जैविक कृषि एक उत्पादन प्रणाली हो जसले माटो, वातावरण तथा मानिसको स्वास्थ्यको ख्याल राख्छ । जैविक कृषिले परम्परागत खेती देखि लिएर नवीन प्रद्धती तथा वैज्ञानिक खेतीलाई समेत समेटेर वातावरण तथा मानिसको स्वास्थ्यमा सकारात्मक असर पु¥याउने गर्दछ । जैविक कृषिले माटोको उर्वरा शक्तिको संरक्षण कार्वनडाइअक्साईडको संचय, इन्धनको प्रयोगमा कमी गर्नुको साथै जैविक विविधताको समेत संरक्षण गर्न गर्दछ । जैविक खेतीमा रासायनिक मल, केमिकल पेष्टिसाइड, फङगीसाइड, जेनिटिकल्ली मोडिफाइड जीवाणुको प्रयोग निषेध गरिएको हुन्छ जसकारण जैविक कृषिबाट उत्पादित वस्तु स्वस्थ्य हुनुको साथसाथै पेष्टिसाइडको नकारात्मक असरबाट मुक्त हुन्छ ।

जैविक खेतीमा पोषक तत्वको व्यवस्थापन :
पोषक तत्व विरुवाहरुको वृद्धि विकासको लागि चाहिने एक अति आवश्यक चिज हो । जैविक खेतीबाट उत्पादित वस्तुलाई पनि पोषक तत्वको त्यति नै आवश्यकता पर्दछ । जैविक खेतीमा पोषक तत्वको व्यवस्थापनको लागि हामीले प्राङ्गारिक मल, कन्ये च्याउ बनाएको पराल, हरियो मल, चमेरोको बिष्ट, प्रयोग गर्ने गरिन्छ । त्यसैगरी खुदो, सख्खर र विभिन्न प्रकारका पिना सुक्ष्म जीवाणुको गतिविधि बढाउनको साथै कम्पोष्ट मल छिटो कुहाउनका लागि प्रयोग गर्न सकिन्छ । माटोमा लवण तत्वको कमी भएमा त्यसको पूर्तीको लागि हड्डी चूर्ण र डोलो माइट प्रयोग गर्न सकिन्छ । साथै पोटास तत्वको मात्रा बढाउन र माटोका अम्लीयपन घटाउन दाउराको खरानी समेत प्रयोग गर्ने गरेको पाइन्छ । माटोको उर्वरा शक्ति बढाउन कुखुरा फार्मबाट निस्कीएको मल, फार्म तथा भान्सा घरबाट निस्कीएको मल साथै भर्मीकम्पोष्ट प्रयोग गर्न सकिन्छ ।

हरियो मलको रुपमा धैँचा, सनहेम्प, मास र बोडीको प्रयोग गर्न सकिन्छ । यि बिरुवाहरुले वातावरणमा रहेको नाइट्रोजनलाई माटोमा संचय गरी त्यहाँ उत्पादन हुने बिरुवाहरुलाई आवश्यक पर्ने नाइट्रोजन प्रदान गर्दछ । तसर्थ यि बिरुवाहरुलाई नाइट्रोजन फिक्सीङ बिरुवा भन्ने गरिन्छ । सर्वप्रथम यि बिरुवाहरु जुन खेतमा चाहिने हो त्यही खेतमा लगाइन्छ अनि फुल फुल्नु भन्दा अगाडि नै यसलाई खेतमै जोतेर त्यही कुहाएर मल बनाउने गरिन्छ ।

बायोफर्टिलाइजर अर्को एक महत्वपूर्ण पक्ष हो जुन जैविक खेतीमा प्रयोग गरिन्छ । Symbiotic bacteria दलहन बालीमा प्रयोग गरिन्छ । e.g., Rhizobium supp., Free living bacteria खाद्यान्न, कोदो तथा तरकारी बालीको लागि प्रयोग गरिन्छ जस्तै : Azoto bactor and Asospirillum . .  धान खेतको लागि fem Azolla and Blue green Algae समेत प्रयोग गरिन्छ । त्यसैगरि Phosphate solubilizing bacteria ( Bacillus polymyxa, Pseudomonas striata ), fungi and mycorrhiza are also used in organic nutrient management.

बाली चक्र र cover crop को पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने गर्दछ, जैविक खेतीको Nutrient  व्यबस्थापनमा बाली चक्र अन्तर्गत Nitrogen fixing plant / Nitrogen non- fixing plant लाई पालै–पालो एक–एक वर्षको अन्तरालमा लगाइने गरिन्छ जसले माटोमा नाइट्रोजनको मात्रालाई सन्तुलित राख्ने गर्दछ । त्यसैगरी cover crop ले उर्वर माटोलाई बग्नबाट बचाउनका साथै atmospheric nitrogen लाई समेत fix गरेर राख्छ । साथै crop residue लाई पनि राम्रोसँग उपयोग गर्ने हो भने यसले Nutrient Management मा राम्रो भुमिका खेल्दर्छ ।

यदि माटोमा अम्लीयपनको मात्रा बढि भएमा कृषि चुनको समेत प्रयोग गर्न सकिन्छ जसले माटोको pH बढाउने काम गर्दछ ।

