समाचार

सात हजार किसानले पाए प्रोत्साहन अनुदान

चितवन। जिल्लामा चैतेधान खेती गरेका छ हजार नौ सय ९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान रकम प्राप्त गरेका छन् । सरकारले चैते धान लगाउने किसानलाई आकर्षित गर्न अनुदान रकम वितरण गरेको हो । बीस कट्ठासम्म धान लगाएका किसानले प्रतिकट्ठा एक सयका दरले र सोभन्दा बढी धान लगाएका किसानले ९५ का दरले अनुदान रकम प्राप्त गरेको कृषि […]

चैते धान खेती प्रवर्द्धन गरिँदै

गण्डकी। गत वर्ष गण्डकी प्रदेशका किसानले पाँच हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा मात्रै चैते धान रोपेका छन् । जुन आर्थिक वर्ष २०७८/७९ को तुलनामा एक हजार सात सय ३५ हेक्टरले कम हो । रोपाइँको क्षेत्रफलसँगै गत आवमा धान उत्पादन पनि घटेर २७ हजार चार सय ३७ मेट्रिक टनमा सीमित बन्यो । आर्थिक वर्ष २०७८/७९ […]

फस्टाउँदै केराखेती

गलेश्वर। म्याग्दीमा पछिल्लो समय केराखेती फस्टाउँदै गएको छ । यहाँका किसानले आयआर्जन गर्न व्यावसायिकरुपमा केराखेती गर्न थालेका छन् । म्याग्दीका ६ वटै स्थानीय तहमा केराखेती गर्ने क्रम बढ्दो छ । जिल्लाका दुई सय १४ किसानले व्यावसायिकरुपमा केरा खेती गर्दै आएको तथ्याङ्क छ । उनीहरुले वार्षिक छ लाखदेखि १३ लाखसम्म आम्दानी गरेका छन् । बेनी नगरपालिका–२ […]

कृषि व्यवसायमा मोह बढाउँदै भोजपुरका युवा

भोजपुर। भोजपुरमा विदेशको भोगाइपछि आफ्नो ठाउँ फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाको सङ्ख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाहरूका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवामा कृषिप्रति मोह बढेको हो । यहाँका युवाले अहिले व्यावसायिकरूपमा कृषि गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी […]

हिउँदे सिँचाइका लागि पानी सङ्कलन

गोरखा। गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित महादेवटार फाँटमा हिउँदे सिँचाइका लागि पानी सङ्कलन गर्न पोखरी निर्माण गरिएको छ । सुक्यायाममा बाँझो जमिनमा सिँचाइ सुविधा पुर्याउन पोखरी निर्माण गरिएको वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठले जानकारी दिए । करिब पाँच सय रोपनी बाँझो जमिनमा सिँचाइ सुविधा पुग्ने गरी पोखरी निर्माण गरिएको उनले बताए। बूढीगण्डकी नदीको पानी तानेर पोखरीमा जम्मा […]

कृषकलाई अनुदानमा कृषि एम्बुलेन्स सहयोग

रत्ननगर। चितवनको इच्छाकामना गाउँपालिकाले यहाँका कृषकका लागि अनुदानमा कृषि एम्बुलेन्स प्रदान गरेको छ । इच्छाकामना–२ स्थित हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, वडा नं २ का वडाध्यक्ष पञ्चबहादुर चेपाङ, वडा नं ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीलगायतले […]

‘एभोकाडो सिटी’ अभियान सुरु

भक्तपुर। भक्तपुरको चाँगुनारायणमा ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान सुरु भएको छ । एक घर दुई एभकाडो बिरुवा रोप्दै आगामी तीन वर्षभित्र चाँगुनारायण नगरपालिकालाई ‘एभोकाडो सिटी’ बनाउने अभियान सुरु भएको हो । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार एवं अर्थविद् डिपी ढकालले भक्तपुरको परिकल्पनालाई साकार पार्न यहाँका स्थानीयलाई एभोकाडोको बिरुवा वितरण गर्दै अभियान सुरु गरेका हुन् […]

कृषि क्षेत्रमा स्थानीय तहको प्राथमिकता

दमौली। तनहुँका स्थानीय तहले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । जिल्लाका स्थानीय तहले कृषकलाई कृषिमा प्रोत्साहन गर्ने उद्देश्यसहित यो क्षेत्रलाई प्राथमिकता राखेर आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बनाएका छन् । स्थानीय तहले चामल आयातलाई घटाउँदै पालिकाभित्र उत्पादित धानलाई एकत्रित गरी आफ्नै उत्पादनलाई प्रोत्साहन गर्नेदेखि नगदे बालीलाई सङ्कलन केन्द्रमार्फत् बजारीकरण गर्ने व्यवस्था मिलाउने उल्लेख […]

व्यावसायिक पशुपालनमा आकर्षण

जानकी। बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्छन् । उनले तयार पारेको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ । बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उनको घर छेउमा आएर हर्न बजाउँछ । उनले तयार पारी राखेको २५ लिटर जति दूधको भाँडो उठाएर लैजान्छ । यो क्रम विगत पाँच […]

लम्पी स्किनविरुद्ध पशुमा खोप लगाइँदै

कास्की। पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध जिल्लामा धमाधम खोप कार्यक्रम सञ्चालन भएको छ । महामारी फैलिदासम्म खोप खरिदका लागि बजेट अभावले काम सुरु नभएकामा असार अन्तिम सातादेखि पशुमा खोप लगाउन सुरु गरिएको हो । पोखरा महानगरपालिका र चार गाउँपालिका रहेको कास्कीमा सबै पालिकामा गरी हालसम्म १२ हजार आठ सय ५० गाई, भैँसी र […]