समाचार

अन्नबाली छाडेर कागतीखेती शुरु

पाल्पा। धान, मकै, गहुँलगायतका अन्नबाली उत्पादन हुने जग्गामा रामपुर नगरपालिका–७ बस्ने कृषक मनोरथ भट्टराईले कागतीखेती शुरु गर्नुभएको छ । अन्नबालीको तुलनामा कागतीखेतीले राम्रो फाइदा हुने सम्भावना देखेपछि व्यावसायिक तवरले कागती लगाउनुभएको छ । करिब सात रोपनी क्षेत्रफलमा ४०० बोट कागती लगाउनुभएको छ । बजारमा कागतीको माग बढ्दो र यसबाट राम्रो कमाई गर्न सकिने भएपछि भट्टराईले […]

कुखुराको मासु अहिलेसम्मकै उच्च, व्यवसायीलाई लोभले लोप्पा खुवायो

चितवन। झण्डै डेढ महीनाअघि उत्पादन बढी भएर कुखुराको मासु पर्याप्त विक्री हुन नसकेको चितवनमा हाल उत्पादन घटेपछि बजारमा मासुको मूल्य ह्वात्तै बढेको छ । यसअघि प्रतिकेजी रू. २४० देखि २६० सम्म उपभोक्ताले तयारी मासु किन्दै आएपनि अहिले यसको मूल्य वद्धि भएर प्रतिकेजी रू. ४०० सम्म पुगेको छ । बजारमा मागको अनुपातमा आपूर्ति नहुँदा मूल्य बढेको […]

बिषादीयुक्त तरकारी निरुत्साहित गर्न एक वडा एक प्राविधिक

रामपुर। बाहिरबाट आउने बिषादीयुक्त तरकारीलाई निरुत्साहित गर्न पाल्पाको रामपुर नगरपालिकाले ‘एक वडा एक प्राविधिक परिचालन’ गरिएको छ । नगरका दशवटै वडामा एक वडा एक प्राविधिक छनौट गरी परिचालन गरिएको नगरपालिकाले जनाएको छ । बाहिरबाट बिषादी प्रयोग भएका तरकारीले रामपुर बजार ढाकेपछि स्थानीय उत्पादनलाई बढावा दिन रामपुर नगरपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रम पनि सञ्चालन गरेको […]

तरकारी तथा बाख्रा जोन कार्यक्रममा सुचिकृत हुने अवशर

अर्घाखाँची। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ तरकारी / बाख्रा जोन सन्धिखर्कले अर्घाखाँचीमा आवद्ध भै व्यवसायीक रुपमा बाख्रा पालन उत्पादन / प्रशोधन /बजारीकरण गर्न ईच्छुक कृषक समुह, कृषि तथा पशु सहकारी र नीजि कृषि तथा पशु फार्मलाई फाल्गुन २० गते भित्र परियोजना कार्यान्वयन ईकाईमा सूचिकृत हुन सूचना प्रकाशित गरेको छ । थप जानकारीका लागि […]

‘घाँसी बाजे’ को यो बर्ष, २५ लाखको घाँस बिक्री गर्ने लक्ष्य

दमौली। तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका वामदेव खनाल ‘घाँसी बाजे’ को नामबाट परिचित हुनुहुन्छ । ७० वर्ष उमेर पूरा भइसक्नुभएका उहाँले घाँस खेतीबाटै दामसँगै नाम पनि कमाउनुभएको छ । उहाँलाई चिन्नेहरु तनहुँमा मात्रै होइनन्, देशभर छन् । उहाँलाई सबैले ‘घाँसी बाजे’ को नामबाट बोलाउने गर्दछन् ।खनालले घाँस बिक्रीबाटै वार्षिक लाखौँ आम्दानी गरिरहनुभएको छ । खनालले यो […]

माछापालनमा रमाउँदै जनप्रतिनिधि

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का गोपालसिंह कार्कीले माछापालन व्यवसायबाट वार्षिकरुपमा रु. २० लाख बढी आम्दानी गर्दै आउनुभएको छ । उहाँले पाँच बिघा १० कट्ठा जग्गामा नौ पोखरी निर्माण गरी माछापालन गर्दै आउनुभएको छ । वडामा भित्र सो व्यवसायबाट सबैभन्दा बढी आम्दानी गर्नेमा उहाँ पहिलो नम्बरमा हुनुहुन्छ । उहाँ निर्वाचित वडासदस्य हुनुहुन्छ । उहाँको पोखरीमा रोहु, […]

फर्पिङको नास्पाती ‘ब्लक’ कार्यक्रममा समेटिँने

ललितपुर। फर्पिङको नास्पाती भन्नेवित्तिकै हरेक नेपालीको मस्तिष्कमा आकर्षक दाना, रसिलो र स्वादिलो चित्र आउँछ । भादगाउँले टोपी, खोकनाको तेल, टोखाकोे चाकु र फर्पिङको नास्पाती अहिले पनि सर्वसाधारणको मन मनमा छ । ठाउँ विशेष उत्पादनको अस्तित्व जोगाउन हम्मेहम्मे छ, तर परम्परागत तरिका अपनाएका फर्पिङका किसानले भने अझै पनि नास्पातीको महत्व जोगाइराखेका छन् । नास्पातीका लागि ‘फर्पिङ’ […]

मुस्ताङमा पुनः हिमपात : चिसोले जनजीवन प्रभावित

ठिनी। मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लेतेलगायत मुस्ताङका तल्लो क्षेत्रमा हिउँ परेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए । सडकमा हिउँ कम भएका कारण बेनी–जोमसोम, जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सुचारु रहेको उनले बताए । जोमसोमा आधा फिटसम्म र जोमसोममाथिको गाउँहरुमा एक फिटसम्म बाक्लो हिउँ जमेको छ […]

‘साना कृषि मोडेल फर्म स्थापना’ का लागि ३९ फर्म छनोट

लमजुङ। कृषि ज्ञान केन्द्र लमजुङले ‘साना कृषि मोडेल फर्म स्थापना’ सहयोग कार्यक्रमअन्तर्गत अनुदानका लागि ३९ वटा फर्म छनोट गरेको छ । लमजुङबाट ११० र मनाङबाट एक गरी कूल १११ वटा आवेदन परेकोमा तीमध्ये मनाङको एकसहित ३९ फर्म छनोट गरिएको कृषि ज्ञान केन्द्र लमजुङका कार्यालय प्रमुख रोहणीराज घिमिरेले बताउनुभयो । छनोट मूल्याङ्कन समितिले किसानको घरदैलोमै पुगेर […]

बागलुङमा कुखुरा मासुको मूल्य अहिलेसम्मकै उच्च

गलकोट। बागलुङमा ब्रोइलर कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको छ । एक महिनाको अवधिमा तीनपटकसम्म मासुको मूल्यवृद्धि भएको मासु व्यवसायी सङ्घ बागलुङले जनाएको छ । जिल्लामा उत्पादन भएका ब्रोइलर कुखुराले बजारको माग धान्न नसकेपछि मूल्यवृद्धि गर्नुपरेको सङ्घका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो । माघ महिनाको अहिलेसम्म तीनपटक मूल्यवृद्धि भएको छ । महिनाको शुरुमा रु. ३८० […]