समाचार

मनाङवासी यार्सागुम्बा टिप्न हिमाली भेगतर्फ

मनाङ। बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि मनाङवासी लेकतर्फ लागेका छन् । आम्दानीको स्रोतका रूपमा रहेको औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि उनीहरु यतिबेला जिल्लाका विभिन्न ठाउँ पुगेका छन् । मौसम अनुकूल भएसँगै मनाङवासी यार्सागुम्बा सङ्कलनमा व्यस्त हुन थालेका छन् । मनाङवासीको आयस्रोत कृषि तथा जङ्गली औषधिजन्य जडीबुटी हो । जडीबुटी सङ्कलनका लागि नासों गाउँपालिकाअन्तर्गत पहिलो चरणमा […]

पहिचान बन्दै सिस्नो, बाँको र आलु

बलेवा। वनमा खेर गइरहेको बाँको अहिले भान्सामा पुगेको छ । सिपालुको हात लागेपछि बाँको गुन्द्रुक बन्छ । बारीमा झाडी बनेको सिस्नोको माग अधिक छ । सीप सिकेका महिला सिस्नोको धुलो बनाउँछन् । प्याकिङपछि सिस्नो सबैको भान्सामा पुग्छ । तरकारीका लागि मात्रै प्रयोग गरिने आलु खाजा बनेको छ । चिप्स बनाएपछि आलुको मूल्य दोब्बर पर्छ । […]

किमाथाङ्का नाका बन्द भएपछि खाद्यान्न अभाव

किमाथाङ्का। सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । कोरोना महामारीका कारण देखाउँदै चीन सरकारले किमाथाङ्का नाका तीन वर्षअघि बन्द गरेको थियो । नाका बन्द भएपछि चीनतिर बाट खाद्यान्न आयात हुन नसक्दा भोटखोलामा खाद्यान्न अभाव भएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो । भोटखोलामा आलु, कोदो, मकै र फापर मात्र उत्पादन हुन्छ । उत्पादित […]

‘हिनौना’ को व्यापारबाट दैनिक चार हजार आम्दानी

दाङ। लमही नगरपालिका–४ ठूलो घुम्नाका कृषक महिला यतिबेला ‘हिनौना’ (खरबुजा, थारु भषामा खरबुजालाई हिनौना भन्ने गरिन्छ) बेच्न व्यस्त छन् । एक दिन अगाडि साँझापख बारीमा जाने र बारीमा लटरम्म फलेका हिनौनासँगै तरकारी टिपेर घरमा ल्याउने अनि अर्को दिन बिहान सडक छेउमा गएर बिक्री गर्ने यहाँका कृषक महिलाको हिजो आजको दैनिकी हो । यी कृषक महिला […]

रैथाने बाली संरक्षणमा तेमाल गाउँपालिका

धुलिखेल। तेमाल गाउँपालिकाले रैथाने बाली संरक्षणका लागि रैथाने बाली मूल्य शृङ्खला प्रवद्र्धन कार्यक्रम लागू गरेको छ । कार्यक्रम अन्तर्गत किसानलाई ५० प्रतिशत छुटमा कृषि औजारसमेत वितरण गरिएको पालिकाले जनाएको छ । कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोक र लप्से भूमिस्थान किसान समूहको साझेदारीमा पालिका अध्यक्ष चन्द्रबहादुर तामाङले किसानलाई कृषि उपकरण साथै बीउविजन वितरण गर्नुभयो । उहाँले रैथाने […]

कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन भएपछि कृषक लाभान्वित

मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१ पतवारीमा कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन भएसँगै कृषकहरु लाभान्वित भएका छन् । गाउँमा नै कृषि उपज सङ्कलन केन्द्र स्थापना भएपछि स्थानीय कृषकहरुलाई कृषिजन्य उत्पादन सङ्कलन तथा बिक्री गर्न सहज भएको हो । विगत २० वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको स्थानीय रङ्गमायाँ महतोले वर्षांैदेखि बजारीकरणमा भएको समस्या […]

किसानलाई तरकारी बीउ वितरण

सिमकोट। हुम्ला सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिका–५ का सबै घरधुरीलाई उन्नत बीउ वितरण गरिएको छ । खार्पुनाथ–५ किसान व्यावसायिकरूपमा तरकारी खेती गर्न आकर्षित होउन् भन्ने हेतुले बीउ वितरण गरिएको हो । सबै घरधुरीलाई आयआर्जनमा वृद्धि गर्न तरकारीका कीट सहयोग गरेको वडाध्यक्ष भरतजङ्ग शाहीले बताउनुभयो । उहाँले वडाभित्रका सबै तीन सय ६३ घरधुरीलाई सात प्रकारका उन्नत बीउ […]

घरेलु उद्यम प्रवद्र्धन गर्दै स्थानीय तह

स्वर्गद्वारी। प्युठानका स्थानीय तहहरुले घरेलु उद्यम प्रवद्र्धनमा प्राथमिकता दिन थालेका छन् । चोयाचित्रो, गिठो, सालका पातजस्ता गाउँघरमा पाइने कच्चा पदार्थबाट तयार गरिने सामग्रीको उत्पादनमा स्थानीय तहले प्रवद्र्धनका कार्यक्रम कार्यान्वयन गरेका हुन् । प्युठानको झिमरुक गाउँपालिकाले चोया चित्रोबाट डोको, डाली, सोफा, कुर्सी, आस्ट्रेलगायतका सामग्री बनाउने उद्यम प्रवद्र्धन गर्न थालेको छ । झिमरुक–५ ओखरकोटमा ओखरकोट चोया चित्रो […]

रासायनिक विषादीको विकल्पमा मलमूत्र प्रयोग

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका गेमबहादुर गर्बुजाले सय भन्दा बढी प्लास्टिकका बोत्तलमा गाईभैंसीको मलमूत्र सङ्कलन गरेर राख्नुभएको छ । घराम्दीकै निर्मला फगामीले गोठको छेउमा पिसाब सङ्कलन हुने खाडल बनाउनुभएको छ । खाडलमा जम्मा हुने भैँसी, गाई र गोरुको पिसाब फगामीले पनि ड्रम र बोत्तलमा सङ्कलन गरेर राख्नुभएको छ । “खेतीबाली र तरकारीमा रोगकीरा व्यवस्थापन गर्न […]

चैते धानले जीविकोपार्जनमा सहज

घोराही। दाङको राजपुर गाउँपालिका–३ का किसान देवबहादुर पुनले यो वर्षपनि चैते धान रोप्नुभएको छ । सिँचाइका लागि पर्याप्त पानी हुने भएकाले चैते धान रोपेको उहाँले बताउनुभयो । गर्मी मौसम सुरु भएसँगै अन्य स्थानमा खडेरी परेको समयमा उहाँले पानीले सिञ्चित भएको करिब चार कठ्ठा खेतमा चैते धान रोप्नुभएको छ । चैते धानका लागि पानीको सुविधा भएको […]