अर्थ/बजार

धानको समर्थन मूल्य कहिले ?

नेपालन्ज। सरकारले कात्तिक महिनाको अन्तिम समय आइसक्दा पनि धानको समर्थन मूूल्य नतोक्दा बाँके र बर्दियाका किसान मारमा परेका छन् । धान पाकेर किसानका घर आँगनमा पुगिसके पनि समर्थन मूल्य नतोकिँदा सस्तोमा धान बिक्री गर्नु परिरहेको बाँके र बर्दियाका किसानहरूको भनाइ छ । समर्थन मूल्य नतोकिंदा धानको अन्न भण्डार मानिने बाँके र बर्दियाका धान उत्पादक किसानले […]

शैक्षिक प्रमाणपत्र धितो राखी ऋण लिन आग्रह

ललितपुर। व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको हो । आव २०७५/७६ को बजेटमै ‘शैक्षिक युवा स्वरोजगार’, ‘विदेशबाट फर्केका युवा परियोजना’, ‘महिला उद्यमशीलता’, ‘कृषि तथा पशुपक्षीपालन’ जस्ता व्यवसाय गर्नका […]

कुखुरापालनमा वार्षिक अर्बऔं रुपैंया बाहिरिँदै

ललितपुर। कुखुरापालन व्यवसायमा वार्षिक रु २० अर्बभन्दा बढी रकम बाहिरिने गरेको छ । दानाको कच्चा पदार्थ, प्यारेन्ट चल्ला, औषधि, भिटामिन, उपकरणलगायत विदेशबाट आयात गर्नु परेका कारण सो रकम बाहिरिने गरेको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं कृषि र वन समितिका संयोजक डा तिलचन्द्र भट्टराईका अनुसार दानाका कच्चा पदार्थमा मात्रै वार्षिक रु १६ […]

गोरखामा किसान बजार सञ्चालनमा आएपछि कृषक खुशी

गोरखा। किसानको उत्पादनलाई प्रवद्र्धन गर्न किसान बजार सञ्चालनमा आएपछि गोरखाका कृषक खुशी भएका छन् । स्थानीयस्तरमा उत्पादित कृषिजन्य सामग्री कृषक आफैँले बजारमा पु¥याएर बिक्री गर्न पाउँदा कृषक उत्साहित भएका हुन् । जिल्लाको शहीद लखन गाउँपालिका–३ को रामशाहघाट बजारमा सञ्चालनमा आएको बजारबाट हरेक हप्ताको शनिबार कृषिजन्य उत्पादन कृषक आफैँले ल्याएर बिक्री गर्न थालेका गाउँपालिकाका कृषि शाखा […]

अलैँची किसानको दुःखेसोः विदेश जाम त उमेर छैन

लमजुङ। मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका आइतराम तामाङले विदेश छाडेको धेरै भयो । १० वर्ष कतारमा पसिना बगाउनुभएका तामाङले गाउँमा अलैँची खेतीको विस्तार भएपछि नेपाल फर्कनुभएको थियो । ‘गाउँका साथीले अलैँची लगाएको देखेर विदेशवाट छुट्टीमा आउँदा मैले पनि अलैँची लगाएर फेरि विदेश नै फर्किए । यता गाउँका साथीले अलैँचीबाट राम्रो आम्दानी गरेको भन्ने सुनेर विदेश छोडेर गाउँमा […]

यो तिहारलाई स्वदेशकै फूल

ललितपुर। फ्लोरिकल्चर एशोसियसनले यस वर्षको तिहारका लागि चाहिने आवश्यक फूल स्वदेशी उत्पादनबाटै पुग्ने जनाएको छ। तिहारमा अत्यधिक प्रयोग हुने गोदावरी, सयपत्री र मखमली फूलको व्यावसायिक उत्पादन बढ्दै गएको भन्दै एशोसियसनले अघिल्लो वर्षजस्तो यस वर्ष फूल आयात गर्नु नपर्ने दाबी गरेको हो। यद्यपि ग्रीमिण तहमा उत्पादन भएका फूललाई बजारसम्म ल्याउने कठिनाइका कारण केही मात्रामा भने आयात […]

कुखुराको मासुको मूल्यमा गिरावट

काठमाडौं। ब्वायलर कुखुराको मासुको मूल्यमा गिरावट आएपछि साना किसान मर्कामा परेका छन् । बजारमा ब्वायलर कुखुराको तयारी मासु प्रतिकिलो रु २६० मा बिक्री हुँदै आएको छ । किसानको फार्मबाट जिउँदो कुखुरा प्रतिकिलो रु १५० मा बिक्री हुने गरेको छ । नेपाल कुखुरापालक किसान सङ्घका अध्यक्ष झलक पौडेलका अनुसार एउटा कुखुरा बिक्री गर्दा किसानले रु ५० […]

मुस्ताङमा ५८ सय मेट्रिक टन स्याउ उत्पादन

मुस्ताङ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत एकाइ स्याउ जोन मुस्ताङका कृषि अधिकृत शिवपुजन गुप्ताका अनुसार यस वर्ष ४५० हेक्टर जमिनमा लगाइएको १ लाख ३५ हजार स्याउका बोटबाट ५ हजार ८ सय मेट्रिक टन स्याउ उत्पादन भएको हो । गत वर्ष ४१५ हेक्टर जमिनमा लगाइएका १ लाख २४ हजार ५ सय स्याउका बोटमा ५ हजार ३ सय […]

विश्वभर सस्तियो खाद्यान्न

एजेन्सी। विश्वमा खाद्य वस्तुको मूल्य घट्ने क्रम जारी छ । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि संस्था (एफएओ)ले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार अक्टोबरमा खाद्यान्नको मूल्य मापन गर्ने खाद्य मूल्य सूचक औसत १ सय ६३ दशमलव ५ अङ्क रहेको छ । यो सूचकमा एफएओले कमोडिटिज डालोेमा आवद्ध अन्न, तेलविजन, डेरीजन्य उत्पादन, मासु, […]

कृषि उपजलाई कतारमा पहुँच दिन माग

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषि उपजमा नेपाल र कतारबीच सहकार्य गरेर अघि बढ्नुुपर्ने धारणा राखेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने राजकीय भ्रमणका क्रममा निजी क्षेत्रको नेतृत्व गर्दै कतार पुगेकी राणाले अहिले धेर–थोर निर्यात हुँदै आइरहेको कृषि उपजलाई अझ बढवा दिन नेपाल र कतार सरकार मिलेर अघि बढ्नुपर्ने […]