अदुवा निर्यात गर्न नपाउँदा किसान चिन्तित

पाल्पा। भारतमा अदुवाको उत्पादन बढ्न थालेपछि पाल्पाका किसानको अदुवा बिक्री नहुँदा उनीहरु चिन्तामा परेका छन्। भारतीय बजारलाई लक्षित गरी अदुवा उत्पादन गर्दै आएका यहाँका किसान यसवर्ष अदुवा बिक्री गर्न नसकिएको बताउँछन्। गोठादीका किसान तेजबहादुर सारुले सात रोपनी क्षेत्रफलमा लगाएको अदुवा बिक्री गर्न नपाउँदा चिन्ता व्यक्त गर्छन्। गतवर्ष भारतीय नाकाबन्दीले सात लाख भन्दा बढी नोक्सानी ब्यहोरेका […]

खाद्य संस्थानले आइतबारदेखि च्याङ्ग्राको बिक्री सुरु गर्ने

काठमाडौं । दसैंका लागि मुस्ताङबाट सात सय पचास च्याङ्ग्रा खाद्य संस्थानको वाग्मति अञ्चल कार्यालयमा ल्याई पुर्यााइएको छ । शनिबार बिहान आइपुगेको च्यांग्राको संस्थानले मुल्य तय गरी आइतबारदेखि बिक्री सुरु गर्ने भएको छ ।संस्थानले मुस्ताङमा एक हजार पाँच सय वटा च्याङ्ग्रा खरीद गरेको थियो । जसमध्य शनिबार काठमाडौं साढे सात सय च्यांग्रा ल्याएको हो । संस्थानले […]

बारामा फस्टाउदै ब्यबसायिक केरा खेती

बारा । निजगढ नगरपालिकाको निजगढ, भरतगञ्जसिगौंल, रतनपुरीका वडामा करिब ३५० विघा क्षेत्रफलमा ब्यवसायिक केराखेती भएको कृषि सेवा केन्द्र निजगढले जनाएको छ ।अन्य खेतीको तुलनामा केराखेतीबाट बढी आम्दानी र झन्झट कम हुने भएकोले निजगढ आसपासको कृषकहरु केराखेतीतर्फ आर्कषित भएको कृषि सेवा केन्द्र निजगढका का कृषि प्राविधिक साधुराम खरेलले बताए । निजगढमा १५०, रतनपुरीमा १० तथा भरतगञ्जसिगौंलमा […]

गोरखाको उत्तरी भेगका १४ गाविसमा खाद्यान्नको अभाव

गोरखा। दसैँका मुखमा जिल्लाका उत्तरी भेगका १४ गाविसमा खाद्यान्नको अभाव भएको छ ।सदरमुकामस्थित नेपाल खाद्य संस्थानको डिपोमा चार हजार क्विन्टल खाद्यान्न मौजाद रहेपनि दुर्गमका डिपोमा विगत एक वर्षदेखि खाद्यान्न ढुवानी हुन सकेको छैन ।ढुवानी हुन नसक्दा जिल्लाका काशीगाउँ, केरौँजा, सिर्दिवास, बिही, ल्हो, प्रोक, सामागाउँ, चुम्चेत, छेकम्पार, उहिया, गुम्दा र लाप्राकलगायत १४ गाविसमा चामलको अभाव हुँदै […]

प्रथम मौरी वैज्ञानिक सम्मेलन हुँदै

काठमाडौं । नेपालमा पहिलोपल्ट वैज्ञानिक मौरी सम्मेलन आयोजना हुने भएको छ । ग्लोबल वार्मिङ (जलवायु परिवर्तनका कारण) ले मौरीको उत्पादकत्वमा परेको प्रभाव र एसियाली मुलुकमा मौरीको व्यसायिकता विषयमा यो सम्मेलन हुने भएको हो । हाइल्याण्ड एग्रिकल्चर रिसर्च एण्ड डेभलेपमेन्ट इन्टरप्राइजेज (हार्डेन) को आयोजनामा हुने सम्मेलनमा व्यवसायिक किट विकास निर्देशनालयको विशेष सहयोग रहने आयोजक समितिले जनाएको […]

