समाचार

किसानलाई उन्नत जातको धानको बीउ वितरण

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाले धानको उत्पादन बढाउन किसानलाई उन्नत जातको धानको बीउ वितरण गरेको छ । नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार एक सय ५० किसानलाई धानको बीउ वितरण गरिएको हो । किसानलाई सावा मन्सुली, राधा–४, सर्जु–५२, रामधान, सावित्री र सुक्खा धानको बीउ वितरण गरिएको नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले बताए । “समूह, सहकारी, फर्म र व्यक्तिगतरुपमा किसानको […]

ब्यूँतिएला गोरखकाली रबर उद्योग ?

गण्डकी। रुग्ण गोरखकाली रबर उद्योगलाई पुरानै स्थितिमा फर्काउने सरकारको घोषणा कार्यान्वयन होला त भन्ने प्रश्न फेरि सतहमा आएको छ । सरकारले हालै सार्वजनिक गरेको आउँदो आव २०८०/८१ को नीति तथा कार्यक्रममा बन्द अवस्थामा रहेको सो उद्योग पुनःसञ्चालनमा ल्याउने उल्लेख छ । सरकारको उक्त निर्णयले आशा जगाएको भए पनि घोषणा कार्यान्वयन हुनेमा भने जनस्तरमा संशय छ […]

म्याग्दीमा मह उत्पादन घट्यो

गलेश्वर। हिमाली जिल्ला म्याग्दीका स्थानीय तहले खेतीयोग्य जमिन र बस्ती नजिकका रुख काट्ने अभियान चलाएपछि मौरीपालन व्यवसाय प्रभावित बनेको छ । बस्ती नजिकका आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पति नासिँदै गएपछि पुष्परसको अभावका कारण मह उत्पादन घट्दै गएको किसानको भनाइ छ । त्यसैगरी वातावरणीय प्रदूषण र जलवायु परिवर्तनका कारण विभिन्न किसिमका रोगकीराको प्रकोप देखिन थालेका […]

किसानलाई बाख्रा र धानको बीउ

भरतपुर। चितवनको भरतपुर महानगरपालिका–२२ का १५ परिवारलाई बाख्रा वितरण गरिएको छ । निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई दुईवटाका दरले बाख्रा वितरण गरिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बाख्रा वितरण गर्दै निम्न आयस्तर भएका नागरिकको जीवनस्तर सुधार्न युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताइन् । यो कार्यक्रममार्फत बाख्रा, बङ्गुर कुखुरा र हाँस […]

रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित

डुम्रे। तनहुँ जिल्लामा रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित भएका छन् । व्यास नगरपालिका–१ का मीनबहादुर दरैले मल आएपछि यसपाली त बालीनाली राम्रो हुने आशा जागेको बताउनुभयो । “मल आएको छ भन्ने थाहा पाएपछि हतारमा अन्य काम छाडेर मल लिन दौडिएँ, कम नै भए पनि मल पाएपछि थोरै थोरै गरी हाल्ने र फसल लाग्ने बेलाको […]

किसानको रोजाइमा नगदेबाली

बागलुङ। बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाका वडा अध्यक्ष कुलबहादुर बिकलाई आजभोलि आलु भित्र्याउने भ्याइनभ्याई छ । उनी बिहानबेलुका बारीमा लगाएको आलु उकेल्छन्, दिनभरी वडा कार्यालयबाट जनताको सेवा गर्छन् । उनले जस्तै वडाका किसानले बारीमा लगाएको बर्खे आलुको फसल लिने बेला भएको छ । धम्जाका किसान आलुको व्यवसायीक खेती गर्छन् । यहाँको आलु स्थानीय र बाह्य […]

मनकामनामा सुन्तलाको प्रतिमा स्थापना

गोरखा। सुन्तला उत्पादनका हिसाबले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ । सहिद लखन गाउँपालिका–२ स्थित मनकामनाको ढाँटबारीमा सुन्तला खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सुन्तलाको प्रतिमा स्थापना गरिएको वडाध्यक्ष सकुन थापामगरले जानकारी दिनुभयो । “मनकामनाको सुन्तला ग्राहकको पहिलो रोजाइमा पर्छ”, उहाँले भन्नुभयो, “सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको ढाँडबारी गाउँलाई सुन्तलाकै माध्यमबाट प्रचार–प्रसार […]

कैलालीमा रासायनिक मल आपूर्ति अनिश्चित

टीकापुर। कैलालीमा रासायनिक मल अभाव हुने भएको छ । हरेक वर्ष किसानले मलको समस्या झेल्दै आएका र यस वर्ष पनि डिएपी मलको अभाव हुने उनीहरुलाई चिन्ता छ । कैलालीमा रासायनिक मलको आपूर्ति पर्याप्त नहुँदा यस वर्ष मल अभाव हुने देखिएको छ । सरकारले अन्र्तराष्ट्रिय बोलपत्रका अतिरिक्त कृषि सामग्री र साल्टटेडिङ कम्पनीले जिटुजीअन्तर्गत भारत सरकारका आधिकारिक […]

हराउँदै सनपाट खेती

महोत्तरी। पछिल्लो समय महोत्तरीमा सनपाट खेती हराउँदै जान थालेको छ । करिब दुई दशकअघिसम्म सबैजसो किसानले गर्ने खेती देखिन छाडेको हो । घरायसी प्रयोजनका नाम्ला, दाम्ला, डोरी र ठूलो रस्सा बनाइने र सनपाट बेचेर नगद जोहो गर्ने यो खेती अब जिल्लामा गर्न छाडिएको छ । जिल्लाको भङ्गाहा नगरपालिका–४ का ७८ वर्षीय दलबहादुर फुँयालका हातमा अन्य […]

म्याग्दीको ढकायो विदेशमा कोसेली

म्याग्दी। म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने ढकायो साग कोसेलीका रुपमा विदेशसम्म पुग्न थालेको छ । रोजगारी, पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु र म्याग्दी घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाले ढकायोलाई कोसेलीका रुपमा लैजाने गरेका हुन् । अन्नपूर्ण गाउँपालिका–३ काभ्रेकी सुकमाया बुढाथोकीले बेलायत, हङकङ, जापानलगायत देशमा ढकायो पठाउने गरेको बताउनुभयो […]