व्यसायीक टर्की पालन गर्दा अपनाउनु पर्ने साबधानी

टर्की मासुको लागि पालिने चरा हो । युरोप र अमेरिकामा क्रिसमसको समयमा टर्की नभै हुँदैन । ग्यालीफर्मस (Galliformes)  अन्तर्गतको दुई जाति (species) एग्रोचारिस वा मेलाग्रिस वासिलाट (Agrocharis  or Melagrias ocellata )  र कमन टर्की मध्ये प्रचलित कमन टर्की उत्तर अमेरीकाको स्थानीय खेल खेलाउने चरो हो । तर यो मासु खानका लागि पनि उत्तिकै रुचिका साथ पालिन्छ । […]

अलैँचीको मूल्यमा निरन्तर ह्रास

फिदिम। अलैँचीको मूल्य निरन्तर घटेपछि किसान निराश बनेका छन् । यसवर्ष अलैँचीको मूल्य प्रतिमन ९४० किलो० रु ३५ हजार हाराहारीबाट घटेर रु २२ देखि २५ हजारमा झरेपछि किसान निराश बनेका हुन् । अहिलेको बजार मूल्यबाट अलैँची उत्पादनमा लागेको खर्चको साँवासमेत नउठ्ने कृषकको भनाइ छ । मूल्य निरन्तर ओरालो लाग्दै गएपछि अलैँची गोदाममा राख्ने कि बेच्ने […]

रोकिएन भारतीय कुखुरा तस्करी

राँझा। भारतबाट अवैध रुपमा तस्करी हुने कुखुराजन्य पदार्थ नरोकिँदा यहाँका कुखुरा व्यवसायी पीडित भएका छन् । मुख्य नाका जमुनाहबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि भित्रि नाकाबाट खुलेयाम रुपमा भारतीय कुखुरा, चल्ला र अण्डा आयात हुने गरेको खजुरा गाउँपालिका–२ सीतापुर बाँकेका कुखुरा व्यवसायी लक्ष्मीबहादुर थापाले बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिक ठूलो मात्रामा […]

जडीबुटी युरोप र अमेरिका निर्यात

राँझा। कच्चा पदार्थका रुपमा किनबेच हुने जडीबुटीलाई यहाँका व्यवसायीले नेपालगञ्जमै प्रशोधन गरी युरोप र अमेरिका निर्यात गर्न थालेका छन् । कच्चा जडीबुटी निर्यात गर्दा ठूलो झण्झट भएपछि व्यवसायीले नेपालगञ्जमा प्रशोधन कारखाना सञ्चालन गरेर प्रशोधित जडीबुटी प्याकिङ गरी युरोप र अमेरिकालगायत मुलुकमा बिक्री गर्न थालेका हुन् । कर्णाली प्रदेशलगायत हिमाली र पहाडी जिल्लामा उत्पादन हुने जडीबुटी […]

विद्यालयमै कुखुरापालन शिक्षा

भरतपुर। कुखुरा पालनकोे राजधानीको रुपमा चिनिने चितवनमा दर्जनौँ ठूला ह्याचरी उद्योग छन् । ठूला ह्याचरी उद्योगले यहाँ हजारौँ चल्ला उत्पादन गर्दै आएका छन् । ह्याचिङ्मार्फत चल्ला निकाल्ने प्रविधि विश्वविद्यालयस्तरको उच्च शिक्षामा मात्रै पढाइ हुने गरे पनि पछिल्लो समय ह्याचिङ प्रविधिबारे विद्यालयस्तरमा पनि अध्यापन गराउन थालिएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–२ पिप्लेस्थित बुद्धशान्ति माविले विद्यार्थीलाई […]

एउटा सुँगुरको पाठाले फेरिएको जीवन

बनियानी।  बाह्र जनाको परिवार । घरमा काम गर्ने एक जना मात्र । हातमुख जोर्नदेखि बालबालिकाको पढाइलेखाइका लागि खर्च जोहो गर्नुपर्ने बाध्यता । यो अवस्था झापा हल्दिबारी–५ का वकिल सोरेन सन्थालको पाँच वर्षअघिको हो । अहिले उनको दैनिक सहज बन्दै गएको छ । “गरीबसँग विश्वेश्वर’ कार्यक्रमबाट प्राप्त भएको एउटा सुँगुरको पाठी र रु पाँच हजार बीउ […]

बजार मूल्य प्रति लिटर ४० हजार रहेको क्यामोमीला खेती गर्ने तरीका र जानकारी

क्यामोमीला ६० देखि ९० से.मि. अग्लो हुने सयपत्री फूल (compositae)को परिवारमा पर्ने एकबर्षीय झार वर्गको वनस्पति हो । यो हाँगादार र सुगन्धित हुन्छ । यसका पातहरु संयुक्त खालका हुन्छन् र पातहरु साह्रै मसिना खण्ड खण्डमा विभाजित हुन्छ । फूलको डाँठ पहेँलो र हरियो रंगको र २ देखि ३ मीटर लामो हुन्छ । यसका फूलहरु पहँलो […]

कृषि उपजको मूल्य निर्धारण आयोग गठन गर्न माग

ललितपुर। प्रतिनिधिसभाको आजको बैठकमा कृषि उपजको मूल्य निर्धारण गर्न पाउने गरी ‘कृषि उपजको मूल्य निर्धारण आयोग’ गठन गर्नुपर्ने माग उठेको छ । किसानले आफूले उत्पादन गरेको कृषि उपजको मूल्य आफैँ निर्धारण गर्न पाउने गरी आयोग गठन हुनुपर्ने र उपजको मूल्य निर्धारणमा किसान संलग्न हुनुपर्ने भन्दै बैठकमा सांसद हृदयेश त्रिपाठीले सरकार र सदनको ध्यानाकर्षण गराए । […]

माछाले मालामाल बनेका रामशोभित मुखिया, जसले २५ रुपैंयाबाट माछापालन सुरु गरे

धनुषा। दुधमति – १, धनुसाका रामशोभित मुखिया ३० वर्ष अघिसम्म बाँसको घरमा बस्थे । अहिले उन्ले पक्की दुई तल्ले घर बनाएका छन् । त्यो सव कमाल सम्भव भएको हो मुखियाले शुरु गरेको २५ रुपैंयाको माछा व्यापारले । माछाकै कमाइबाट उनी आफू चढनका लागि चारपांग्रे गाडी खरिद गरेका छन् । जनकपुरको माछा स्वादिलो हुने भएकोले बजारमा माग उच्च रहेको […]

बगरमा लहराउँदै तरकारी

भद्रपुर। झापाका अधिकांश खोलाका बगरहरूमा यतिबेला बेमौसमी तरकारी खेतीले हरियाली छाएको छ । खोलाका निक्खर र सुक्खा बालुवामय बगरमा लहराएको करेला, काँक्रा, खरबुजा, लौका र फर्सीका लहराले बगरलाई हरियाली बनाएको हो । शिवसताक्षी नगरपालिका–१ स्थित माइखोलाको १९५ बिघा बगरको जमीन भाडामा लिएर किसानले बगरे बेमौसमी तरकारी खेती शुरु गरेका छन् । दजनौँ किसानले तरकारी खेतीको […]