पूर्वी पहाडमा खसीको मूल्य बढ्यो

झापा। जिल्लामा मागको तुलनामा खसिको उत्पादन कम भएपछि पूर्वी पहाडी जिल्लाबाट समेत त्यहाँका ब्यापारिहरूले खसिबोका बेच्नलाई ल्याउन थालेको पाईएको छ । झापाका प्रमुख हाटबजारमा पहाडका खसिबोका र भेडा समेत देखिन थालेकाछन् । बिगत बर्षमा भन्दा यो बर्ष खसिबोकामा २५ प्रतिशतसम्म मूल्य बृद्धि भएको र ब्यापार समेत बढेको ब्यापारीहरू बताउछन् । झापाको दमकमा पुर्वी पहाडि जिल्ला […]

काउली खेती प्रबिधी

काउलि नेपालको लागि ज्यादै प्रचलित तरकारी हो। यसको उत्पत्ती साईप्रस भु-मध्य सागरिय क्षेत्र युरोपको दक्षिणी भागमा भएको र भारतीय मुगलकालमा भारतमा आएको र भारतबाट नेपाल भित्रिएको बिज्ञहरुको भनाइ छ। काउली तीन भागमा खेती गर्न सकिन्छ। १) अगौटे २) मध्यमौसमी ३) पछौटे हावापानी काउली एक हिउदे तरकारी खेती हो। यो भन्दागोभी सरह ज्यादा गर्मी सहन सक्दैन। […]

दशैंमा मासु खाँदा सावधान

काठमाडौं । दशैंको रौनक घरसम्म आइपुगेको छ । दशैंका लागि घरजाने क्रम शुरु भएको छ । रातो टीका र जमराको पर्वको रुपमा चिनिने दशैंमा खानपानको पनि उत्तिकै महत्व छ । दशैं भन्नेबित्तिकै मासुको कुरा पनि आइहाल्छ । दशैंमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु धेरै छन् । तर दशैंमा मासु र अन्य खानेकुरा खाँदा बिरामी […]

भकारो सुधार कार्यक्रम प्रभावकारी

इलाम । रासायनिक मलको प्रयोग घटाउने उद्देश्यले थालिएको भकारो सुधार कार्यक्रम प्रभावकारी देखिएको छ ।तीन वर्षदेखि जिल्ला कृषि विकास कार्यालयले जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको कार्यक्रमअन्तर्गत गाईभैँसी, बाख्रालगायत विभिन्न पशुको मलमूत्रलाई व्यवस्थित ढङ्गले जोहो गरेर खेतीबारीसम्म पुर्‍याउन कृषकलाई प्राविधिक र पूर्वाधार विकासमा सहयोग गरिरहेको छ । रासायनिक मलकै तुलनामा पशु मलमूत्रले उब्जनी हुने र स्वस्थकर […]

उखुखेती गरेकोमा उखु कृषक पश्चातापमा

रौतहट। यस जिल्लाका उखु कृषक यतिखेर उखुखेती गरेकोमा पश्चाताप गरिरहेका छन् । उखुखेतीबाट मनग्ये पैसा आउला भनेर उखु रोपेका यस जिल्लाका कृषकले विगत तीन वर्षदेखिको रकम श्रीराम सुगर मिल्स, गरुडाबाट नपाउँदा पश्चाताप मानिरहेका छन् । जिल्लाको अधिकांश कृषक गाउँघरकै साहु महाजनबाट लिएको रकमबाट उखुखेती गर्ने गर्दछन् । उक्त चिनी मिल्सले दसैँको फूलपातीसम्म ११ करोड बक्यौता […]