अर्थ/बजार

उखु किसानले अझै पाएनन् २४ करोड

सर्लाही। किसानले उखु बिक्री गरेबापत करिब २४ करोड रुपैयाँ अझै भुक्तानी नगरेको पाइएको छ। जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जनाएको छ। उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन गरेका उखु किसान र सरकारबीच दुई महिनाभित्र भुक्तानी गर्ने सम्झौता भएको थियो। पुस १८ मा सम्झौता […]

अलैँची : बजार मूल्यभन्दा भन्सार मूल्य दोब्बर

इलाम। स्वाभाविकरूपमा हामीलाई लाग्छ, वस्तुको मूल्यअनुसार त्यसको भन्सार मूल्यमापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने हो तर, नेपालबाट जाने अलैँचीको भारतीय भन्सार मूल्य मापन चाहिँ सधै एउटै दर कायम हुन्छ । अलैँचीको भन्सार मूल्य कुनै बेला नेपाली बजारमा रु एक लाख प्रति मन […]

कोभिड–१९ प्रभाव : कुखुराको मासुको मूल्य घट्यो

रत्ननगर। तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ । पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको हो । एक हप्ताअघि प्रतिकेजी खुद्रा रु. ४२० रहेको कुखुराको मासुको मूल्य अहिले रु. २०० पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण तीव्र […]

कोरोनाका कारण दुग्ध क्षेत्रमा २० अर्ब नोक्सान

ललितपुर। कोभिड–१९ को महामारीका कारण डेरी तथा उद्योग क्षेत्रका ६० प्रतिशत बजार गुमेको सरोकारबालाहरु बताएका छन् । कोरोना शुरु भएदेखि हालसम्म दुग्धको नीजि क्षेत्रमा मात्र २० अर्ब रुपियाँ घाटा लागेको बताइएको छ । एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले शनिवार आयोजना गरेको ‘कोभिड–१९ कारण दुग्ध क्षेत्रमा परेको समस्या र समाधानका उपायहरु’ विषयक भर्चुअल अन्तरक्रिया […]

अलैँचीको ‘ट्रेडमार्क’ : जारी भएको चार वर्षपछि कार्यान्वयनमा

इलाम। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको ‘ब्राण्ड’ चिनाउन सरकारले जारी गरेको ‘ट्रेडमार्क’ चार वर्षपछि कार्यान्वयनमा आउने भएको छ । सरकारले २०७३ साल असार १९ गते जारी गरेको ट्रेडमार्क केही समयअघि मात्रै पाकिस्तानले स्वीकृत जनाएको हो भने अन्य देशमा प्रक्रियामा छ । अब नेपालबाट ट्रेडमार्कमार्फत पाकिस्तान अलैँची लैजान सकिन्छ । निजी क्षेत्रसँगको लामो छलफलपछि सरकारले ‘एभरेस्ट विग […]

लकडाउनको मारमा कुखुरापालन व्यवसाय

ललितपुर। कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ‘कुखुरापालन व्यवसाय’ थलिएको छ । चल्ला र कुखुराको बिक्री भारी मात्रामा घटेको छ भने दाना उद्योगहरु पनि बन्द भएका छन् । विगत ६ वर्षदेखि कुखुरापालन व्यवसाय गर्दै आएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका विनोद यादवले भन्नुभयो, “बन्दाबन्दीअघि कुखुराको बिक्री गर्न भ्याइनभ्याइ हुन्थ्यो, […]

कालीमाटी तरकारी बजारमा कोरोनाको जोखिम बढ्यो

ललितपुर। कालीमाटी तरकारी बजारमा व्यापारी र उपभोक्ता दुवैले कोरोना सङ्क्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा थप जोखिम बढेको छ । व्यापारी र क्रेताले सामान्यतया दूरी कायम र मास्कसम्म पनि नलाएको पाएपछि कोरोना भाइरसको जोखिम थप बढेको हो । यसअघि नै कालीमाटीका तरकारी व्यापारीमा कोरोना भाइरस देखिसकेको अवस्था भए पनि सावधानी भने छैन । […]

केराले बजार नपाउँदा चरालाई आहारा

चितवन। चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहारा बनेको हो । केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण बारीमै पाकेर केरा झर्ने अवस्था आएपछि किसानले लगानीसमेत गुमाउने […]

कोरोना पाठ : स्थानीय तरकारीले बजार पाउँदा, परनिर्भता घट्यो

महेन्द्रनगर। लकडाउनयताका चार महिना बजारमा स्थानीय उत्पादनले बजार पाएको छ । विगतमा सिमावर्ती भारतीय बजार बनबासा र खटिमाबाट आउने तरकारी कञ्चनपुरको महेन्द्रनगर बढी पाइन्थ्यो भने पछिल्लो समय तरकारीमा परनिर्भरता ह्वात्तै घटेको छ । गत चैत दोस्रो सातादेखी लकडाउन भएर नेपाल–भारत सीमानाका बन्द हुँदा बजारमा तरकारीको कुनै अभाव देखिएन् । कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल […]

हरियो चियापत्तीको अवैध निकासी !, सांसदको आक्रोश – प्रशासन मौन

ईलाम। चियाको बारेमा त बोल्न पनि मन लाग्दैन । गाडीका गाडी भारततर्फ चिया जान्छ कोही देख्दैन’, चिया उद्योगी तथा प्रदेश नं १ का सांसद काजीमान कागतेले फोनमार्फत यस्तो प्रतिक्रिया दिए । कागतेले शुरुमै भने, ‘यो चिया कसरी जाँदैछ ? प्रशासनले के हेरेर बसेको छ रु स्थानीय तह किन बोल्दैन’, कागतेले आफ्ना कुरा राखे, र सम्पर्क […]