जैविक बाली संरक्षण :
यस अन्तर्गत बालीलाई pest, diseases and weeds बाट कसरी बचाउने भन्ने तर्पm विचार गरिन्छ । यसका लागि सर्वप्रथम रोकथामका उपायहरु अपनाउन सकिन्छ त्यसपछि cultural / sanitation, physical / mecvanical अन्त्यमा Biological method प्रयोग गरिन्छ । जैविक कृषि अन्तर्गत prevention, avoidance, monitoring and suppression पर्दछन् ।

Crop pest अन्तर्गत किरा, झाँर, plant pathogens, ढाड भएको र ढाड नभएको जनावरहरु पर्दछन् । सर्वप्रथम हामीले insect pest पत्ता लगाउन जरुरी हुन्छ त्यसपछि त्यसको natural enemies पत्ता लगाउनुपर्छ plant pathogens अन्तर्गत फन्गी, ब्यक्टेरिया, भाइरस र नेमाटोड पर्दछन् ।

Insect pest लाई monitor गर्नको लागि visual observation, pheromone and light traps, sticky traps, water traps, yellow traps, sweep nets, beating trays and pitfall trap प्रयोग गरिन्छ ।

Cultural control अन्तर्गत वातावरण परिवर्तन गरि बिरुवालाई insect बाट बचाउने गरिन्छ । यसले plant र pest को सम्बन्धलाई असर गर्दछ साथै pest को जीवनशैली तथा प्रजननमा नकारात्मक असर पारी यसको जनसंख्या घटाउने काम गर्दछ । बाली चक्र, resistance variety को छनोट, रोप्ने तथा बाली काट्ने समय, सिचाइको व्यवस्थापन र trap crops प्रयोग गरेर हामीले झाँर, शुक्ष्म जीवाणु, किरा तथा अन्य pest को जनसंख्या नियन्त्रण गर्न सक्छौ । त्यसैगरि खेत खनजोग गर्नले पनि insect र त्यसको overwintering chamber विनाश गर्न सकिन्छ । साथै insect को food, shelter इत्यादिलाई विनाश गर्न सकियो भने यसको life cycle complete हुन पाउदैन र यसको संख्यामा नियन्त्रण गर्न सकिन्छ ।

सामान्यतया Mechanical and Physical pest control अन्तर्गत किराहरुलाई हातले टिपेर फाल्ने र झारहरु उखालेर फाल्ने गरिन्छ । यो उपाय किरा र झाँरहरु थोरै मात्रामा हुदाँ प्रयोग गर्न सजिलो हुन्छ । यस उपाय अन्तर्गत mowing, howing, flaming, soil solarization, tilling or cultivation and washing पर्दछ । Aphid तथा mites लाई विरुवाको पात र शरीरबाट हटाउनलाई water pressure spray को समेत प्रयोग गर्न सकिन्छ ।

Biological pest control  अन्तर्गत फाइदाजनक शुक्ष्म जीवाणुहरुलाई प्रयोग गरी खेत तथा बारीमा भएको pest लाई नियन्त्रण गर्न सकिन्छ । यसमा हामीले insect को natural enemy लाई insect भएको ठाउँमा राखि दिन्छम जसले insect को संख्यालाई नियन्त्रण गर्दछ । यदि natural enemy त्यही छ भने त्यसको संख्याको वृद्धिका लागि विभिन्न उपायहरु समेत अपनाउन सकिन्छ । जस्तै त्यसलाई आवश्यक पर्ने गाँस, वाँसको व्यवस्था गरिदिने ।

Plant protection products ( PPPs ) authorized in organic farming :
जैविक खेतीमा बाली संरक्षणका लागि मान्यता प्राप्त सामानमा biorational, botanicals, microbial, oils and soaps पर्दछन् । धेरै जसो प्रयोग हुनेमा microorganism, natural pyrethine, rapseed oil / paraffin पर्दछन् । Aphid को विरुदमा nettle slurry  पनि प्रयोग गर्न सकिन्छ । बाली संरक्षणका लागि vinegar / sunflower oil खाद्यान्नको रुपमा प्रयोग गरी insect लाई नियन्त्रण गर्न सकिन्छ । सुर्यमुखी तेललाई फन्गीसाइडको रुपमा प्रयोग गर्न सकिन्छ भने भिनेगारलाई फन्गीसाइड र ब्याक्टेरीसाइडको रुपमा प्रयोग गर्न सकिन्छ । त्यसैगरी ग्राफ्टिङ तथा प्रनिङ गर्दा बिरुवालाई भएको घाउ तथा चोटपटकको उपचारका लागि Beewax प्रयोग गरिन्छ । साना किराहरु जस्तै thrips, aphids र whiteflies को नियन्त्रणका लागि plant oils  प्रयोग गरिन्छ । निमको बोटबाट निकालिएको Azadirachtin l विभिन्न प्रकारका किराहरुको नियन्त्रणको लागि प्रयोग गरिन्छ ।

लेखक : दिपा श्रेष्ठ कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा कृषि क्याम्पस, छैठौं सेमेष्टरमा अध्ययनरत हुनुहुन्छ ।