दार्चुलाको ग्रामीण क्षेत्रका बस्तीमा खानेपानीको समस्या
खलङ्गा। दार्चुलाको शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकाका दर्जनौँ गाउँमा खानेपानीको समस्या हुन थालेको छ । सुक्खायाम सुरु भएसँगै ग्रामीण बस्तीमा खानेपानीको चरम समस्या हुन थालेको हो । यो वर्ष समयमै वर्षा नहुँदा अधिकांश खानेपानीका मुहान सुक्न थालेका छन् । लामो समयसम्म नियमित वर्षा नहुँदा मुहानहरुमा पानीको मात्रा घटेकाले स्थानीयवासी अभाव बेहोर्दै आएका छन् […]




