किसानको आकर्षण नर्सरी खेतीतिर
खलङ्गा। पछिल्लो समय जुम्लाका किसान नर्सरी खेतीमा आकर्षित भएका छन् । तिला गाउँपालिका– ७ का किसान जगबहादुर बुढा यति बेला बिरुवा हुर्काउन व्यस्त छन् । जडीबुटी, डालेघाँस र फूल प्रजातिका बिरुवा हुर्काउन लागिपरेका उनी बालबालिका हुर्काउन र नर्सरीमा बिरुवा हुर्काउन उस्तैउस्तै भएको बताउँछन् । यो वर्ष जगबहादुरले नर्सरीमा बिरुवा लगाएकाले कालापहाड जानु परेको छैन । […]





