अर्थ/बजार

राष्ट्रिय वाणिज्य बैंकले दिन थाल्यो ३ प्रतिशतमै कर्जा, कसरी लिन सकिन्छ व्यवसायिक कृषि तथा पशुपन्छीका लागि

ललितपुर। राष्ट्रिय वाणिज्य बैंकले अधिकतम ३‍.३३ प्रतिशत ब्याजदरमै प्रमाणपत्र धितोमा कर्जा दिन सुरु गरेको छ । बैंकले सरकारले ल्याएको एकीकृत सहुलियत कर्जा कार्यक्रसँग सम्बन्धित परियोजना धितोमा प्रदान गरिने कर्जाको वितरण आजबाट सुरु गरेको हो । सोमबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बैंकका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले […]

टिमुरबाट तेल प्रशोधन

सल्यान। टिमुर उत्पादनमा वृद्धि भएपछि जिल्लामा उद्योग नै स्थापना गरी तेल प्रशोधन गर्न थालिएको छ। तीन वर्षदेखि स्थानीय शारदा नगरपालिका–१५ मा सञ्चालन हुँदै आएको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरलाई प्रशोधन गरी तेल उत्पादन गर्न थालेको हो। टिमुरबाट प्रशोधन गरिएको तेल गत वर्ष प्रतिकिलो १० हजारदेखि १३ हजार रुपियाँसम्मका दरले बिक्री गरेको उद्योग सञ्चालक हरिप्रसाद न्यौपानेले […]

अवैध रुपमा भारतीय अण्डा भित्रिन थालेपछि उत्पादकले नै गर्न थाले निगरानी

चितवन। भारतीय सीमा क्षेत्रका नेपाली बजार हुँदै कुखुराको अण्डा भित्रन थालेकाले नेपाल अण्डा उत्पादक सङ्घले रोक्नका लागि निगरानी बढाएको छ । सङ्घको केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुले नियमित रुपमा त्यस्ता बजारको अनुगमन गरी अवैध रुपमा अण्डा भित्रन नदिन सचेत गराएका छन् । सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार सीमा क्षेत्रका बजारमा भारतीय सेतो अण्डा भित्रिएपछि […]

उखुको न्यूनतम मूल्य तोकियो

ललितपुर। सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्यूनतम मूल्य प्रति क्विन्टल ५ सय ३६ दशमलव ५६ रूपैयाँ तोकिएको बिहिबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन्।

मल संकट अन्त्य गर्न थप ४ अर्ब बजेट माग

ललितपुर। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल संकट रोक्न अर्थ मन्त्रालयसँग थप ४ अर्ब बजेट माग गरेको छ । मन्त्रलायले चालू आर्थिक वर्ष २०७५/७६ को बजेटमा मलका लागि ५ अर्ब ९९ करोड ९८ लाख रुपैयाँ विनियोजन गरेको थियो । बजेटले किसानलाई मल नपुग्ने हुँदा थप बजेट माग गरेको मन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्षमा […]

५४ प्रकारका जडीबुटीमा भारतको प्रतिबन्ध

ललितपुर। भारतले आफ्नो देशमा आयात गर्नका लागि सूचीकृत नभएको भन्दै एक्कासी ५४ प्रकार जडीबुटीको निकासीमा रोक लगाएपछि नेपाल–भारत सीमा नाकामा जडिबुटी थन्किएका छन् । भारत निकासीमा अबरोध भएपछि जडिबुटीको मूल्य दोब्बरले घटेको छ । नेपाल जडिबुटी ब्यवसायी संघका अनुसार अहिले नेपालगञ्ज, भैरहवा, काकडभिट्टा, बीरगंज लगायतका नाकामा जटिबुटी थन्किएर बनेसका छन् । सबैभन्दा बढी निर्यात हुने […]

मकैको आयात बढ्दै

काठमाडौं। कुखुरापालन व्यवसाय बढ्दै जाँदा मकैको आयात पनि बढेको छ । कुखुराको दानामा आधाभन्दा बढी कच्चा पदार्थका लागि मकै नै चाहिने तर स्वदेशको उत्पादन पर्याप्त नभएकाले मकै आयात गरिएको कृषि विभागअन्तर्गतको बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । कुखुरापालनमा लाग्ने किसानको संख्या ह्वात्तै बढे पनि त्यसको अनुपातमा मकैको उत्पादन वृद्धि नभएको वरिष्ठ […]

चिनीको मूल्य वृद्धि नभए उद्योग सञ्चालन नगर्ने : चिनी उद्योग महासंघ

ललितपुर। चिनी उद्योगीहरुले अत्याधिक घाटामा गएकाले चिनी उद्योग संचालन गर्न नसकिएको स्पष्टिकरण दिएका छन । नेपाल चिनी उद्योग महासंघका अध्यक्ष शशीकान्त अग्रवालले अत्याधिक घाटामा गएकाले चिनी उद्योग संचालन गर्न सकिने अवस्था नरहेको प्रष्टयाउनु भएको हो । बुधबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले चिनीको यथार्थपरक मूल्य नतोक्ने […]

१० वर्षमा ३० हजार हेक्टरमा रबर खेती, संभव छ अमेरिकामा निर्यात ?

झापा। नेपालमा १० वर्ष भित्र ३० हजार हेक्टरमा रबरको खेती हुने भएको छ । यसका लागि प्रदेश नम्बर १ मा संझौता भैसकेको छ भने कर्णाली प्रदेशको १५ हजार विगाहामा रबर खेतीको लागि संझौता हुने क्रममा रहेको छ । प्रदेश १ मा रबर खेतीको बारेमा अध्ययन भैरहेको छ ।स्वदेश मै उत्पादन गर्न सकिने अथाह सम्भावना रहँदारहँदै […]

झण्डै ९० अर्बको कृषिजन्य बस्तु आयात, सबैभन्दा बढी खाद्यान्न, तरकारी र फलफूल

ललितपुर। यो बर्षको पहिलो पाँच महिनामा करिब ९० अर्ब रुपैयाँबराबरको कृषिजन्य बस्तुको आयात भएको छ । गत् साउनदेखि मंसिरसम्ममा ८९ अर्ब ४० करोड रुपैयाँबराबरको कृषि बस्तु आयात भएको हो । पाँच महिनाको कूल आयातको हिस्सामा कृषिजन्य बस्तुको आयात दरले १५ प्रतिशत हिस्सा ओगटेको छ । ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्र(टिइपीसी) ले सोमबार पाँच महिनाको वैदेशिक […]