न्यूनचापीय क्षेत्रको प्रभावले बदली र हिमपातको सम्भावना
ललितपुर। नेपालमा हाल अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभावले बदली गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली छ । राजधानी काठमाडौँ उपत्यकाको आकाशमा बिहानैदेखि बादल लागेकाले आज बढी चिसो महसुस गरिएको छ […]