समाचार

विस्थापित हुँदै परम्परागत घर

बेदकोट। थारु समुदायको परम्परागत पहिचान बोकेका घरहरु लोप हुन थालेका छन् । थारुबस्तीमा काठले बनाएका परम्परागत घरहरु अचेल बन्न छाडिसकेका छन् । “आजकल इँटा, ढुङ्गाका घर बन्न थालेका छन्”, बेदकोट नगरपालिका–५ का स्थानीय राजेश रानाले भने, “काठबाट बन्ने घर बन्न छाडिसकेका छन् ।” काठले निर्माण गरिएका थारु बस्तीका अधिकाशं घर माटोले लिपपोत गरिएका हुन्छन् । […]

तनहुँ मासु, अण्डा र दूधमा आत्मनिर्भर

दमौली। पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै दूध, मासु र अण्डामा तनहुँ आत्मनिर्भर बन्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्न सफल भएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए । आत्मनिर्भर बनेसँगै यहाँ […]

अब मजदुरी गर्न भारत जाँदैनन् आनन्दपुरका किसान

बझाङ। बझाङको वित्थडचिर गाउँपालिका–१ आनन्दपुरका कलक बोहराले पुस्तौँदेखि मकै लगाउँदै आएको बारीमा यसपटक रातो आलु लगाए । आनन्दपुरमा मकैको तुलनामा रातो आलुको उत्पादन अत्यधिक भएपछि उहाँ तरकारी खेती रोजेका हुन् । बर्सेनि भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका बोहरालाई यसपटक पर्याप्त आलु उत्पादन भएपछि घर छोड्न मन लागेको छैन । छोड्नुपर्ने अवस्था पनि छैन । […]

गण्डकीमा किसानलाई आवश्यक रासायनिक मल मौज्दात

कास्की। बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका गण्डकी प्रदेशका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेड पोखराले मल अभाव नहुने जानकारी दिएको हो । कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाका अनुसार हाल कम्पनीमा डीएपी २१ टन र युरिया ५ टन गोदाममा छ । थप मल आउने क्रममा रहेकाले यस […]

चिया कफी प्रवर्धनमा स्थानीय तह

खोटाङ। दश स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवद्र्धन कार्यक्रम लागू गरेका छन् । लेकाली भेगमा खालिरहेको जग्गा उपयोगमा ल्याउनाका साथै स्थानीय बासिन्दालाई आफ्नै गाउँमा रोजगारी सिर्जना गरेर उनीहरुको आम्दानीको स्रोत वृद्धि गर्ने उद्देश्यले अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवद्र्धनका कार्यक्रम लागू गरेका हुन् । जिल्लाको सबैभन्दा ठूलो […]

भकारो सुधारले उत्पादन वृद्धि

बलेवा। बागलुङको गलकोट नगरपालिका–९ रिस्मीका पुरुषोत्तम सापकोटाको गोठ अहिले चिटिक्क देखिन्छ । भकारो सुधारका कारण छ गोठमा बाँधेका भैँसी पनि पुष्ट देखिन्छन् । खेती किसानी गरेर परिवार पाल्दै आएका उनले बस्तुभाउ पाल्न थालेको पनि धेरै भयो । बाउबाजेका पालादेखि नै सापकोटाको परिवार कृषिमा निर्भर थियो । खेतीपातीसँगै बस्तुभाउ पाल्दै आउनुभएका उनीहरुलाई थाहा थिएन कि भकारो […]

कडीपत्ता बेचेर आम्दानी

बेदकोट। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका रङ्गे बुढा ७३ वर्षको पुगे । उनी डेढ दशकअघि डडेल्धुराबाट बसाइँ सरेर खल्ला झरेका थिए। जङ्गलमा पाइने कडीपत्ता बिक्री गरेर उनले जीविकोपार्जन गर्दै आइरहेका छन्। “छोराहरु स्वदेशमा काम नपाएर विदेश गएका छन्, घरमा म एक्लै छुँ”, उनले भने “खल्लामा बस्न थालेपछि यहाँको वनमा पाइने कडीपत्ता बेचेर जीवन निर्वाह गरिरहेको छु […]

बीस हजार दुई सय हेक्टर जमिनमा पुग्यो सिक्टाको पानी

राँझा। राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पानीले यस वर्ष बाँकेको २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ । आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट चार हजार दुई सय गरी २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको आयोजनाका सूचना अधिकारी इन्जिनियर विशाल यादवले जानकारी दिए । बाँकेको करिब ४३ हजार हेक्टर […]

पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ

अन्नपूर्ण। माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर । ढुङ्गाकै गारो, ढुङ्गाकै बाटोले गाउँको पहिचान दिलाउँछ । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुन्छ । पोखरा महानगरपालिका–१६ अर्मलाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । पोखरा सहरबाट १२ किलोमिटर टाढा रहेको […]

केराका थामबाट हस्तकलाका सामग्री

गल्याङ। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराजन्य कच्चा पदार्थबाट जुस र हस्तकलाका सामग्री बनाएर रोजगार दिने योजना अगाडि बढाएको छ । ‘एक घर एक रोजगार’ सिर्जना गर्ने उद्देश्यसहित गाउँपालिकाले आफ्ना नागरिकलाई हस्तकलाका सामग्री बनाउन सिकाएको प्रमुख प्रसासकीय अधिकृत देवेन्द्र पाण्डेले जानकारी दिए । गाउँपालिकाले ‘एक घर एक रोजगार’ सिर्जना गर्ने उद्देश्यसहित बृहत्रूपमा केराखेती गरेर फल उत्पादन गर्ने, […]