समाचार

कृषि उपज बिक्री केन्द्र निर्माणले किसान उत्साहित

महोत्तरी।   गौशालामा कृषि उपज बिक्री केन्द्र स्थापना हुने भएको छ । “न समयमा बीउ, मल पाइन्छ, न सिँचाइको भरपर्दो उपाय, तैपनि जेनतेन बाली उब्जाउँदैछौँ”, गौशाला–४ का ६० वर्षीय चन्द्रमान तामाङले भन्नुभयो, “यसरी उब्जाइएको बस्तुले पनि राम्रो बजार कहिल्यै पाएका थिएनौँ, बल्ल कृषि उपज बिक्री केन्द्र बन्ने भएछ ।” केन्द्र बनिसकेपछि आफ्नो उत्पादन बेच्न र भण्डारण […]

विदेशमा ठक्करः स्वदेशमा अवसर

ढोरपाटन।  समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका फाँटहरू । त्यही फाँटको मध्यभागमा सेताम्य प्लास्टिक टनेलभित्र लटरम्म फलेका गोलभेँडा, बन्दा र काउली । यो तरकारी खेती यहाँका युवाले भने गरेका होइनन् । चार वर्ष अगाडि पर्वत महाशिला गाउँपालिका–४ का प्रकाश पौडेल र जैमिनीका गोविन्दप्रसाद सुवेदीले सुरु गरेको तरकारी खेती हो । कुँडुलेका अधिकांश युवाशक्ति […]

तीन दिन वर्षा हुने

ललितपुर। स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी तीन दिनसम्म अपराह्नपछि देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले काठमाडौँसहित देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको […]

नमोबुद्धको कृषि रणनीति

धुलिखेल। नमोबुद्ध नगरपालिकाले दीर्घकालीन योजनासहित कृषि रणनीति तय गर्ने भएको छ । ‘कृषि, व्यापार र पर्यटन : हाम्रो सशक्त अभियान’ भन्ने नारासहित पालिकाले कृषि रणनीति तय गर्न लागेको हो । नगरको वर्तमान कृषिको वस्तुस्थिति विश्लेषण गरी आगामी वर्षका लागि आवधिक योजनासहति रणनीति तर्जुमा गर्न लागिएको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिनुभयो । सबै क्षेत्रलाई योजनाबद्ध […]

चैते वर्षाले राहत

महोत्तरी। पूरै हिउँद पानी नपरी बित्दा मध्य फागुनदेखि नै बढेको गर्मीले असहज भएको मधेसको जनजीवनलाई आज बिहान अल्पवर्षा भए पनि राहत भएको छ । महोत्तरीसहितका मधेसका धेरैजसो ठाउँमा आज बिहान सामान्य बदलीबीच भएको अल्पवर्षाले चढ्दो गर्मीबाट राहत पाएको सर्वसाधारणले बताएका छन् । “रुखिएको जग्गामा चिस्यान हुनेगरी त पानी परेन, तर चिसो बताससँगै एकछिन परेको पानीले […]

स्याउमा रोग लाग्दा किसान चिन्तित

जुम्ला। स्याउका बिरुवामा रोग कीरा लाग्दा जुम्लाका किसान चिन्तित बनेका छन् । जुम्ली किसानको मुख्य आम्दानीको स्रोत स्याउ भएकाले उत्पादनमा कमी आउने हो कि भनेर स्याउ किसानलाई चिन्तित बनाएको तिला गाउँपालिका–१ का नर रावतले बताउनुभयो । कीराको सङ्क्रमण स्याउ बगैँचमा फेला पर्ने बित्तिकै कृषि प्राविधिकको परामर्श लिने गरेको छु । सिँचाइ, मलखादको चिन्ता छैन । […]

सत्र परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्

कमलामाई। पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित बनाउने ढुङ्ग्रेभज्याङ […]

आगामी बजेट तथा कार्यक्रम किसानमैत्री हुनुपर्ने

ललितपुर। अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घ (अप्फा)ले किसानहरूको जीवन र जीविकामा आमूल परिवर्तन ल्याउने गरी नेपाल सरकारको आगामी बजेट तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । ती सङ्घ–संस्थाले आज संयुक्त विज्ञप्ति जारी गरी देशको दुईतिहाइ जनसङ्ख्या ओगट्ने र प्रमुख उत्पादक शक्तिको रूपमा […]

अनलाइनबाटै घरघरमा फापरको झिलिङ्गा र खुर्पानीको सुकुटी

गलेश्वर। फापरको झिलिङ्गा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको अर्गानिक जुस मुस्ताङका मौलिक उत्पादन हुन् । प्रचारप्रसारको अभावमा जिल्लाभित्रै सीमित रहेका यी रैथाने उत्पादनले अब भने बाहिरी बजारमा आफ्नो स्वादलाई चखाउन पाउने भएका छन् । यहाँ पर्यटन व्यवसायी महिला सङ्घ नेपाल टेवान ले जिल्लाका महिला उद्यमीलाई चारदिने ‘डिजिटल मार्केटिङ’सम्बन्धी तालिम प्रदान गरेपछि आफ्नो उत्पादनलाई बाहिरी बजारमा […]

परम्परागत गाईपालनमा रमाउँदै किसान

महोत्तरी। यहाँको बर्दिवास नगरपालिका–७ जुरेटोलका किसान वचनदेव यादवले स्थानीय जातका एक सय गाई पाल्नुभएको छ । यादवलाई ‘ल न अब चैँ मेरो बारीमा गाई ओलार मलको प्रयोजनका लागि बारीमा चारैतिर ढाट लगाएर गाई राखी दिनु’ भन्दै किसानहरु आउँछन् । यादवको वर्षको आधा समय त विभिन्न गाउँ बस्तीमा गाई डुलाएर बित्छ । “स–साना बाछाबाछीसहित गोठमा पुगनपुग […]