स्याउको फूलमा तुषारो, व्याँसमा फलेन स्याउ

दार्चुला। राम्रो स्याउ फल्ने जिल्लाको व्याँस गाउँपालिकामा यस वर्ष भने उत्पादन भएन । विगतमा ३०-४० क्विन्टल स्याउ फल्ने क्षेत्रमा यो वर्ष एक-दुई क्विन्टल पनि मुस्किलले फलेन । यो वर्ष स्याउमा लगाएको मेहनत खेर गएपछि किसान भने निराश भएका छन् । स्याउको फूल तुषारोले खाएपछि यस वर्ष पनि फल नलागेर उत्पादनमा कमी आउने चिन्ताले किसानलाई सताएको […]

आलुको बीउ अभाव

फुङलिङ। ताप्लेजुङमा आलु रोप्ने समय शुरु भए पनि बीउ अभाव हुँदा किसान चिन्तित भएका छन् । आलुको बीउ भण्डार मानिने पक्ताङलुङ गाउँपालिका– ६ हिमाली बस्ती घुन्सा गाउँमा यस वर्ष राम्रो फल नलागेपछि बीउको अभाव भएको हो । घुन्सावासीको मुख्य बाली आलु हो । हिउँ र चिसोको कारणले अन्य बाली हुँदैन । यहाँ चैत महिनामा आलु […]

प्रदेश एकमा गहुँका लागि पर्याप्त मल उपलब्ध

विराटनगर। गहुँबालीलाई आवश्यक पर्ने रासायनिक मल युरिया प्रदेश नम्बर १ का लागि पर्याप्त रहेको छ । कार्यालयमा अहिले एक हजार २ सय ६६ मेट्रिक टक युरिया, एक हजार ३ सय ४३ मेट्रिक टन डिएपी मल र एक हजार ३ सय ८८ मेट्रिक टन पोटास मौज्दात छ । केही दिनभित्रै एक हजार मेट्रिक टन युरिया आइपुग्ने […]

फस्टाउँदै बट्टाइपालन व्यवसाय

देउखुरी। दाङमा पछिल्लो समय व्यावसायिक कृषि कर्म गर्नेहरुको सङ्ख्या बढ्दै गएको छ । राप्ती गाउँपालिका–२ लालमटियामा तीनजनाको संयुक्त लगानीमा ‘सुरवी बाख्रा तथा कुखुरा उत्पादन फार्म’ सञ्चालनमा छ । यसबाट मासिक रु एक लाखभन्दा बढी आम्दानी हुँदै आएको छ । रु. ५० लाखको लगानीमा दुई बिघा क्षेत्रफलमा खोर बनाएर विभिन्न जातका पशुपक्षी पाल्दै आएको सञ्चालक शङ्कर […]

बस मालिक मिश्र, अहिले मौरीबाजे

तनहुँ। कुनै समयमा बस मालिक भनेर चिनिने व्यास नगरपालिका–१ गल्बुबेँसी निवासी ५५ वर्षीय रामनाथ मिश्र अहिले मौरीबाजे भनेर परिचित बनेका छन् । बस र ट्याक्टरबाट राम्रै आम्दानी भए पनि अस्वस्थ प्रतिस्पर्धा र विकृति बढ्दै जान थालेपछि भएका गाडी बिक्री गरेर श्रीकृष्ण मौरीफार्म दर्ता गरी मौरीपालनतर्फ लागेको उनले बताए । “विसं २०७२ देखि मौरीपालन थालेपछि छुट्टै […]

सुर्खेतका १८ डेरी उद्योग मापदण्ड विपरित

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित अधिकांश डेरी उद्योगले मापदण्ड पूरा नगरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त अनुगमनबाट १८ वटा डेरी उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको हो । वीरेन्द्रनगरको बजार क्षेत्रमा सञ्चालित २६ भन्दा बढी डेरी उद्योगमध्ये १८ वटा डेरीले दुग्ध पदार्थको स्वच्छतासम्बन्धी निर्देशिका पालना […]

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी नल्याउने

ललितपुर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनी नल्याउने भएको छ । यसअघि चाडपर्वलाई ध्यानमा राख्दै १० हजार मेट्रिक टन चिनी खरिदको तयारी गरेको कम्पनीले नल्याउने निर्णय गरेको हो । चाडपर्व सकिएको र नेपाली चिनी उद्योगबाट नयाँ चिनी आउने समय भएकाले पुरानो प्रक्रिया रद्द गरिएको कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका […]

अरूलाई गुलियो हुने उखु, किसानलाई तीतो

महोत्तरी। दुई वर्षअघिसम्म भङ्गाहा नगरपालिका–४ का किसान हीरालाल महतो तीन बिघामा उखु खेती गर्थे। अहिले उनको उखु खेती एक बिघामा मात्र सिमित छ। यसै बस्तीका कृषक धनेशी महतोले त उखु खेती नै छोडिसके। जिल्लाको उत्तरवर्ती बर्दिवासदेखि सुदूर दक्षिणको जलेश्वरसम्म १० वर्ष पहिले देखिने जताततै उखुको खेती अहिले स्वात्तै घटेको छ। भुक्तानीमा निकै हण्डर खेप्नुपर्ने भएपछि […]

औँसा प्रकोपले सुन्तला सखाप

ताप्लेजुङ। करिब ३० वर्षदेखि व्यावसायिकरुपमा सुन्तला खेती गर्दै आएका ताप्लेजुङ फुङलिङ नगरपालिका–१ का तील बहादुर कार्की यो वर्ष पनि औँसा प्रकोपले सुन्तला सखाप भएपछि चिन्तित छन् । दाना लाग्दैदेखि औँसाका कारण सुन्तला झरेर अहिले पाक्ने बेला हुँदासम्ममा १५ प्रतिशत पनि नरहँदा आम्दानीकै बाटो बन्द हुने भन्दै कार्की चिन्तामा परेका हुन् । “करिब ३ सयभन्दा बढी […]

गाउँ फर्कँदै : उद्यम गर्दै

बागलुङ। “बन्दाबन्दीले नयाँ सोच दियो, नत्र काठमाडौंतिरै रुमलिएर बसिन्थ्यो”, २८ वर्षीय राम खत्रीले भने, “कोरोनापछिको समयलाई गाउँमा सदुपयोग गरेँ, उत्पादनमा जोडिने योजना बनाएँ ।” कोरोनाअघि खत्रीको अधिक बसाइँ काठमाडौंमा हुन्थ्यो । व्यवसायका नाममा खत्रीको एउटा स्करपियो जीप थियो । जीपको कमाइले किस्ता तिर्न र खर्च धान्न ठिक्क हुन्थ्यो । जेनतेन यातायात व्यवसायमा टिकेका खत्रीमाथि कोरोना […]