दूधले मूल्य नपाउँदा किसान पलायन हुने अवस्था

म्याग्दी। म्याग्दीको बनेपा–६ बाँसबोटका किसान दुर्गाप्रसाद पौडेलले पाँच वर्षदेखि व्यावसायिक रूपमा भैँसीपालन गरिरहेका छन् ।  । लागतअनुसार दूधको मूल्य नपाएपछि भैँसी बेचेर विदेश पलायन हुने अवस्था आएको उनको गुनासो छ । दाना, घाँस, पराल र ढुवानी खर्चसँगै उत्पादन लागत बढेपछि गाईभैंसीपालक किसान समस्यामा परेको बरदान पशुपक्षी फार्मका सञ्चालक पौडेलको भनाइ छ । “२५ वटा भैँसी […]

सिमकोटका किसान आलुखेतीमा आकर्षित

सिमकोट। पछिल्लो समय हुम्लाको सदरमुकाम सिमकोटका किसान परम्परागत बाली छाडेर आलुखेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर, चिसो र कोदोभन्दा सदरमुकामवासीका लागि आलुखेती मुख्य भएको छ । सदरमुकामवासी आफ्ना उत्पादनलाई बजारमा सहज बिक्री गर्न सकिने भएपछि तरकारी खेतीमा आकर्षित भएका हुन् । नेपालकै उच्च वातावरणमा उब्जेको जैविक आलु स्वादिलो र छिटो पाक्ने भएकाले […]

ढुवानी गर्ने व्यवस्था नहुँदा हुम्ला विमानस्थलमै थन्कियो खाद्यान्न

हुम्ला। हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाबाट ढुवानी हुँदै आएको चामल सिमकोट विमानस्थलमा थन्किएको छ । विमानस्थलबाट खाद्यान्नको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन नसकेपछि ठूलो परिमाणमा खाद्यान्न विमानस्थलमै थन्किएको हो । खाद्य व्यवस्था तथा व्यापार लिमिटेड शाखा हुम्लाका अनुसार विमानस्थलबाट लिमिटेडको गोदामसम्म ट्र्याक्टरमा ढुवानी गर्ने बाटो बन्द भएको छ । यसअघि टिप्परमार्फत चङ्खेली गाउँपालिकाको सरिसल्ला […]

कृषकलाई व्यावसायिक बनाउन कृषि सामग्री तथा औजार वितरण

अर्घाखाँची। सन्धिखर्क नगरपालिका–१० मा व्यावसायिक कृषकलाई कृषि सामग्री तथा औजार वितरण गरिएको छ । कृषकलाई आधुनिकीकरण तथा व्यावसायिक बनाउन कृषि सामग्री तथा औजार वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । तरकारी पकेट कार्यक्रमअन्तर्गत सन्धिखर्क–१० का व्यावसायिक कृषकलाई मिनीटिलर, प्लास्टिक टनेल, पावरस्प्रे, हजारीलगायत औजार उपकरण तथा कृषि सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको […]

पाँचथरमा आजदेखि चौँरी महोत्सव

पाँचथर। विगत वर्षमा जस्तै यस वर्ष पनि पाँचथरको फालेलुङ गाउँपालिकामा नयाँ वर्षका अवसरमा चौँरी महोत्सव आयोजना हुँदैछ । आजदेखि सुरु हुने महोत्सव आगामी वैशाख ४ गतेसम्म चल्नेछ । उच्च पहाडी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने, चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो । फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजना हुने उक्त महोत्सवमा […]

बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन

गलकोट। बागलुङको ताराखोला गाउँपालिका–३ श्याम खर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ । बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच/सात घरमा मात्रै बसोबास छ । उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लागेका छन् । श्यामखर्कमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ । धौलागिरि क्याम्पसबाट दश जोड दुई […]

नेपालका रैथाने बाली, खाद्य सुरक्षा र यसको संरक्षण

नेपाल खाद्य विविधतामा अग्रपंति स्थानमा रहेको राष्ट्र मानिन्छ। यहाँको भौगोलिक विविधताका कारण हिमाल, पहाड, तराईमा विभिन्न खालका, वर्तमान अवस्थामा लोपोन्मुख हुन लागेका अन्नबलीहरु जस्तै कोदो, फापर, चिनो, कागुनो, उवा आदि पाइने गर्छन। विश्वमा करिव तीन हजार भन्दा बढी बाली बिरुवाका प्रजातिहरू मानवका लागि उपभोग गर्न युक्त मानिन्छन्। जसमा दस जातका अन्न दलहन,तेलका बीउ मात्र हाल […]

बालुवामा हरियाली, फलफूल र तरकारी

महोत्तरी। न चैत महिनाको प्रचण्ड गर्मीको पर्वाह, न त नजिकिँदै गरेको स्थानीय तह निर्वाचनको रन्कोको प्रभाव । बिहान उज्यालो भएदेखि साँझसम्म बगरमा आफ्नै पाखुरीको भरमा बगरको बलौटे जग्गा खोस्रेर भङ्गाहा नगरपालिका–६ स्थित पर्सा र सग्रामपुर किसानले माटोमा ‘सुन’ फलाएका छन् । अहिले रातु नदीको पुरानो बगर किसानको मिहेनतले सबैतिर हराभरा भएको छ । बालुबुर्जको बलौटे […]

चैतेदशैँ सकियो, बिकेनन् ठेकाठेकी

बलेवा। चैत शुक्ल पक्षमा मनाइने चैत्राष्टमी अर्थात् चैतेदशैँ पर्व । बागलुङ कालिका मन्दिर परिसरमा यो पर्वमा मेला लाग्ने चलन पाँच सय वर्ष पुरानो हो । बागलुङ कालिका नामक पुस्तकमा उल्लेख भएअनुसार यो पर्व बागलुङको पहिचान र ठूलो चाड हो । चैत शुक्ल पक्षको नवदुर्गामा बागलुङ कालिकाको पूजाआजा र मन्दिर परिसरमा लाग्ने मेला एकअर्काका पर्याय हुन् […]

कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग

ललितपुर। नेपाल व्यावसायिक बाख्रापालन महासङ्घले सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग गरेको छ । किसान क्रेडिट कार्डको व्यवस्था, कृषि तथा पशुपक्षीपालन उद्यमीलाई संरक्षण गर्न विद्युत् तथा पूर्वाधारको विकास, कर्जामा सहुलियतलगायत सुविधा उपलब्ध गराउन महासङ्घले माग गरेको हो । महासङ्घका अध्यक्ष प्रेमसागर पौडेलले बाख्रालाई खोरेत र पिपिआर पूर्ण […]