतीप्रतिको आकर्षणबढेको हो । कृषिका लागि उर्वरभूमि चन्द्रागिरिमा पछिल्लो समयमा कङ्क्रिटका घरहरु बाक्लिँदै जाँदा खेतीयोग्य जमिन बिस्तारै […]

किसान सङ्घर्ष समितिद्वारा आयोगको ध्यानाकर्षण

ललितपुर। तरकारी तथा कृषिजन्य वस्तुको उचित मूल्य प्राप्त नभएको भन्दै किसान सङ्घर्ष समितिले राष्ट्रिय किसान आयोगको ध्यानाकर्षण गरेको छ । लाई ज्ञापनपत्र बुझाउनुभएको छ । समितिका संयोजक लेखनाथ भुसालले आयोगलाई आज ज्ञापनपत्र बुझाउनुभएको छ । संयोजक भुसालले आयोगका सदस्य टेकबहादुर बोगटीलाई ज्ञापनपत्र बुझाउनुभएको हो । तरकारी तथा पशुजन्य उत्पादनलाई सरकारी निकायबाट संरक्षण प्राप्त नभएको र […]

पशुको बाँझोपन परीक्षण गर्न एक्स–रे सेवा

गुल्मी। गुल्मीमा भिडियो एक्स–रेबाट पशुको बाँझोपनको समस्या र गर्भ परीक्षण गर्न सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जिल्लाको रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकामा यो सेवा सुरु गरेको हो । कार्यालयका प्राविधिकले किसानको गोठगोठमै पुगेर सेवा सुरु गरेपछि यहाँका पशुपालक किसान खुसी भएका छन् । बाँझोपनको पहिचान र उपचार नहुँदा […]

पशु जन्य उत्पादनमा तनहुँ आत्मनिर्भर

तनहुँ। पशु जन्य उत्पादनमा तनहुँ आत्मनिर्भर भएको छ । सहज यातायात पहुँचका कारण यस जिल्लाबाट उत्पादित अण्डा, कुखुरा र दूध अन्य जिल्लामा समेत निर्यात हुँदै आएको भेटेरिनरी अस्प्ताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । तनहुँमा आर्थिक वर्ष २०७८/७९ मा २ करोड ७० लाख ६० हजार ८ सय अण्डा उत्पादन भएको थियो । उत्पादित […]

मल अभाव हुँदा चिन्तामा किसान

मेलम्ची। सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ । खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन् । “खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन । मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ”, इन्द्रावती–१२ का अबिन्द्र दनुवारले दुःखेसो पोख्नुभयो । उहाँ जस्तै जिल्लाका अधिकांश किसानले युरिया मल नपाउँदा हैरान एका छन् । […]

चिया निर्यातबाट बर्सेनि तीन करोड विदेशी मुद्रा आर्जन

झापा। चिया निर्यातबाट बर्सेनि रु. तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । सो मध्ये शून्य दशमलव ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले बताउनुभयो । उहाँले […]

तुलसीपुरमा सामूहिक खेती फस्टाउँदै

तुलसीपुर। हुस्सुले धपक्कै ढाकिकरहेको थियो । तपतप शीतका थोपा खसिरहेका थिए । तर तुलसीपुर उपमहानगरपालिका– १२ कचिलाका महिलामा त्यसको कुनै प्रवाह थिएन । एक हातमा कुटो, अर्को हातले छुपु–छुपु प्याजका बेर्ना रोपिरहेका हुन्छन् । कोही प्याजका बेर्नामा पानी हालिरहेका हुन्छन् भने कोही जमिन सम्ह्याइरहेका हुन्छन् । त्यहाँ २५ किसानको दैनिकी अहिले त्यसरी नै बितिरहेको छ […]

तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स

भरतपुर। कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि सङ्घीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसानलक्षित कृषि एम्बुलेन्स खरिद गर्न लागेको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । घुम्ती सेवामार्फत कृषि उत्पादन किसानका घर–घरबाट बजारसम्म ल्याइने उहाँले जानकारी दिनुभयो […]

कृषकलाई चैते धान लगाउन चटारो

मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सिँचाइको सुविधा पर्याप्त भएका सिमसार क्षेत्रका किसानलाई अहिले हिउँदे(चैते) धान लगाउन चटारो भएको छ । कावासोती, गैँडाकोटा, देवचुली, मध्यविन्दु नगरपालिका तथा वियनी त्रिवेणी, बुलिङटार र बौद्धिकाली गाउँपालिकामा हिउँदे धान खेती हुने क्षेत्र हुन् । सो क्षेत्रका किसानलाई अहिले अर्मपर्म गरेर धान लगाउन चटारो भएको हो । बर्खे धानको तुलनामा चैते […]