समाचार

साना सिंचाई मर्मत तथा भकारो सुधारमा ५० प्रतिशत अनुदान

रुपन्देही। कोटहीमाई गाउँपालिका कृषि विकास शाखा मझागाँवा रुपन्देहीले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत ५० प्रतिशतमा अनुदान भकारो सुधार एवं सहकारी सिंचाई तथा साना सिंचाई मर्मत सम्भार कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि कृषि विकास शाखाले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र तोकिएको ढाँचामा निवेदन पेश गर्न आव्हान […]

तरकारी खेतीमा आत्मनिर्भर बन्दै रामपुरका महिला

पाल्पा। सधै अर्काको भरमा जीवन गुजारा चलाउने महिलाहरु हिजोआज आफै व्यवसाय गरेर आत्मनिर्भर बन्न थालेका छन् । मौसमी तथा बेमौसमी जातका तरकारी व्यवसाय गरी आफ्नो जीविका चलाउने कार्यमा रामपुरका महिलाहरु अग्रसर छन् । रामपुर नगरपालिका वडा नं ७ मलेङ बस्ने गीता भट्टराईले तरकारी लगाएर राम्रो आम्दानी गर्नुहुन्छ । करिव एक दशक देखि तरकारी व्यवसायमा आबद्ध […]

‘एक गाउँ, एक प्राविधिक’ मा जोड

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशमा रहेका कृषि प्राविधिकहरुले तीन वटै तहका सरकारसित समन्वय गरेर कृषि क्षेत्रको विकास अग्रसर रहनेमा जोड दिएका छन । कञ्चनपुरको बेदकोटस्थित कृषि तालिम केन्द्र सुन्दरपुरमा नेपाल कृषि प्राविधिक एशोसियसन (नाटा) सुदूरपश्चिम प्रदेश कमिटिले आयोजना गरेको भेलामा सहभागी कृषि प्राविधिकहरुले स्थानीय, प्रदेश र संघीय सरकारसितको समन्वयकारी भूमिकामा रहेर कृषि क्षेत्रको विकासमा अग्रसर हुने निर्णय […]

हुम्लामा मार्सी फलाउने योजना के छ ? मन्त्रीज्यू

ललितपुर। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमति शाहीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको कामप्रति असन्तुष्टी जनाएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले हुम्लामा गएको सिंचाईको बजेट कार्यकर्ताको खल्तीमा गएको भन्दै उर्जामन्त्री वर्षमान पुनलाई प्रश्न गरिन् । ‘हुम्लामा गएको सिँचाइको बजेट तपाईंका कार्यकर्ताको खल्तीमा गएको छ, जमिनमा सिँचाइ पुगिरहेको छैन,’ उनले भनिन्, […]

सुन्तला बेचेर वार्षिक ३६ करोड

धनकुटा। जिल्लामा यस वर्ष ३६ करोड रुपैयाँ भन्दा बढीको सुन्तला उत्पादन भएको छ । अघिल्लो वर्षको भन्दा यो ६ करोडले बढी हो । कृषकसँग प्रत्यक्ष किनबेचका आधारमा कृषि ज्ञान केन्द्र धनकुटाले गरेको सर्र्वेक्षणमा सुन्तलाको कारोबार गत सालको भन्दा बढी देखिएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । गत वर्ष करीव ३० करोडको सुन्तला उत्पादन भएको […]

मोडल फार्म स्थापना गर्न १० लाख सम्म अनुदान दिंदैं सुदूरपश्चिम सरकार

दिपायल। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत पशुपन्छीं मोडेल फार्म स्थापना तथा संचालनका लागि परियोजनाको लागि बढीमा ५० प्रतिशत अनुदान रकम उपलब्ध गराउने भएको छ । यसका लागि इच्छुक कृषक, कृषि उद्यमी, कृषि सहकारी, कृषि समूह आदिले सूचना प्रकाशित भएको मितले ३० दिन […]

किसानलाई ट्रक, ट्र्याक्टर र पिकअप गाडी वितरण गर्दै वाग्मती प्रदेश सरकार

हेटौडा | ठुलो परिमाणमा कृषि उपजहरूको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौँडाले धेरै क्षेत्रफलमा खेती गर्ने किसानका लागि ठूलाखालका कृषियन्त्र उपकरण वितरण गर्ने तयारी गरेको हो । प्रत्येक कृषकको समेत ५० प्रतिशत लगानी हुनेगरी […]

९ करोडको लागतमा नेपालगन्जमा डेरी उद्योग

बाँके। नेपालगञ्जको वडा नम्बर २२ मा ९ करोडको लागतमा एसके डेरी उद्योग स्थापना गरिएको छ। प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सोमबार डेरी उद्योगको उद्घाटन गर्दै प्रदेश सरकारले कृषि उत्पादनलाई उच्च प्राथमिकतामा राखेको बताए। उनले कृषिलाई आधुनिकीकरण गरी पूर्णरुपमा व्यावसायिक बनाउन प्रदेश सरकारले कृषि अनुदान कार्यक्रमअघि सारेको बताए। प्रदेश कृषिमन्त्री आरती पौडेलले प्रदेश मातहतमा जिल्लाको […]

कौशी खेतीका लागि सम्झौता गर्न आवहान

ललितपुर। कृषि विकास निर्देशनालय हेटौंडाले आर्थिक वर्षबाट संचालन गरेको प्राङ्गरिक कौशी खेती प्रर्वद्धन कार्यक्रममा सहभागी हुन आवेदन दिएका र आवेदन स्कीकृत भएका आवेदकलाई कृषि ज्ञान केन्द्र ललितपुरमा सम्झौता गर्न सूचना प्रकाशित गरेको छ । साथै समयमा सम्झौता गर्न नआउने आवेदक प्रस्तावकहरुको विवरण स्वीकृत प्रस्ताववाट हटाई ( प्रतिक्षा ) वैकल्पिकमा रहेका आवेदक प्रस्तावकहरुको स्वीकृत गरिने कृषि […]

अन्र्तराष्ट्रिय पोल्ट्री प्रर्दशनी फाल्गुण १६ देखि चितवनमा

ललितपुर। नेपाली पोल्ट्री क्षेत्रको समग्र विकास तथा अत्याधुनिक परिवर्तनका साथ व्यवसायीक विकास गर्ने उदेश्यले चितवनमा अन्र्तराष्ट्रिय नेपाल पोल्ट्री प्रर्दशनी २०२० हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक मिडिया स्पेस सोलुसनले उक्त जानकारी गराएको हो । नेपाली पोल्ट्री क्षेत्रको सुदृढिकरण र व्यवसायीकरण गर्ने उदेश्यले आयोजना गरिएको प्रर्दशनीमा आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधी, फिड […]