समाचार

उपयुक्त चरन क्षेत्रमा मह उत्पादन दोब्बर

गलकोट। मौरी चरनका लागि ललितपुरको धापाखेलबाट बाग्लुङको कुँडुले फाँट आउनुभएका धर्मराज श्रेष्ठले एक हप्तामा तीन लाख बढीको मह उत्पादन गर्नुभयो । एक सय मौरीका घारसहित चरनका लागि आउनु भएका उहाँले तीन सय केजी मह उत्पादन गरेको बताउनुभयो । “मह प्रतिकेजी रू. एक हजार दुई सयकादरले तीन लाखभन्दा बढी आम्दानी भइसकेको छ, अहिले प्रत्येक साता मह […]

ब्रान्डसहित सिस्नु उत्पादनमा महिला

चौतारा। सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–२ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्राङ्गारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न एकजुट भएका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाले खेरगइरहेको बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । सुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज््याए पनि अहिले यसले व्यावसायिकरूप लिएपछि अन्य महिला दिदीबहिनी पनि यसतर्फ आकर्षित भएको स्थानीयवासी […]

कृषिजन्य वस्तुुको पकेट क्षेत्र घोषणा : नलगाडले निर्यात गर्न थाल्यो कृषिजन्य वस्तु

जाजरकोट। कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि नलगाड नगरपालिकाले १० वटा बालीको पकेट क्षेत्र बनाएर काम थालेको छ । आयतित वस्तुुलाई भन्दा आफैँ उत्पादनमा जोड दिएर कृषिजन्य वस्तुु उत्पादन गरी बाहिर निर्यात गर्ने उद्देश्यका साथ विभिन्न बालीको पकेट क्षेत्र बनाएर काम थालिएको नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो । नगरभित्रबाट मह, लसुन, मकैलगायतका […]

शहरी फोहोर व्यवस्थापनको एक उपाय : कौशी तरकारी खेती

नेपाल एक कृषि प्रधान देश हो । यहाँको माटो मलिलो छ । यो देश र यस देशमा बसोवास गर्ने प्राय ः सबै मेहनती र परिश्रमी दाजुभाई दिदीबहिनीहरु हुनुहुन्छ । भौगोलिक विविधताले भरिपुर्ण मुलुक भएर होला, यहाँका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका भूभागमा ठाँउ अनुसारका विभिन्न खाद्यान्न बाली, नगदेबाली र अन्य सागसब्जी लगायत सबै किसिमका बालीहरु उत्पादन […]

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

धनकुटा। बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुश्किल परेको छ । यस्ता सामग्रीको माग स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै रहेको छ । सहिदभूमि गाउँपालिका–६ का ज्ञानकुमार राई बजारले माग गरेको आधा पनि बाँसबाट बनेका सामग्री आपूर्ति गर्न नसकेको बताउनुभयो । विगत २३ वर्षदेखि बाँसको काम गर्दै आउनुभएका ४० वर्षीया राईले नेपालका विभिन्न सहरलगायत […]

दूधको मूल्य बढाउन माग

भरतपुर। चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसंग आग्रह गरेका हुन् । पत्रकार सम्मेलनमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूधको मूल्य बढाउन र कच्चा पदार्थको मूल्यवृद्धिलाई रोक्न माग गर्नुभयो । उहाँले बैंक […]

भोजपुरमा सुन्तला उत्पादनमा वृद्धि

भोजपुर। भोजपुरमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यहाँ आठ सय ५३ मेट्रिक टन बढी सुन्तला उत्पादन वृद्धि भएको हो । यस वर्ष छ हजार दुई सय ९३ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । गत वर्ष पाँच हजार चार सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो […]

आलुखेती गर्ने किसानलाई तालिम

रुकुमपूर्व। रुकुमपूर्वमा व्यावसायिकरूपमा आलुखेती गरिरहेका किसान तालिम पाएपछि औधी खुसी भएका छन् । यस जिल्लामा मकै र गहुँपछिको प्रमुख बालीका रूपमा रहेको आलुखेती रहेको छ । यसलाई थप प्रवद्र्धन एवं व्यवस्थित गर्नका लागि किसानलाई तालिम प्रदान गरिएको हो । अहिलेसम्म परम्परागतरूपमा हुँदै आएको आलुखेतीलाई आधुनिकीकरण, यान्त्रिकीकरण गर्दै बजार व्यवस्थापनसम्मको कुरालाई तालिममा किसानलाई सिकाइएको जनाइएको छ […]

गहुँको आयात खुलाउन निजी क्षेत्रको माग

ललितपुर। नेपाल उद्योग वाणिज्य महासङ्घले गहुँको आयात खुलाउन र स्टार्टअप कार्यविधि स्वीकृत गर्न माग गरेको छ । महासङ्घको प्रतिनिधिमण्डलले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटी सो माग राखेको हो । महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र उद्योगमन्त्रीबीच भएको भेटवार्तामा उद्योग व्यवसाय प्रवद्र्धनका लागि सहजीकरण, अस्थिर ब्याजदरमा नियन्त्रण, भारतले रोकेको गहुँको आयात […]

बगरखेतीबाट जीविका चलाउँदै थारु समुदाय

महेन्द्रनगर। कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देउका सुदराम चौधरीले दोदा नदीको बगरमा तरकारी खेती गर्न लागेको १४ वर्ष भयो । भारतको दिल्लीदेखि मुलुकका धेरै ठाउँमा ज्यालादारी गर्दै हिँड्नुभएका चौधरीले अहिले भने दोदा नदी बगरको कमाइले धनगढीमा घडेरी खरिद गर्नुभएको छ । पौने दुई बिघा बगरमा लौकी, काँक्रा, पर्सीलगायतका तरकारी उत्पादन गरी गाउँमै बिक्रीवितरण गरिरहनुभएका चौधरीले वार्षिक रू. […]