अर्थ/बजार

बढ्यो दूधको मूल्य

ललितपुर। सरकारले दूधको मूल्यमा ६ रुपैयाँले वृद्धि गरेको छ । बिहीबार सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको दूग्ध विकास संस्थानका महाप्रवन्धक शैलेन्द्र घिमिरेले जानकारी दिए । महाप्रवन्धक घिमिरेका अनुसार मूल्य वृद्धि गर्ने फाइल सदर भएपनि बोर्ड बैठक बस्न भने बाँकी छ । संस्थानले पेश गरेको दूधको मूल्य बढाउने फाइल कृषिमन्त्री चक्रपाणि खनालले […]

तालीम सहित अनुदान लिने अवशर

ललितपुर। रेशम खेती कार्यलय बन्दीपुर हाल पिंढी बिजकोया श्रोत केन्द्रले आर्थिक वर्ष ७६ /७७ को कार्यक्रम अनुशार किम्बु खेती, रेशम किरा पालन तथा मौरीपाल र च्याउ खेतीका लागि आधुनिक प्रविधि सिकाउनुका साथै अनुदान वितरण गर्ने भएको छ । केन्द्रले सूचना प्रकाशित गरी ईच्छुक कृषक , समुह, सहकारी वा गैर सरकारी संस्थामा व्यक्तिलाई भदै मसान्त सम्म […]

जुम्लामा ६ हजार मेट्रिकटन स्याउ फल्ने अनुमान, स्याउ टिप्न किसानलाई भ्याइनभ्याइ

सिञ्जा। कनकासुन्दरी गाउँपालिकाकी लिपु खत्रीलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ–१० की माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिएकी छिन् । उनीहरू दुवैको बारीमा करीब १५० स्याउका बोट छन् । लिपु र माया मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई […]

हेटौँडामा कृषिउपज संकलन केन्द्र स्थापना

हेटौँडा। कृषकलाई आफ्नो उत्पादन भण्डारण तथा विक्री वितरणमा सहज बनाउन मकवानपुरको बकैया गाउँपालिकामा चिस्यान केन्द्र (कोल्ड स्टोर्स) सहितको कृषिउपज एवं तरकारी संकलन केन्द्र स्थापना गरिएको छ । उक्त गाउँपालिकाले मर्सिकोर नेपाल, मकवानपुरस्थित बाल कल्याण समाज तथा स्थानीय जनश्रमदानसमेत गरी कुल रू. २८ लाखको लागतमा सो केन्द्र स्थापना गरेको हो । उक्त गाउँपालिकाको विभिन्न क्षेत्रका कृषिउपज […]

४८ प्रतिशतले खसीबोका आयातमा कमी

बाँके। नेपालगञ्ज नाकाबाट खसीबोका आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ६९ हजार ३३८ वटा खसीबोका आयात भएका छन् । जुन आव २०७४/०७५ को तुलनामा ४८ प्रतिशतले कमी हो । आव २०७४/०७५ मा एक लाख ४४ हजार १७२ वटा खसीबोका भारतबाट आयात भएका थिए । सीमानाका जमुनाहामा रहेको पशु क्वारेन्टाइन चेकपोष्टका अनुसार दोस्रोमा […]

घट्यो तरकारीको मूल्य

विराटनगर। बजारमा तरकारीको मूल्य घटेपछि उपभोक्तालाई राहत मिलेको छ । एक महिना अघि तरकारीको मूल्यमा एक्कासी वृद्धि भएपछि उपभोक्ता मारमा परेका थिए । अत्याधिक वर्षासँगै बाढी आएपछि तरकारी नष्ट भएको थियो । तरकारी नष्ट भएसँगै मूल्य वृद्धि भएपछि यहाँका बासिन्दाको दैनिक जीवन प्रभावित बनेको थियो । प्रदेश नं १ को राजधानी विराटनगरमा अहिले हरियो तरकारीको […]

कर र कानुनी झन्झटले देशभरका कपास उद्योग सङ्कटमा

भक्तपुर । उद्योगमैत्री वातावरण नहुँदा देशभरका कपास उद्योग सङ्कटमा परेको कपास उद्योगीले बताएका छन् । भक्तपुरमा आज आयोजना गरिएको नेपाल कपास व्यवसायी सङ्घको प्रथम साधारणसभामा फोहरबाट मोहर बनाउने कपास उद्योग सरकारले उद्योगमैत्री वातावरण नबनाउँदा व्यवसाय नै धरापमा परेको उद्योगीले बताएका हुन् । तीन तहका सरकारले कर लगाउने र दर्ताबिना नै घुम्ती सेवा दिने उद्योग मनपरी […]

कृषि ऋण ७ दिनभित्र उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

ललितपुर। नेपाल राष्ट्र बैैंकले कृषि क्षेत्रको कर्जामा बैंक तथा वित्तीय संस्थालाई कडा निर्देशन दिएको छ । मौद्रिक नीतिमा भएको व्यवस्थाबमोजिम राष्ट्र बैंकले सोमबार सूचना निकालेर १५ लाख रुपैयाँसम्मको कृषि ऋण माग भएको ७ दिनभित्रै उपलब्ध गराउन क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । यदि ऋण दिन नमिल्ने भएमा के […]

एक वर्षमैं चार अर्बको अलैँची निर्यात

ललितपुर। नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची निर्यातबाट मुलुकले एक वर्षमा चार अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरेको जनाएको छ। आर्थिक वर्ष २०७५/७६ मा चार हजार ७०० मेट्रिक टन अलैँची नेपालबाट निर्यात भएको र त्यसबाट रु चार अर्ब बराबरको विदेशी मुद्रा आएको महासङ्घका अध्यक्ष राजु कार्कीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिए। अधिकांश अलैँची नेपालको पूर्वी […]

व्यावसायिक फूलखेतीमा रमेका राजेशकुमार गुप्ता

पाल्पा। तानसेन नगरपालिकाको प्रभासस्थित रक्साहामा गरिएको व्यावसायिक फूल खेतीप्रति यतिबेला सबै लोभिएका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका निवासी राजेशकुमार गुप्ताले नर्सरीमा दुई दर्जनभन्दा बढी फूलको व्यावसायिक उत्पादनले फूलखेतीप्रति लोभिएका छन् । प्लाष्टिक घरभित्र रङ्गी विरङ्गी फूल फुलिरहेका दृश्यले त्यहाँ पुग्ने लालयित हुन्छन् । प्रायः मानिस फूलसँग झुमिन रुचाउँछन् । फूल टिपिहाल्ने, त्यसको सुगन्ध लिन मानिस […]