समाचार

बारीबाटै गोलभेडा बिक्री हुँदा किसान दङ्ग

दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मलागिरीका कृषक सुरेन्द्र वाग्ले बारीबाटै गोलभेडा बिक्री हुन थालेपछि उत्साहित बनेका छन् । सर्वसाधारण गोलभेडा खरिदका लागि बारीमै पुग्न थालेपछि उनी उत्साहित बनेका हुन् । विचौलियाबिना टनेलबाटै प्रतिकिलो रु एक सयमा गोलभेडा बिक्री भइरहेको वाग्लेले जानकारी दिए । उनले भने, “पहिला प्रतिकिलो रु. २५ मा बिक्री हुन गाह्रो भइरहेको थियो, दसैंका […]

सरकारले तोकेको मूल्य पाउँदैनन् किसान

देउखुरी। सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्यभन्दा कम मूल्यमा दाङका व्यवसायीले खरिद गरिरहेका छन् । घोराही–६ का किसान लबरु चौधरीले मोटो धान रु. दुई हजार ३०० क्विन्टलमा बिक्री गर्नुभएको छ । धान खेती गर्ने किसानको मेहनत, मल, बीउमा लगाएको लगानीसमेत नउठ्ने अवस्था रहेको उहाँले गुनासो गर्नुभयो । ट्र्याक्टरले खेत जोतेको, थ्रेसरले दाएको पैसा पनि नउठ्ने […]

रासायनिक मलको प्रयोग घटाउन प्रांगारिक मल

झापा। रासायनिक मल प्रयोगले मानवीय स्वास्थ्य र प्रकृतिमा पर्ने असर घटाउन झापाको एक कृषि सहकारीले प्रांगरिक मल बनाउँदै आएको छ । कमल–२ स्थित आईपीएम कृषि सहकारी संस्थाले आफैँ प्रांगरिक मल उत्पादन गरेर कृषकलाई अनुदानमा वितरण गर्दै आएको छ । किसानलाई मात्र सदस्य बनाएको आईपीएममा ४०० कृषक सेयर सदस्य छन् । ती कृषकलाई बर्सेनि प्रांगरिक मल […]

तिहार र छठमा लाखौँ मूल्यको केरा बिक्री

उदयपुर। तिहार र छठ पर्वमा जिल्लामा लाखौँ मूल्यको केरा बिक्री भएको छ । जिल्लाको केराको पकेट क्षेत्रका रुपमा चिनिएको त्रियुगा नगरपालिकामा बढीजसो केरा बिक्री भएको छ । त्रियुगा–१ जोगिदह र चौदण्डीगढी नगरपालिका–९ हँडिया र वडा ५ सुन्दरपुर क्षेत्रमा यसपटक तिहार र छठमा लाखौँ मूल्य बराबर केरा बिक्री भएको छ । त्रियुगा नगरपालिका क्षेत्रको जोगिदह र […]

माछापालनबाट मनग्य आम्दानी

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका– ७ पिताम्बरका हिक्मत चौधरी माछापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । चौधरीले माछा र भुरा बेचेर वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी गर्दै आउनु भएको हो । दुई बिघा जग्गामध्ये एक बिघा जग्गामा निर्माण गरिएका चारवटा पोखरीमा उहाँले माछापालन गर्दै आएका छन । उन्का अनुसार तीन वटा पोखरीमा भुरा र एउटा […]

मुस्ताङको स्याउ पछिको आकर्षण आलु

मुस्ताङ। मुस्ताङी स्याउ र आलु बागलुङसहित धौलागिरिका म्याग्दी, मुस्ताङ, पर्वतलगायतका जिल्लामा कोसेलीको रुपमा खुबै प्रयोग हुन थालेको छ । अहिले बजारमा मुस्ताङको स्याउ विस्तारै सकिने अवस्थामा पुगेको छ भने आलुको याम शुरु भएको छ । स्याउजस्तै मुस्ताङी आलु पनि मीठो मानिन्छ । बागलुङ बजारमा मुस्ताङी आलुको माग उच्च रहेको फलफूल तथा तरकारी व्यवसायी बताउँछन् । […]

प्रविधिसँग रमाउँदै कृषक, भन्छन् समय र खर्च दुबै बच्यो

पाल्पा। रम्भा गाउँपालिका १ सघाहा अगुवा कृषक ऋषिराम अर्यालले विगत पाँच वर्षदेखि थ्रेसरको प्रयोग गरी धानबाली स्याहार्दै आएका छन् । धान झाट्ने र दाही हाल्ने काम एकै पटकमा हुने भएपछि ‘थ्रेसर मेसिन’बाट धान स्याहार्ने कार्यमा कृषकको आकर्षण बढेको उनी बताउछन् । “एक घण्टाका समयमा थ्रेसर मेसिनबाट करिब ५० मुरी धान झाट्ने र दाही हाल्ने काम […]

वर्षाले अन्नबालीमा मात्रै बैतडीमा दुई करोड बढीको क्षति

बैतडी। अविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ । गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण सो क्षति भएको हो । जिल्लाका १० स्थानीय तहहरुमध्ये छ स्थानीय तहको विवरण सङ्कलन गरिएकोमा एक हजार १४० हेक्टर क्षेत्रफलमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सिगास […]

भण्डारण गरिएको आलु कुहिएर नष्ट, बीउ जोगाउन मुस्किल

सिमकोट। हुम्लाको सदरमुकाम सिमकोटका किसानले खाडलमा भण्डारण गरी राखिएको सयौं क्विन्टल आलु कुहिएर नष्ट भएको छ । सिमकोट गाउँपालिका–५ तल्लो गाउँका किसानले हिउँदको समयमा तरकारी र बीउका लागि खाडलमा भण्डारण गरिएको आलु कुहिएर नष्ट भएको हो । तरकारी र बीउका लागि भण्डारण गरी राखिएको सयौँ क्विन्टल आलु कुहिएर नष्ट भएपछि यहाँका किसान चिन्तित भएका छन् […]

धान खरिदमा उदासिनता देखिएपछि किसान मर्कामा

भजनी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो कार्यालय टीकापुरले नयाँ धान खरिदमा उदासीनता देखाएपछि कैलालीका किसान मर्कामा परेका छन् । कार्यालयले धान खरिद गर्ने कार्यमा उदासीनता देखाएपछि यहाँका किसान मर्कामा परेका हुन् । नेपाल सरकारले किसानले धानखेती सुरु गर्ने समयमै धानको समर्थन मूल्य तोक्ने र त्यो धानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद […]