जङ्गली जनावरबाट किसानलाई बाली जोगाउनै मुस्किल

अछाम। अछाममा जङ्गली बँदेलको आतङ्कले किसानले हैरानी खेप्नुपरेको छ । मकै, धानबाली नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । जिल्लाका अधिकांश ठाउँमा किसानले लगाएको धान, कोदो, मकैबाली जोगाउन मुस्किल परेको किसानले बताएका छन । राति घर बाहिर पहरा दिएर बस्दा पनि धान, मकैबाली जोगाउन नसकिएको मङ्गलसेन नगरपालिका–६ ठूलासैनका स्थानीय किसान सुवानाथ भण्डारीले बताए […]

गैँडाकोटको बसेनी गाउँ : पहिले पाखो बारी, अहिले सुन्तला घारी

मध्यविन्दु। सुन्तला बगैँचाले नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट–१८ बसेनी गाउँको मुहार नै फेरिएको छ । बसेनी गाउँमा व्यावसायिकरूपमा लगाइएका १५ हजार सुन्तलाको बोटले गाउँ नै हराभारा देखिएको छ । भिरालो र नाङ्गो जमिन अहिले सुन्तालाको बगैँचाले हरियालीमात्रै भएको छैन , भदौको अन्तिम सातासम्म बिक्रीका लागि सुन्तला तयारसमेत हुँदैछ । चौसठ्ठी वर्षीय गुप्तप्रसाद रेग्मीको सुन्तला बगैँचामा […]

दरमका असला माछा मार्न रोक

गलकोट। बागलुङको गलकोट नगरपालिकाले दरमखोलाका माछा मार्न रोक लगाएको छ । दमखोलाको असला माछा लोप हुने खतरा बढेको भन्दै माछा मार्न रोक लगाइएको नगरपालिकाले जनाएको छ । दरमखोलाको माछा नेपालमै चर्चित र स्वादिष्ट रहेको तथा गलकोटको पहिचानसँग जोडिएको भन्दै संरक्षणका लागि माछा मार्न रोक लगाइएको हो । दरमखोलाका माछाको माग उच्च भएपछि गैरकानुनी र परम्परागत […]

धानबालीमा गवारो रोगको प्रकोप

गलेश्वर। म्याग्दीका किसानले लगाएको धानखेतीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएको छ । गबारो कीराको प्रकोपले बढ्दै गरेको धानका बिरुवाका पात पहेंलो हुनुका साथै धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । समयमा नै वर्षा नभएकाले ढिलोगरी कष्टका साथ रोपाइँ गरेका यहाँका किसान हुर्कंदै गरेका धानका बिरुवामा पातबेरुवा र गवारोको प्रकोप देखिएपछि उत्पादन घट्ने […]

मासु उत्पादनमा अनुदान, घाँस खेती गर्नेलाई प्रोत्साहन

दमौली। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा मासुमा अनुदान रकम उपलब्ध गराउने भएको छ । यसअघि दूधमा अनुदान दिँदै आएको कार्यालयले पहिलोपटक मासुमा अनुदान दिन लागेको हो । खसीबोका पालन गर्ने कृषकलाई प्रोत्साहन गर्नका लागि उत्पादनमा आधारित अनुदान वितरण गर्न लागिएको केन्द्र प्रमुख डा। बालकुमार श्रेष्ठले जानकारी दिए । जिल्लामा खसीबोका […]

सूर्यमुखी फूलको खेतीमा रमाउँदै मिलन

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले विसं २०७७ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन् । खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट सोह्र वर्षको उमेरमा ‘ए’ ग्रेड ल्याएर एसइई उत्तीर्ण गरेका उनले घरको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययन गर्ने मनस्थिति बनाए । गाउँका अधिकांश परिवार वैदेशिक रोजगारीमा रहेकाले मिलनको रोजाइ पनि […]

मौरी चरन क्षेत्र बन्दै तनहुँ

डुम्रे। मौरीको चरनका लागि तनहुँमा उपयुक्त तापक्रम भएका कारण यहाँ चरनका लागि मौरी ल्याउने गरिएको छ । मौरीको चरनका लागि २० देखि ३५ डिग्री सेन्टिग्रेडसम्म उपयुक्त मानिन्छ । तराई र मध्यपहाडी क्षेत्रमा कम्तीमा आठदेखि १० महिनासम्म यो अवस्था रहने भएकाले मह उत्पादनका लागि उपयुक्त मानिन्छ । मौरीको चरन पनि लामो समय हुनेहुँदा व्यावसायिक मौरीपालन उपयुक्त […]

भदौमै पाक्न थाल्यो सुन्तला

स्याङ्जा। स्याङ्जामा भदौमै सुन्तला पाकेर बिक्रीका लागि तयारी गरिएको छ । पुतलीबजार नगरपालिका–११, मायाटारीका बोधराज अर्यालले लगाएको उन्सु जातको सुन्तला साउनको अन्तिम साताबाटै पाक्न सुरु भएको हो । उनको फार्म करिब एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । अर्यालको फार्ममा सुन्तला बँगैचामा उन्सुसहित १५ प्रजातिका १३ सय सुन्तला, अमिला जातका फलफूल, कफी, अदुवा, बेसार, […]

बागमतीमा ४० हजार पशुचौपायालाई लम्पी स्कीनविरुद्धको खोप

बागमती। बागमती प्रदेशका विभिन्न जिल्लामा रहेका ४० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । लम्पी स्कीनरोग विरुद्धको एक हप्ते खोप अभियान अन्तर्गत खोप लगाइएको प्रदेश सरकारको पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार खोप अभियान अन्तर्गत चितवन जिल्लामा नौ हजार २५, दोलखामा दुई सय ८४, भक्तपुरमा नौ सय २१, ललितपुरमा एक […]

म्याग्दीको धारापानीमा ‘एक घर, एक धारा’

म्याग्दी। म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–७ धारापानीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले धारापानीमा निजी धारा जडित खानेपानी आयोजना निर्माण भएको हो । एक करोडभन्दा बढीको लागतमा निर्माण भएको आयोजनाबाट दुई सय १४ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको धारापानी खानेपानी आयोजनाको उपभोक्ता […]