धानबालीमा बीउ उपचार र बेर्ना उत्पादन प्रविधि
धान नेपालको मुख्य खाद्यान्न बाली हो । हाल नेपालको १५,५२,४६९ हेक्टरमा धान खेती गरिन्छ भने ५२,३०,३२७ टन उत्पादन तथा ३.३६ टन÷हेक्टर उत्पादकत्व रहेको छ । धानले नेपालको कुल ग्राहस्थ उत्पादनको लगभग ७% तथा कुल कृषि ग्राहस्थ उत्पादनको २०% हिस्सा ओगट्छ । नेपालको मुख्य बालीको रुपमा परिचित भएपनि नेपाल भने धान उत्पादनमा आत्मनिर्भर हुनसकेको छैन । […]





